प्रस वीरगज,११ भादौ/
वीरगंजबाट प्रकाशित ‘मध्य नेपाल सन्देश’ पत्रिकाले दोस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोसवको अवसरमा आज सो पत्रिकाले ‘महिला नेतृत्व, अवसर र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद शेख चाँदताराले महिला नेतृत्वको मुख्य चुनौती संस्कृति र पुरानो रीतिरिवाज भएको बताइन् ।
सदीयौदेखि चलिआएको चलन तोड्नु पर्ने भन्दै सांसद चाँदताराले अन्धविश्वास, महिला विरोधी संस्कृति तथा परम्परा तोडेर अगाडि बढ्न आग्रह गरिन् ।
संविधानमा बाध्यात्मक व्यवस्था गरिएकाले स्थानीय तह, प्रदेश र सङ्घमा महिलाहरूले अवसर पाएको चर्चा गर्दै उनले सरकारी नोकरीमा कोटा निर्धारित गरिएकोले महिलाहरूले अहोभाग्य ठान्नुपर्ने बताइन् । कानूनीरूपमा विकसित मुलुकमा दिइने अधिकार नेपाली महिलाले पाएको भन्दै नेतृ चाँदताराले अझैपनि महिलालाई घर बाहिर पठाउन हच्किने पुरानो सोच परिवार–समाजमा कायमै रहेको बताइन् ।
डा. सुषमा तिवारी द्विवेदीले ‘महिला नेतृत्व अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले विगतको दाँजोमा अहिले महिला अधिकारको पक्षमा धेरै सुधार भएको दाबी गरे ।
प्रदेशसभा सदस्य प्रह्लाद गिरीले महिला हिंसामा महिलाकै हात बढी हुने भन्दै घर परिवारमा सासूले बुहारीलाई हिंसा गर्ने गरेको उदाहरण पेश गरे ।
सो अवसरमा प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले शिक्षा र सम्पत्तिमा बराबर हकको कानूनी व्यवस्था नभएसम्म महिला पुरुषबीच असमानता कायम रहने विचार व्यक्त गरे ।
सामाजिकरूपमा अघि बढेका महिलाहरूको सम्मानमा जोंड दिदै शर्माले राजनीतिकरूपमा अगाडि बढेकालाई मात्र सम्मान गर्ने चलनमा सुधार गर्नुपर्ने बताए । “माइक्रोफाइनान्स योजना अन्तर्गत स्वरोजगारमा अगाडि बढेका महिलालाई पनि सम्मान गर्ने बानी विकास हुनुपर्छ”– उनले भने ।
मध्य नेपाल सन्देश पत्रिकाका सम्पादक कविता क्ष्Fत्रीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद राजेश्वर साह तेली, प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडैल, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, उपमेयर सलमा खातुन, बिन्दवासिनी गाउँपालिकाकी उपप्रमुख किरणदेवी गुप्ता, महिला अधिकारकर्मी बबिता जयसवाल, नेपाल पत्रकार महासङ्घका प्रदेश नम्बर २ का अध्यक्ष्F दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष फुलमहम्मद मियाँ, उपाध्यक्ष मधु राणा, ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष पशुपतिविक्रम शाह, युवा नेता अरविन्द सिंह, समाजसेवी उषा शाह, डा. लक्ष्मी थापा, पुष्पा पाण्डे, चेली कृषि सहकारी संस्थाकी अध्यक्ष कमला घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा सञ्चारकर्मी लक्ष्मी खरेल, माधुरी महतो, गीता भण्डारी, विमला गुप्ता, शोभा धमला, नीलम पन्त, ईश्वरी श्रेष्ठ, सुप्रिया ढकाल, कृष्णमोहन साह, अभिवक्ता कमलमोहन पोखरेल, सन्ध्या पौडेल, तुलसी भण्डारी, नवराज घिमिरे, बलिराम यादव, अलि असगर देवान, विदुर खडका लगायतलाई सम्मान गरिएको थियो ।
होटल रोयालको सभाकक्षमा आयोजित कार्यक्रमको सहजीकरण लक्ष्मी खरेलले गरेकी थिइन् ।