सन्दर्भ ः बेपत्ताविरुद्ध अन्तर्राष्ट्रिय दिवस
सञ्जय साह मित्र
बेपत्ता हुनु भनेको पत्ता नहुनु हो । जसको अत्तोपत्तो छैन, ती सबै बेपत्ता हुन् ।
बेपत्ताको यसरी अर्थ लगाइन्न । बेपत्ता भनेको आप्mनो कारणले होइन, अरू कुनै समूह वा राज्यले आप्mनो नीति वा स्वार्थका कारण अर्को पक्षका कोही वा केहीलाई कहाँ राखिएको छ भन्ने जानकारी नदिई कतै लुकाउनु हो । जो लुकाइएको हुन्छ, उसका आफन्तलाई राखिएको ठाउँबारे जानकारी हुँदैन । यतिमात्र होइन, बेपत्ता भएको व्यक्तिगत अवस्थाबारे कुनै जानकारी कसैलाई दिइएको हुँदैन । वर्तमान प्रचलित भषामा सामान्यतया बेपत्ता भनेका यसै प्रकारका मानिसहरू हुन् ।
विगतमा नेपालमा राणाशासनको समयदेखि नै मानिस बेपत्ता हुन थालेको देखिन्छ । तत्कालीन शासनको विरोधमा रहने कैयौं प्रजातन्त्रप्रेमी बेपत्ता भएका थिए । प्रजातन्त्र आएपछि यस्तो खासै सुनिएन । पछि पञ्चायती व्यवस्था हुँदा पनि यही क्रम दोहोरिएको थियो । फेरि प्रजातन्त्र आउँदा कोही बेपत्ता भएन तर जब देशमा तत्कालीन माओवादीले जनयुद्धको शुरुआत ग¥यो, देशमा फेरि बेपत्ता हुने क्रम बढ्यो । नेपालको इतिहासमा सबैभन्दा बढी बेपत्ता भएको अवधि यही हो ।
विश्वको अन्य देशमा पनि मानिस बेपत्ता हुन्छन् । राज्य वा विद्रोही जुनसुकै पक्षबाट भए पनि यस किसिमको बेपत्ता हुनु भनेको राजनैतिक कारण हो । राजनैतिक कारणले मात्र विश्वमा मानिस बेपत्ता हुन्छन् भन्ने होइन । हुन सक्छ सबैभन्दा बढी बेपत्ता राजनीतिक कारणले हुन्छन् । विरोधीलाई तह लगाउन बेपत्ता बनाइन्छ । यसरी राजनीतिक कारणले बनाइने बेपत्ताभन्दा आपराधिक गतिविधिमा रहेका समूहले पनि कहिलेकाहीं मानिसलाई बेपत्ता बनाउँछन् । कहिलेकाहीं आर्थिक कारणले पनि कतिपय मानिसको अपहरण हुन्छ र अपहरित बेपत्ता हुन्छन् । कतिपय अवस्थामा अपराधीले आप्mनो साक्ष्य हटाउन पनि अपहरण गरेर बेपत्ता बनाउँछ । सामान्यतया बेपत्ता बनाउनु अघि बेपत्ता बनाउनेले अपहरण गरेको हुन्छ । अपहरण गरेर बन्धक बनाएको हुन्छ । बन्धकलाई शारीरिक तथा मानसिक सास्ती दिएको हुन्छ ।
जनजीवन सामान्य रहेको ठाउँमा सामान्यतया अपहरण र बेपत्ता हुने काम हुँदैन । मानिस सुखी, सम्पन्न, सभ्य, शिक्षित तथा बौद्धिक दृष्टिले उच्च बौद्धिक अनि नैतिक दृष्टिले मूल्यवान भएको ठाउँमा अपहरण र बेपत्ता हुने काम हुँदैन । कानूनको शासन भएको ठाउँ अर्थात् विधिको शासन भएको देशमा पनि अपहरण र बेपत्ता हुन सक्छ । जहाँ न्यायमा आधारित समाज छ, अन्यायले न्यायमाथि हैकम चलाउने अवस्था हुँदैन, त्यस शासनलाई सामान्यतया लोकतान्त्रिक शासन मानिन्छ । लोकतन्त्र नै यस्तो व्यवस्था हो जहाँ हरेकले आप्mनो कुरा खुलारूपमा राख्न सक्छ । कसैलाई अपहरण गर्नु वा बेपत्ता बनाउनु सभ्य समाजको परिचायक बन्न सक्दैन । सभ्य समाजमा न्याय, कानून, विधि, नियम, नीति र मर्यादाको प्रश्न हुन्छ ।
कोही अपहरित हुन्छ भने अपहरण गर्नेले आपूmलाई अपहरितको तुलनामा बलियो मान्दछ । बलियो मान्नु भनेकै बलको शासन हो । बलको प्रदर्शन गर्नु भनेको नैतिक बलको कमजोर प्रदर्शन गर्नु पनि हुन सक्छ । जहाँ नैतिक बल कमजोर हुन्छ, त्यहाँ मर्यादाको उल्लङ्घन हुन थाल्दछ । मर्यादाको उल्लङ्घन भइरहने समाजको लागि अपहरण र बेपत्तालाई पनि सामान्य घटना मान्न सकिन्छ ।
अपहरण र बेपत्ता जुनसुकै कारणले भएको होओस्, बेपत्ता हुनेको पनि केही आधारभूत अधिकार हुनुपर्छ । अपहरणमा परेर बेपत्ता भएका मानिसहरूको पनि मानव अधिकारको रक्षा हुनुपर्छ । बाँच्न पाउनु न्यूनतम अधिकार हो । अन्य मानव अधिकारको रक्षा पनि हुनु आवश्यक छ । एउटा मानवको, जुनसुकै अवस्थामा पनि उसले पाउनुपर्ने, न्यूनतम अधिकारको रक्षा अपहरण गर्ने वा बेपत्ता बनाउने समूह वा व्यक्तिले विचार गर्नैपर्दछ । मानवलाई मानवोचित व्यवहार गरिनुपर्दछ ।
विश्वमा जहाँसुकै, जहिलेसुकै वा जुनसुकै कारणले बेपत्ता भएका नागरिक होऊन्, तिनको विषयमा यथार्थ जानकारी सम्बन्धित पक्षले दिनुपर्छ । बेपत्ता भएका मानिसको घरपरिवारले, आफन्तले बेपत्ता भएको मानिसको अवस्था, बेपत्ता पारिएको कारण तथा बेपत्ता पारिएर निजको नियन्त्रणमा रहेको अवधिमा निजले पाएको सम्मान वा सास्तीको विषयमा पनि सम्बन्धित व्यक्तिको परिवारले यथार्थ जानकारी पाउनु पर्दछ । यसैगरी समाज वा राज्यका अन्य नागरिकले पनि बेपत्ता नागरिकको विषयमा जानकारी प्राप्त गर्न पाउनुपर्दछ । बेपत्ताविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइनुको मुख्य प्रयोजन यही हुनुपर्छ ।
नेपालमा जनयुद्धको समयमा बेपत्ता भएका मानिसबारे खोजबिन गर्न धेरैतिरबाट आवाज उठ्ने गरेको छ । देशमा अन्तरिम संविधान घोषणा भएको समयदेखि नै यसप्रकारको आवाज उठ्न थालेको हो । सामान्य जनजीवनमा के मान्यता छ कि बा¥ह वर्षको एक युग हुन्छ । नेपालमा अन्तरिम संविधान घोषणा भएको पनि करिब एक युग बित्न लागेको छ यस अर्थमा । त्यति बेलादेखि अहिलेसम्म देशमा आधा दर्जनभन्दा बढी सरकार गठन भयो । बेपत्ताहरूको खोजी हुनुपर्ने र उनीहरूको अवस्थाबारे सम्बन्धितको परिवार र नागरिकलाई जानकारी हुनुपर्छ भन्ने माग उठ्न छोडेको छैन । तत्कालीन सरकार र विद्रोही दुवै पक्षबाट नेपाली नागरिकलाई बेपत्ता पार्ने काम भएको आरोप लाग्ने गरेको छ । दुवै पक्षले सम्पूर्णतः यस आरोपलाई अस्वीकार गर्ने गरेका छैनन् । दुवै पक्षले प्रत्यक्ष वा परोक्ष स्वीकार गर्ने गरेको भए पनि बेपत्ताहरूको यकीन तथ्याङ्कसमेत आउन सकेको छैन ।
कुन पक्षले कहिले र किन कसको अपहरण ग¥यो वा नियन्त्रण लियो तथा तिनलाई कहाँ के कसरी राखियो भन्ने कुराको सुइँको बेपत्ता भएका व्यक्तिका आफन्तले पाउन सकेका छैनन् । बेपत्ता भएकाहरूको सूची कुनै पनि पक्षबाट सार्वजनिक हुन नसक्दा अरू दिन हुन नसकेपनि आजको दिन बेपत्ता पारिएका परिवारमा रुवाबासी चल्छ । विभिन्न किसिमका मानिसले बेपत्ता भएका मानिसबारे निकटको आफन्तलाई अनेक कोणबाट प्रश्न गर्दछन् । प्रश्नहरूका उत्तर आप्mनै पक्षमा भए पनि प्रश्न वा उत्तरले पीडा पु¥याउँछ । न लाश पाएको र साँस भएको व्यक्तिलाई आफन्तले विस्तारै बिर्सिदै गएका हुन्छन् । तर आजको दिन सम्झना गर्नुपर्छ । सम्झना गराउनेहरू हरेक वर्ष घरमा पुग्छन् तर सबै प्रश्नको उत्तर दिन सजिलो हुँदैन, दिइरहन पनि सकिन्न । फेरि हरेक वर्ष उही वा उस्तै प्रश्नको उत्तर उसैगरी दिनुपर्ने भइरहेको छ । हरेक वर्ष आजको दिन प्रश्नकर्तासित बेपत्ता भएकाको खोजी गरिदिन वा वास्तविकता सार्वजनिक गरिदिन, गराइदिन सहयोग गर्न आग्रह गर्ने गरेका हुन्छन् । कसैले कतैबाट आग्रहलाई यथार्थमा सुनेको पाइन्न । हरेक वर्ष खोजिदिने वा यथार्थ जानकारी गराउने आश्वासन आएको हुन्छ । विज्ञप्ति प्रकाशित भएको हुन्छ । केही अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले पनि चासो लिएका हुन्छन् तर नेपालमा बेपत्ता बनाइएका नागरिकको हकमा भने अहिलेसम्म खासै सकारात्मक प्रगति हुन नसक्नु यथार्थ हो । यद्यपि आशा भने गर्नुपर्छ, आशावादी होऔं । देशमा करिब दुईतिहाई बहुमतको सरकार छ, सरकारले अब केही महिना वा वर्षमा यसतर्फ ठोस प्रगति हासिल गर्नेछ भन्ने आशा गर्न सकिन्छ ।
तर बेपत्ताको विस्तार अर्थलाई हेर्ने हो भने सबै बेपत्ता छन् । बेपत्ता को छैन ? आप्mनो बाल्यकालदेखि मैले साँचेको सपना बेपत्ता छ । युवावस्थामा कल्पना गरेको भविष्य पनि बेपत्ता छ । यसरी हेर्ने हो भने वर्तमान नेपालका करीब पचास लाख मानिस यहाँ आप्mनो कल्याण हुने नदेखेर कामको खोजीमा बाहिर गएका छन्, अर्थात् बेपत्ता छन् । आप्mनै देशमा बसेर आप्mनो भविष्य सपार्ने तिनको सपना गायब छ, बेपत्ता छ ।
विगतमा निकै चर्चामा रहेका कैयौं चर्चित व्यक्ति वा प्रसिद्ध नायकहरू पनि बेपत्ता छैनन् र ? तपाईंको परिचय पनि बेपत्ता भइरहेको त छैन ?