नीति बनाउनुको अर्थ हो त्यसको कार्यान्वयनले देशमा नयाँ दिशाको खोज गर्नु । कुनै नौलो वा पुरानै कामलाई नयाँ ढङ्गले गर्नुछ भने पहिले सोसम्बन्धी नीति बनाइन्छ । यहाँसम्म त नेपाल सरकार सदाकालदेखि तत्पर छ, तर कार्यान्वयन पक्षको कुरा गर्ने हो भने आजसम्म कुनै पनि सरकारले दृढता देखाउन सकेको छैन । हिजोको सरकारलाई अनुत्तरदायी भनियो ठीक छ, सरकार कामजोर छ भनियो ठीक छ, शासन व्यवस्थाको दोष लगाइयो, त्यो पनि ठीक छस तर अहिले त सबै बलियो छ । सरकार उत्तरदायी छ । सरकार बलियो छ । अझ अहिले सरकारको नेतृत्व गर्ने व्यक्तिले त नेपालको व्यावहारिक शासक–शैलीलाई चुनौती दिंदै सत्ताका लागि कसैको आड नलिने हठ लिएर सफल पनि भए । अनि शासन पद्धति त विश्वकै नौलो छँदैछ । तर पनि नीतिको सामञ्जस्य कार्यान्वयन र अनुगमन पक्ष्Fसँग गर्न सकिएन । सत्ताशीर्षमा बस्नेले पूर्ण अवधि सत्तामा बस्ने र आप्mनो कार्यकालमा केही ठोस काम गर्ने अभिलाषा राखेकै हुन्छ । तर सत्ताशीर्षमा पुगेको व्यक्तिको हात आजसम्म कहिले खाली रहन पाएन । कसैले कुर्सीबाट फालिदेला भनेर दुवै हातले कुर्सी समाउनैमा उसको समय बित्यो ।
अहिलेको सरकारलाई प्रत्यक्षतः त्यस्तो कुनै समस्या छैन । अहिलेको सरकारले शिक्षालाई आप्mनो प्राथमिकतामा राखेको पनि छ । शिक्ष्Fालाई केन्द्रदेखि स्थानीय तहसम्मको सरोकारको विषय बनाइएको छ । तर पनि ६ वर्ष पहिले लागू भएको कम्प्युटर शिक्ष्Fाको पढाइ, समाचार अनुसार पर्सा जिल्लामा शुरु नै हुन सकेको छैन । किनकि कम्प्युटर सम्बन्धी शिक्षा दिने जनशक्तिको खाँचो छ । विद्यालयहरूमा कमोबेस कम्प्युटर छ, किताबमा हेरेर कुनै शिक्ष्Fकले पढाइ पनि दिन्छ, तर कम्प्युटर चलाउने ज्ञान भएका शिक्ष्Fकहरू छैनन् । आन्तरिक परीक्षामा त त्यहींका गुरु त्यहींका चेला उत्तीर्ण गराइदिन्छन्, आफैं बोक्सी–आफैं झाँक्री भनेजस्तै । तर प्रायोगिक जीवनमा त्यस कम्प्युटर शिक्षाको के काम ? आज त कम्प्युटरको युग हो । क, ख, ग सिकाउनुको साटो अहिले कम्प्युटर सिकाए हुन्छ । लेख्न सिकाउनु अब समयको बर्बादी ठानिने बेला आइसकेको छ । सरकारले प्रत्येक मन्त्रालयको गतिविधि, मुद्दाको तारीख, आवेदन दर्ता, पासपोर्टको आवेदन, मालपोतको काम–कारबाई, उद्योग–व्यवसायको प्रतिवेदन आदि कम्प्युटरबाटै भ्याउने नीति लिएको छ । कम्प्युटरीकृत युगमा कुनै विद्यालयमा कम्प्युटर पढेकै शिक्ष्Fक किन, सबै शिक्ष्Fक कम्प्युटर जानकार किन छैनन् ?
यो कुरा पनि होइन कि देशमा जनशक्तिको खाँचो छ । देशमा काम नपाएर मानिस मरुभूमिको तातो हावा खाएर भए पनि विदेश गएर आजीविका कमाइरहेका छन् । ६ वर्षमा लाखौं युवालाई कम्प्युटर शिक्ष्Fा दिएर अध्यापनका लागि पठाइसकिएको हुन्थ्यो । विद्यालयकै शिक्ष्Fक, जहाँ कम्प्युटर अनुदानमा दिइएको छ, आफैं प्रयत्न गरेर कम्प्युटरमा दक्ष भइसकेका हुन्थे । ठ्याक मिलेका सासू–बुहारी छन् भने एउटाले नजानेको परिकार अर्कोबाट सिक्छन्, ठ्याक मिलेको छैन भने ‘मलाई आउँदैन’ भनेर पन्छिन्छन् । राज्यमा पनि ठ्याक नमिलेको सासू–बुहारीजस्तो मानसिकता रह्यो भने विद्यालयमा कम्प्युटर हुन्छ, पाठ्यक्रममा कम्प्युटर शिक्ष्Fा समावेश हुन्छ, विद्यार्थीले कम्प्युटर ज्ञान हासिल गरेको प्रमाणपत्र पनि पाउँछ तर चलाउन त के उसलाई कम्प्युटर खोल्न पनि आउँदैन ।