प्रस, सेढवा, १२ भदौ/
सुवर्णपुरमा बाटो मरम्मत गरिरहेको मेसिन उपकरण पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।
ठोरी गाउँपालिका कार्यालयले वडा नं. ५ सुवर्णपुरमा आप्mनै डोजर, ट्रिपर र ट्याक्टर प्रयोग गरेर सडक मरम्मत गरिरहेको थियो । आज दिउँसो पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत गडवालाइन पोस्टबाट खटिगएको सेनाको टोलीले ठूलो बाघमोर्चा गाउँको माझबाट उक्त साधन तथा उपकरण नियन्त्रणमा लिएको हो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने खोलाबाट अनुमतिबिना ग्रेभेल निकालेकोले उपकरण नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । घटनाबारे विस्तृत जानकारी प्राप्त भइ नसकेको उनले बताए ।
वर्षात्को कारण सडक बिग्रेर पैदल हिंड्ने अवस्थासमेत नरहेकोले आप्mनै स्रोत साधनमा गाउँपालिकाले सडक मरम्मत गर्न थालेको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बताए । सडकमा माटो काट्ने र मिलाउने काम भइरहेकोमा केही अति आवश्यक ठाउँको लागि जनसहभागितामा गाउँबीच सडक छेउबाट २/४ टिप ग्राभेल निकालेको अध्यक्ष श्रेष्ठको जिकिर छ । आपत्कालीन अवस्थमा एम्बुलेन्ससमेत चल्न नसक्ने बाटो देख्दादेख्दै पनि निकुञ्जले विकास विरोधी हरकत गरेर जनतालाई तर्साउन खोजेको श्रेष्ठको आरोप छ । “हामी निकुञ्जभित्र पसेको होइन । निकुञ्ज हाम्रो मध्यवर्ती क्षेत्रमा हस्तक्षेप गर्न आएको हो । संरक्षणको अधिकार स्थानीय तहलाई पनि छ भन्ने हेक्का निकुञ्जलाई रहेन छ”–उनले आक्रोश पोखे ।
वर्षात् शुरु भएसँगै वीरगंज–ठोरी यातायात सम्पर्क विच्छेद छ । हुलाकी सडक दलदल भएपछि साइकल, मोटरसाइकल र पैदल यात्रुहरूले ठूलो बाघमोर्चाको बाटो प्रयोग गर्दै आएका थिए । पछिल्लो वर्षात्ले सो सडकसमेत हिलाम्मे भएपछि मरम्मतको लागि ठोरीवासीले गाउँपालिकालाई दबाब दिइरहेका थिए ।
सुवर्णपुर पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । उपभोक्ताद्वारा संरक्षित मध्यवर्ती क्षेत्रमा पनि निकुञ्जले निषेधित क्षेत्र सरह हरकत गरेको भन्दै सुवर्णपुरका बासिन्दाले आक्रोश पोखेका छन् । मध्यवर्ती एकाइ उपभोक्ता समिति र समूहसमेत गठन भई संरक्षणमा जुटेको क्षेत्रमा एक्कासि सेनाले हस्तक्षेप गरेर संरक्षणकर्मी नागरिकलाई हतोत्साहित गरेको नागरिक अगुवा अष्टबहादुर लोप्चनले आरोप लगाए ।
सेनाले मेसिन उपकरण नियन्त्रणमा लिने क्रममा सो क्षेत्रका बासिन्दाले विरोध जनाएका थिए ।