वैद्यनाथ ठाकुर
१ अगस्तको बिहान हामी ३६ जना शिक्ष्Fक र तिनका सात परिवार बिहान ९ बजे अमृतसरको लागि जमुई कटराबाट स्वराज सुपर एक्सप्रेस चढेर अमृतसरको लागि प्रस्थान ग¥यौं । कारणवश चार/पाँचजना साथी स्टेशन पुग्दा गाडी खुलिसकेको थियो । हतारमा उनीहरू एसी बग्गीमा चढ्न प’गे । उतिखेरै टिटी आएर जनही रु १ सय जरिवाना ठोकिहाल्यो । जेहोस् साँझतिर हामी अमृतसर पुग्दा पानी पर्दैथियो । रुझ्दै हामी गन्तव्यतिर लाग्यौं । अमृतसर स्वर्ण मन्दिरको पश्चिमतिरको गुरुद्वारामा हामीले वास पायौं । राति नै मन्दिर अवलोकन ग¥यौं । पानीको बीचमा बनेको स्वर्ण मन्दिर साँच्चीकै सुनको प्रतीत हुन्थ्यो । बडो आकर्षक र सुन्दर, सफा, शान्त वातावरण त्यहाँ व्याप्त थियो । हामीले केही भिडियो पनि गर्न भ्यायौं । भोलिपल्ट दिउँसो ६ जना साथी मन्दिरमा जाँदा बाहिर राखेको चप्पल चोरी भयो र उहाँहरू आफतमा पर्नुभयो । एक त यात्रा, अर्को नयाँ चप्पल चोरी हुनु त्यो पनि सरदारजीहरूको स्वर्ण मन्दिरमा । आखिर चोर कहाँ छैन । साँझ हामी बाघा बोर्डर पु¥यौं । यहाँ भारतीय सैनिक र पाकिस्तानी सैनिकको परेड हुँदो रहेछ । यसको प्रस्तुति निकै आकर्षक थियो । एक अर्काप्रति रोष र आक्रोश प्रदर्शन गर्दै खेलिने यो कार्यक्रम बडो रोचक र घोचक देखियो ।
हामीहरू भोलिपल्ट कुलु मनाली पनि जानु थियो । त्यसको लागि हामीले एकजना सरदारसँग कुलु मनालीको लागि गाडी भाडा गर्ने कुरा ग¥यौं । अमृतसरमा हाम्रो टोली दुई भागमा बाँडियो । १८ जना कुलु मनाली जाने परे भने १८ जना हरिद्वार । हामी कुलु मनाली जानेहरूलाई निजी गाडीवालाले पटक–पटक स्वर्ण मन्दिर अगाडि गुरु नानकको कसम खाएर ठग्दैनौं भनी विश्वास दिलाए र दुईटा गाडी लिएर हामी मनालीतिर लाग्यौ राति १ बजे ।
भोलिपल्ट हामी राति ९ः३० बजे मणिकर्ण गुरुद्वारा पुग्यौं । मणिकर्णमा तातोपानीको कुण्डमा स्नान गरेर हिंड्दा १२ बजे बौंतर पुगियो । यहाँ हामी तीनजना साथी नौं हजार फिटको उचाइमा पाराग्लाइडिङ ग¥यौं । र त्यहाँबाट चार बजे मनाली पुग्यौं । मनाली नेपालको जस्तै पहाडी ठाउँ भए पनि दुई लाइनको पक्की फराकिलो सुन्दर बाटो देखेर दङ्ग प¥यौं । मनालीमा हामीलाई थाहा भयो रोहताङ्गमा हिउँ छैन । हामी त्यहाँबाट आनन्दपुर गयौं जहाँ आठौं आश्चर्य मानिने गुरुद्वारा थियों । यहाँ भारत स्वतन्त्र हुँदाको अवस्था, पाकिस्तान छुट्टिने परिस्थिति, शिखहरूले दिल्लीबाट पाएको धोका, गुुरु गोविन्दको जीवनीजस्ता अडियो–भिडियो निश्शुल्क हे¥यौं । यो अनुभव रोमाञ्चक थियो ।
आनन्दपुरको घुमाइपछि हामी चण्डीगढ पुग्यौं । चण्डीगढ व्यवस्थित र आधुनिक शहर रहेछ । शहरको सम्पूर्ण बस्तीलाई सेक्टरमा बाँडिएको रहेछ । आकर्षक शहर छ चण्डीगढ । चण्डीगढबाट भोलिपल्ट बिहानको रेल चढेर आगराको लागि प्रस्थान ग¥यौं । आगरामा दलालको जमघट रहेछ । होटलवाला, टेम्पोवाला, लजवाला सबैतिर ठगैठगको मेला । हामी पनि अलिअलि ठगिएर ताजमहल हे¥यौं । सा¥है सुन्दर रहेछ ताजमहल । ताज गार्डेन र ताज किल्ला । त्यसपछि हामी मथुराको लागि प्राइभेट रात्रिबस, जसले पाँच घण्टामा मथुरा, गोकुल, वृन्दावन घुमाएर दिल्ली लग्ने भनेको थियो, त्यसको टिकट काट्यौं । पछि बस आएन र सबै यात्री मिलेर आन्दोलन नै गर्नुप¥यों र आप्mनो पैसा फिर्ता लियौं । त्यसपछि सरकारी बसले मथुरा पुग्यौं । भोलिपल्ट निजी गाडी बूक गरेर गोकुल, वृन्दावन र मथुरा घुम्यौं । यी तीनै कृष्णसँग जोडिएको ठाउँ हो । प्रत्येक ठाउँमा ठग ब्राह्मणहरूको बिगबिगी छ । धार्मिक आस्था भजाएर तीन सयदेखि पाँच सयसम्म ठगी नै हाले । मथुरा–वृन्दावनमा बाँदर आतङ्क खेप्यौं । गोजीभित्रको कलम, चश्मा हातमा भएको मोबाइल, टाउकोमा लगाएको टोपी खोसेर लगिदिने कुरा त्यहाँ सामान्यजस्तै छ । यस्तोमा दर्शनको लागि जाने भक्तजनले अनेक प्रकारको झमेला तथा पीडा खप्नुपरेको प्रस्ट नै देखिन्थ्यो । हाम्रै एकजना साथीको चश्मा र टोपी पनि लगिदियो । जेहोस् वृन्दावनको प्रेम मन्दिर आकर्षक तरिकाले बनाइएको रहेछ । तर सबैभन्दा खराब कुरा यी मन्दिरहरूमा जुत्ता, चप्पल लगाएर जान नदिने अनि गर्मीले पाइताला पोलेर घाउ समेत हुने गरेको अवस्था देखियो । वृन्दावन ८४ कोसमा रहेको तथा त्यहाँ ५५०० मन्दिर रहेकोसमेत जानकारी पाइयो । १३ अगस्तको साँझ वृन्दावनबाट दिल्ली सरकारी बसले आइयो । दिल्लीमा १५ अगस्तको तयारीले गर्दा र हामी गैरभारतीय भएकाले होटल, लजमा समेत बस्न गा¥हो भएको थियो । पछि शिशमहल गुरुद्वारा चाँदनी चोकमा गएर बसियो । दिल्लीको अक्षरधाम तथा लोटस टेम्पल घुमियो । दिल्ली पहिले पनि घुमेको ठाउँ रहेको र अत्यधिक गर्मीले घुम्ने इच्छा नै भएन ।
मान्छेको प्रकृति ठीक भएन भने त्यसले नै सङ्कट निम्त्याउँदो रहेछ । आगरा, मथुरा, वृन्दावन, गोकुल, अमृतसरलगायत ठाउँमा कसरी पर्यटकलाई ठग्ने ध्येय स्थानीय सरोकारवाला सम्बन्धित व्यवसायीहरूको भएकोले अनावश्यक दुःख पाइयो । सबैको एउटै साझा उद्देश्य रहेको देखियो– जसरी हुन्छ बढीभन्दा बढी पैसा ठग्ने । यो सोच्दैनन् कि यी मानिस फर्केर गएपछि हाम्रै व्यवहारले फेरि कहिल्यै आउँदैनन् र कसैलाई पनि राम्रो ठाउँ हो जाऊ भन्दैनन् । अनि त्यसपछि के खाने ? अरू त अरू फर्किने बेला उत्तर प्रदेशमा आइसकेपछि हाम्रो एउटा झोलासमेत राति चोरी भयो । हुनत झोलामा केही खास सामान थिएन । त्यसमा अलि ठूलो ताल्चा लगाएको थियो । चोरलाई लाग्यो पक्का त्यसमा केही महŒवपूर्ण सामग्री छ र चो¥यो ।
जेहोस् हाम्रो १५ दिनको यात्रा अविस्मरणीय रह्यो खासगरी, तातो पानीको कुण्ड, पाराग्लाइडिङ तथा मनालीको सुन्दर प्रकृति ।