श्रीमन्नारायण
नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीच सम्बन्ध दुवै देशको इतिहासभन्दा पनि पुरानो छ । नेपाल र भारत दुई यस्ता दक्षिण एशियाली मित्रराष्ट्र हुन्, जसलाई भूगोल र इतिहास दुवैले एशियाको मानचित्रमा सँगसँगै गाँसिदिएको छ । खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीच मित्रतालाई अभैm बढी प्रगाढ बनाएको छ । अर्को शब्दमा भन्नुपर्दा नेपाल र भारतबीच भौगोलिक सन्निकटता, आर्थिक अन्तर्सम्बन्ध र सामाजिक एवं सांस्कृतिक आदानप्रदान आदिका कारण यो आपसी सम्बन्ध राज्यस्तरमा मात्र सीमित नभई जनस्तरमा समेत गहिरो र फराकिलो रहेको छ । त्यसैले यस आपसी सम्बन्धलाई कसैले चाहेर पनि तोड्न सक्दैन । बाह्य आक्रमण र हस्तक्षेपका प्रबल विरोधी यी दुई राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ, विश्व व्यापार सङ्गठन, सार्क तथा बिमस्टेकजस्ता अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चका सदस्यसमेत छन् । नेपालको समग्र विकासमा भारतको सहयोग र भूमिका महŒवपूर्ण रहिआएको छ ।
नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा भारतको भूमिका महŒवपूर्ण रहेको छ । वि.सं. २००७ सालमा राणा शासनको अन्त्य तथा प्रजातन्त्रको स्थापना, वि.सं. २०१७ सालको प्रजातन्त्रविरोधी शाही कदमका कारण वर्षौसम्म निर्वासन जीवन बिताउन बाध्य नेपाली नेताहरूलाई भारतमा राजनीतिक आश्रय दिनु, वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि महŒवपूर्ण सहयोग, २०५९ असोजमा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिंदा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा समेत भारतले महŒवपूर्ण भूमिका निर्वाह ग¥यो । माओवादीको एक दशक लामो हिंसात्मक सङ्घर्षबाट नेपाललाई मुक्ति दिलाउन भारतको नयाँ दिल्लीमा सात दल र माओवादीबीच सम्पन्न १२ बुँदे सम्झौता नै देशमा स्थायी शान्ति तथा राजनीतिक स्थायित्वको निम्ति मार्गचित्रको काम ग¥यो । आज देशमा संविधानसभाबाट संविधान निर्माण भई नयाँ संविधान अनुसार स्थानीय तह, प्रादेशिकसभा तथा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भई देशको संविधान पूर्णतः कार्यान्वयनमा आएको अवस्था छ । नेपालको राजनीतिक परिवर्तन र चातुर्दिक आर्थिक विकासमा भारतको सहयोग महŒवपूर्ण रहिआएको छ ।
भारतको स्वाधीनता आन्दोलनका बखत भारतीय आन्दोलनकारी नेताहरूलाई नेपालमा शरण दिनु, राणा शासनले जेलमा राखेका भारतीय नेताहरूलाई जेल तोडेर त्यहाँबाट उम्काउन मदत गर्नुदेखि लिएर नेपाली नागरिक स्वयंले पनि भारतको स्वाधीनता आन्दोलनमा सशरीर सहभागिता देखाएको थियो । नेपालका पूर्व प्रधानमन्त्री स्व. विपी कोइराला स्वाधीनता आन्दोलनको दौरान भारतमा पक्राउ पनि परेका थिए, पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको पनि सक्रिय सहभागिता थियो । जनस्तरमा स्थापित सम्बन्धको प्रशंसनीय उदाहरण यसलाई मान्न सकिन्छ । त्यसैगरी नेपालको प्रजातान्त्रिक आन्दोलनमा २००७ सालमा भारतीय नागरिक डा. कुलदीप तथा २०६२ को आन्दोलनमा काठमाडौंमा महम्मद जहाँगिरको बलिदानले हाम्रो घनिष्ठ सम्बन्धलाई परिभाषित गर्दछ ।
नेपाल र भारतबीच द्विपक्षीय आर्थिक सम्बन्धको थालनी सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिदेखि भएको हो । खासगरी त्रिभुवन राजमार्ग, केन्द्रीय टेलिग्राम सेवा, वीर अस्पताल आदि पूर्वाधारहरू आज पनि दुई पक्षीय सम्बन्धका प्रतीकका रूपमा रहेका छन् । भारतले नेपालका विभिन्न क्ष्Fेत्रमा गरेका ेसहयोगमा सडकतर्पm पूर्व–पश्चिम राजमार्ग सुनौली–पोखरा राजमार्ग तथा काठमाडौं–दक्षिणकाली, काठमाडौं–त्रिशूलि, काठमाडौं–बालाजु, काठमाडौं–गोदावरी मार्ग हुन् । १५ सय किमी लामो हुलाकी सडकको मरम्मत तथा निर्माण कार्य पनि भारत सरकारको सहयोगमा भइरहेको छ । हुलाकी सडकलाई पूर्वपश्चिम राजमार्गसँग जोड्न तथा तराईका कतिपय जिल्ला, सदरमुकामहरूलाई पनि राजमार्गसँग जोड्न तथा तराईका कतिपय जिल्ला सदरमुकामहरूलाई पनि राजमार्गसित जोड्ने सडकको निर्माण पनि भारत सरकारको सहयोगमा भएको छ अथवा भइरहेको छ । जयनगर–जनकपुर रेलमार्गलाई ब्रोडगेजमा परिणत गरी यसको विस्तारसमेत भएको छ । रक्सौलदेखि ड्राइपोर्टसम्म र भारत एवं नेपालका कतिपय सीमावर्ती ठाउँलाई समेत रेलमार्गबाट जोड्ने काम भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको केही महिना अघि सम्पन्न भारत भ्रमणका दौरान रक्सौलदेखि काठमाडौंसम्म रेलमार्गको निर्माण गरिने प्रतिबद्धता भारत सरकारबाट व्यक्त भएको छ । नेपालमा पूर्व–पश्चिम रेलमार्गको निर्माण गरिने कुरा पनि चर्चामा छ । अवश्य नै यसमा पनि भारतको सहयोग रहनेछ । नेपालमा रेलमार्गको क्षेत्रमा अहिलेसम्म जेजति काम भएका छन्, त्यसमा भारतकै सहयोग रहेको छ । पूर्व–पश्चिम राजमार्ग कोहलपुर–महेन्द्रनगर खण्डमा झन्डै दुई दर्जन पुलको निर्माणका अतिरिक्त अन्य क्षेत्रमा समेत दर्जनौंं पुलको निर्माण भारत सरकारको सहयोगमा भएको छ । वाग्मती र बकैया नदीसहित अनेकौं नदीको तटबन्ध निर्माणमा पनि भारतले सहयोग गरेको छ । जलविद्युत्तर्पm देवीघाट, गण्डक, त्रिशूली, टनकपुरलाई लिन सकिन्छ भने ९०० मेगावाटको माथिल्लो कर्णाली र त्योभन्दा पनि बढी क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण पनि भारत सरकारकै लगानीमा भइरहेको छ । हाल भारतबाट आयात भइरहेको चार सय मेगावाट बिजुलीका कारण हाम्रो देश अहिले लोडसेडिङ मुक्त छ । केही समयपछि हामी पनि भारतमा बिजुली निर्यात गर्ने अवस्थामा हुनेछौं । यसका अतिरिक्त सौर्य ऊर्जा तथा ग्रामीण विद्युतीकरणमा पनि भारतले सहयोग गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, सिमरा, जनकपुर तथा भैरहवा विमानस्थल निर्माण पनि भारतको सहयोग रहेको छ । सञ्चार क्षेत्रमा पूर्व–पश्चिम अप्टिकल फाइबर नेटवर्क, गोश्वारा हुलाक, काठमाडौं, वैदेशिक हुलाक कार्यालय भवन र झापा, विराटनगर, वीरगंज तथा जनकपुरमा टेलिफोन एक्सचेन्ज भवनको निर्माण पनि भारतको सहयोगमा नै भएको छ । स्वास्थ्य क्षेत्रमा भारतले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, प्रसूतिगृह थापाथली, टिचिङ हस्पिटलका लागि उपकरण, वीरगंज अस्पताल ट्रमा सेन्टरको निर्माणसहित कतिपय जिल्लामा अस्पताल भवन निर्माणमा सहयोग गरेको छ । मानव संसाधनको क्षेत्रमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको विज्ञान भवन, पुस्तकालय, छात्रावास, कर्मचारी आवास गृह, स्टेडियम, गाँधी भवन, त्रिचन्द्र कलेजको विज्ञान भवन र विराटनगर र मुलुकका सयकडौं विद्यालय भवन र छात्रावास निर्माण भारत सरकारको सहयोगमा भएको छ । अहिले पनि विभिन्न शीर्षकमा बर्सेनि सयकडौं छात्रवृत्ति प्राप्त गरेर नेपाली छात्रहरू भारतका विभिन्न शहरहरूमा पढ्न जान्छन् भने महात्मा गाँधी छात्रवृत्ति योजना अन्तर्गत सयौं छात्रले नेपालमा अध्ययनको निम्ति छात्रवृत्ति प्राप्त गरिरहेका छन् । भारतका विभिन्न शैक्ष्Fिक संस्थानहरू आज पनि नेपालका छात्रहरूको निम्ति उपयुक्त ठाउँ भन्ने गरिन्छ । भारतीय सेनामा काम गरेका अवकाशप्राप्त नेपाली सैनिकहरू बर्सेनि अर्बौ रुपियाँ नेपाल भिœयाउँछन् ।
नेपालको तेस्रो मुलुकसँग छिटो सम्पर्क होस् भन्ने उद्देश्यले काँकडभिट्टा–पूmलवारी मार्ग पनि भारतले उपलब्ध गराएको छ । मित्रताको मापदण्ड लेनदेन मात्रै हुन सक्दैन तथापि नेपालको चातुर्दिक विकासमा भारतको सहयोग रहँदै आएको छ ।
छिमेकी राष्ट्र भारत अहिले विश्वमा दु्रतगतिमा आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रको सूचीमा छ । साढे दुई वर्ष अघि भारतमा नोटबन्दी लागू हुँदा विभिन्न थरीका अनुमानहरू गरिएका थिए तर विश्वव्यापी आर्थिक मन्दीको बावजुद भारत अहिले झन्डै आठ प्रतिशत (७.७) को विकास दर हासिल गरेको छ भने निकट भविष्यमैं १० प्रतिशतसम्म पुग्ने लक्ष्य निर्धारण गरेको छ । सन् २०३२ सम्म भारतको कुल जिडिपी जापानभन्दा पनि बढी हुन सक्ने अनुमान एशियाली विकास बैंकको छ । १० प्रतिशतभन्दा पनि बढीको औद्योगिक क्षेत्रको वृद्धिदर हासिल गरेको भारतले पूर्वाधार निर्माण, विद्युत्, सूचना, प्रविधि, शिक्ष्Fा, स्वास्थ्य, यातायात, विज्ञान, कृषि तथा कला, साहित्य एवं संस्कृतिको क्षेत्रमा समेत उल्लेखनीय प्रगति गरेको छ । आणविक शक्ति सम्पन्न राष्ट्र भारत अन्तरिक्षको क्षेत्रमा समेत उल्लेख्य उपलब्धि हासिल गरेको छ । वर्तमानको विश्व राजनीतिमा अमेरिका, चीन र भारतको चर्चा सर्वाधिक हुने गरेको पाइन्छ । भारत स्वाधीन भएको सात दशकको अवधिमा हासिल गरेको उपलब्धि साँच्चै प्रशंसनीय छ । लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गर्दै यति बढी सफलता हासिल गर्नु निकै कठिन हो । नेपालमा भारतीय लगानी जुन रूपमा आकर्षित गर्नुपर्दथ्यो त्यो हुन सकेन । देशभित्रका केही राजनीतिकर्मी एवं मिडियाकर्मी समेतको नकारात्मक सोचका कारण देशभित्र भारतीय लगानी भित्रिन सकिरहेको छैन । नेपालको आर्थिक विकासका लागि भारतसहित अन्य मित्रराष्ट्रहरूको लगानी पनि आवश्यक छ । दुई देशबीच घनिष्ठ सम्बन्धलाई प्रगाढ बनाउन दुवै देशका जनता र सरकारको पनि सकारात्मक भूमिका आवश्यक छ ।