अहिले कुनै पनि समाचारपत्र उठाउनुस्, कुनै टिभी च्यानल हेर्नुस्, कुनै रेडियो–एफएम सुन्नुस्–प्रायः सडक बनेन, बनेको पनि भत्क्यो, पुल बनेको धस्यो, निर्माण काम छाडेर ठेकेदार भाग्योस सिंचाइको लागि बन्न लागेको कुलो बजेटमा नपारिंदा संरचना भत्कन थाल्यो, कुलोमा माटो पुरिन थाल्यो यस्तैयस्तै समाचार बग्रेल्ती भेटिन्छ । हो पनि, अहिले वर्षात् भएकोले सबैभन्दा कठिन बाटोघाटोले पारेको हुन्छ । हामीकहाँ यसै पनि पर्याप्त बाटो छैन, भएको बाटो अधिकांश कच्ची छ, ग्राभल भएको बाटोमा असरल्ल यातायातका साधन गुडेर खाल्डाखुल्डी परेको छ, त्यसमा पानी भरिएर हिंड्न जोखिमपूर्ण बनेको छ । पक्की बाटो पनि राम्ररी मापदण्ड अनुसार नबनाइएको हुँदा, बिग्रेकै बढी देखिन्छ, पुल र बाटोबीच सम्बन्धविच्छेदको अवस्था राजमार्गबाहेक सबै ठाउँमा देखिन्छ । कहीं पुल बनेको छैन, बन्दै गरेको पुल ठेकेदार भागेपछि नैराश्यमात्र उत्पन्न गरेको छ । वर्षात् बितेपछि सडकको कुरा सेलाउँछ । मौसम अनुसार अर्को समस्या आइलाग्छ । जनता नयाँ समस्या लिएर आत्तिन्छ ।
देश गरीब भएकोले समस्या छ, हुन्छ नै । देश आर्थिक रूपमा मात्र गरीब छैन, वैचारिकरूपमा पनि गरीब छ । साँच्चै भन्ने हो भने देश आर्थिकरूपले भन्दा वैचारिकरूपले बढी गरीब छ । देशमा महँगी बढ्दो छ, तर महँगीले सतायो भनी जनरोदन सुनिंदैन । यातायातको साधनको भाडा बढेको बढ्यै छ, आपत्ति हुँदैन बरु सबै सवारीसाधनहरू खचाखच भरिएका हुन्छन्, एक दिन पहिले हवाईजहाजको पनि टिकट पाइँदैन । गाउँगाउँमा मोटरसाइकल, जीप, ट्याक्टर छ । देशमा जति लामो सडक छैन, त्यसभन्दा बढी सवारीका साधनहरू छन् । हो गाउँमा सबैसँग यी साधन छैन, तर देश गरीब छ भन्ने किसिमले गाउँ दयनीय छैन । देशको आम्दानीको ठूलो भाग सुविधाभोगीहरूको लालनपालनमा खर्च हुन्छ । जुन, देश यदि गरीब हो भने, धान्न सक्ने अवस्था होइन । जनप्रतिनिधिहरूले बर्सेनि नयाँमात्र होइन, महँगा र विलासितापूर्ण मोटरकार किनेकै छन् । जनप्रतिनिधिहरूको सवारी साधन खरीदमा बर्सेनि जति पैसा खर्च हुन्छ, त्यसबाट उच्च स्तरको केही पुल निर्माण हुन सक्छ । लामो सडक, एउटा मध्यम खाले सिंचाइ आयोजना सम्पन्न गर्न सकिन्छ ।
देशमा गरीबी हुँदो हो त एउटा सानो शहरमा समेत दर्जनौं बैंक, वित्तीय संस्था, बचत सहकारीहरू खुल्ने थिएनन् । आर्थिक कारोबार गर्ने यी संस्थाहरू बोर्ड झुन्ड्याउनकै लागि त पक्कै खुलेका होइनन् । राष्ट्र बैंकले जति पूँजीवृद्धिको माग गर्छ, यी बैंकहरूले पु¥याइरहेकै छन् । आर्थिक कारोबार भएको देखिंदैन तर आर्थिक कारोबारजन्य संस्थाहरूले भने दिन दुगुना रात चौगुना फस्टाइरहनुमा देश वैचारिकरूपले गरीब भएर मात्र हो । करोडौं, अर्बौंको ठेक्का लिएर काम छोडी बस्दा कुनै कारबाई हुँदैन, यो त असाध्य अमीरीको विशेषता हो । देश वैचारिकरूपले गरीब हुनु भनेको शासकहरू विचारहीन, स्वार्थी, पदलोलुप, सत्तान्ध, आप्mनै परिवार, आप्mनै पार्टीसम्म सीमित भएर हो । जनता महँगा विलासिताका वस्तुको जतिसुकै मूल्य बढ्दा पनि खरीद गर्न धक मान्दैन तर अलिकति कर बढ्यो भने मरणान्त अवस्थाको क्रन्दन गर्न थाल्छ । यी सबै पात्र यसै देशका हुन् । काम छाडेर भाग्ने, कर नतिर्ने, करको उपयोग/दुरुपयोग गर्ने कोही बाहिरको मानिस होइन । अनि देशलाई आर्थिकरूपले दरिद्र मान्ने कि वैचारिकरूपले ?