शीतल महतो
यतिखेर नेपालको व्यापारघाटा रु ११ खर्ब ६२ अर्ब १० करोड पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २७.५३ प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७३–०७४ मा रु ९ खर्ब ११ अर्ब २६ करोड व्यापार घाटा रहेको थियो । आर्थिक वर्ष २०४९–०५० मा रु २२ अर्बको व्यापार घाटा रहेकोमा २५ वर्षको अवधिमा यो करिब ५३ गुणाले वृद्धि भई आर्थिक वर्ष २०७४–०७५ मा रु ११ खर्ब ६२ अर्ब १० करोड पुगेको तथ्याङ्क छ । नेपालको वैदेशिक व्यापार १ सय ५५ भन्दा बढी राष्ट्रमा विस्तार भएपनि १ सय २८ मुलुकसँग व्यापारघाटा रहेको तथ्याङ्क छ । नाफा भएका भनिएका मुलुकसँगको व्यापार पनि उत्साहजनक नभई प्रायः नगण्य छ । नेपालको व्यापार सबैभन्दा बढी छिमेकी मुलुक भारतसँग हुने गर्छ । नेपालको भारतसँगको व्यापारघाटा रु ७ खर्ब ६४ अर्ब ३० करोड रहेको छ । आर्थिक वर्ष २०७४–०७५ मा २६.३१ प्रतिशतले आयात वृद्धि हुँदा निर्यात केवल ११ दशमलव १७ प्रतिशतले मात्र वृद्धि भएको तथ्याङ्क छ । गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार रु १३ खर्ब २४ अर्बमध्ये रु १२ खर्ब ४३ अर्ब आयात भएको थियो । सो अवधिमा रु ८१ अर्बको मात्र निर्यात भएको अवस्था छ । यसरी आयात र निर्यातबीचको अनुपात १५.२ प्रतिशत अर्थात् रु १५ बराबरको वस्तु र सेवा आयात गर्दा रु एक बराबरको मात्र निर्यात भएको अवस्था छ । यसरी निर्यातको तुलनामा आयात बढी भई देशले भुक्तानी गर्नुपर्ने राशिको ऋणात्मक अवस्था नै व्यापार घाटाको सूचक हो ।
निर्यातभन्दा आयातको आर्थिक भार वृद्धि भई असन्तुलित हुनु नै व्यापारघाटा हो । नेपालमा व्यापारघाटा बर्सेनि बढ्दो छ । यसको न्यूनीकरणका लागि प्रयासहरू नभएको होइन, तर पेट्रोलियम पदार्थको बढ्दो खपत, खाद्यपदार्थको आयातमा आएको वृद्धि, विश्वव्यापीकरणको प्रभावसँगै बढ्दो उपभोक्ता संस्कृति, निर्यातयोग्य वस्तुको उत्पादन र बजारीकरण प्रभावकारी नहुनुजस्ता कारणले मुलुकको व्यापारघाटा बर्सेनि बढ्दो क्रममा छ । कुल रु ८१ अर्बको निर्यात गर्दा रु एक खर्ब ९७ अर्ब मूल्य बराबरका इन्धन मात्र आयात भएको देखिन्छ । कृषिप्रधान मुलुक नेपालले गत वर्ष रु २७ अर्ब मूल्य बराबरको चामल, रु १० अर्बको फलपूmल तथा करिब रु २२ अर्बको तरकारी आयात गरेको छ । यतिमात्र होइन, घरेलु मदिरा बनाउनका लागि समेत गत वर्ष नेपालले रु ३ करोड ८४ लाख मूल्य बराबरको कोदो तेस्रो मुलुकबाट आयात गरेको तथ्याङ्क छ । नेपालका उद्योगी व्यवसायीमा अहिले तेस्रो मुलुकमा वस्तु निर्यात गर्नेभन्दा पनि तेस्रो मुलुकबाट आयात गरी भन्सार छुट दिइएका मुलुकमा निर्यात गरी अल्पकालीन लाभ लिने प्रवृत्ति बढेर गएको देखिन्छ । यस किसिमका विकृति नियन्त्रण गरी अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता अभिवृद्धि गर्नु अति आवश्यक छ । लगानी, उत्पादन र जोखिमबिनाको लाभ लिनेभन्दा पनि दीर्घकालीन उत्पादन र गुणस्तर अभिवृद्धि गर्नेतर्फ सरोकारवाला सबै पक्ष जिम्मेवार हुनुपर्दछ ।
पछिल्लो समयमा विशेषगरी इन्धन, फलाम तथा स्टिल, मेशिनरी उपकरण र पार्टपुर्जा, सवारी साधन र विद्युतीय सामग्रीलगायत विलासिताका सामग्रीहरूको आयातमा उल्लेख्य वृद्धि भएको छ । यस किसिमका विलासिताका सामग्रीको उपयोग तथा आयातमा थप सजगता जरुरी देखिएको छ । सरकारले अहिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा अगाडि सारेको छ । नेपाली अर्थतन्त्र, विकास र समृद्धिका आधार भनेको नै जल, जमीन, जङ्गल, जडीबुटी र पर्यटन नै हो । यी क्षेत्रको विकास र विस्तारका लागि सरकारले प्राथमिकता निर्धारण गरी उच्च लगानी विस्तार गर्नुपर्छ । यसका साथै यस क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ । नेपालको प्रमुख उत्पादन कृषिजन्य वस्तु हो । निकासी हुने वस्तुमा अप्रशोधित वा अर्धप्रशोधित जडीबुटी प्रमुख सम्भावना भएका वस्तु हुन् भने अदुवा पनि ठूलो परिमाणमा भारततर्फ निकासी हुने वस्तु हो । तर यी वस्तुको निकासीमा भारतमा भन्सार र गैरभन्सार अवरोध प्रशस्त देखिएको छ । नेपालबाट कृषिजन्य वस्तु निर्यात गर्दा पटकपटक प्लान्ट क्वारेन्टाइनसम्बन्धी समस्या सिर्जना गर्ने गरिएको छ । भारतको कोलकाता, गाजियाबाद, मैसुर र पुणेमा मात्र यससम्बन्धी परीक्षण प्रयोगशाला छ । त्यहाँ पठाएर परीक्षण गराउँदा कम्तीमा पनि ७ देखि १५ दिनसम्मको समय लाग्ने देखिएको छ । यसले गर्दा नेपाली उत्पादन कुहिने, बिग्रने समस्याबाट ग्रसित छ । सबैभन्दा महŒवपूर्ण पक्ष भनेको नै कृषिमा रोजगार सिर्जना गरी युवा जनशक्तिको पलायन रोक्नुपर्छ ।
यसका साथै नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएकोले यहाँ धार्मिक तथा सांस्कृतिक पर्यटनको पनि ठूलो सम्भावना छ । यो क्षेत्रमा धेरै भारतीय पर्यटकलाई आकर्षण गर्न सक्छ । विशेषगरी नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउने भएकाले सोको सहजीकरणका लागि आवश्यक व्यवस्था गर्नुपर्ने देखिन्छ । हिन्दू र बुद्धिस्ट सर्किट बनाई नेपालमा भारतीय धार्मिक पर्यटक भिœयाउन सकिन्छ र यसका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नु आवश्यक छ । तर त्यसका लागि पनि ती गन्तव्यसम्म पुग्ने सहज वातावरण निर्माण, सुविधासम्पन्न वासस्थान र सुरक्षा व्यवस्थापन तथा नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धन गर्न सक्नुपर्दछ । अर्कोतर्फ भारतीय सप्mटवेयर कम्पनीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता त्यतिकै देखिएको छ । युनिलिभर र डाबर नेपालको उदाहरण दिएर अन्य भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न आकर्षित गर्न सक्नुपर्दछ । यसका लागि त्यहाँका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानीमैत्री वातावरण रहेको विश्वास दिलाउन सक्नुपर्दछ ।
यसरी मुलुकको व्यापारघाटा बढ्दै जानु निश्चिय नै चिन्ताको विषय हो, तर त्योभन्दा बढी देशको निर्यात बढाउन सरकार, निजी क्षेत्र र सरोकार पक्ष्Fमामा चासो नदेखिनु ठूलो चिन्ताको विषय बनेको छ । हुनत नेपाल विश्व व्यापार सङ्गठन (डब्लुटीओ) को सदस्य बनेदेखि नै विभिन्न समयमा निर्यात प्रवद्र्धनका कार्यक्रमहरू चलाएका छन् तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नै व्यापारघाटाको राशि कहालीलाग्दो किसिमले बढ्दै गएको छ । सन् २०१० मा बनाइएको नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) ले प्रभावकारी भूमिका खेल्न नसेकेको भन्दै सन् २०१६ मा यसको परिमार्जन पनि गरिएको छ, तर पनि एनटिआइएसले सूचीकृत गरेका नौवटै वस्तुको पनि निर्यात निराशाजनक छ । सरकारले निर्यात प्रवद्र्धनका लागि निर्यातमा नगद प्रोत्साहनको समेत व्यवस्था गरेको थियो । यस्ता प्रयासहरूका बावजुद किन देशको निर्यात उँभो लाग्न सकेन, अब गम्भीररूपमा यसको खोजी गर्नुपर्ने बेला आइसकेको छ ।
अहिले विश्वको अर्थतन्त्र आन्तरिक उत्पादन र निर्यात व्यापारमा केन्द्रित हुँदै आएको छ । उत्पादन र उत्पादकत्व वृद्धि तथा गुणस्तर र निर्यात व्यापार विस्तार नै कुनै पनि मुलुकको सफलता र समृद्धिको सूचक बन्दै गइरहेको छ । तर नेपाली उत्पादन र निर्यात व्यापार दिन प्रतिदिन खस्कँदै गइरहेको छ । पछिल्लो समय मुलुकको कुल बजेटको हाराहारीमा व्यापार घाटा हुनु नेपाली अर्थतन्त्रका लागि सुखद पक्ष भनेको पक्कै होइन । यसरी उच्च आयात र त्यसको प्रभावसँगै जन्मेको कहालीलाग्दो व्यापार घाटा नियन्त्रण गर्ने एक मात्र
प्रभावकारी विधि भनेको नै आन्तरिक उत्पादन वृद्धि गर्नु हो । सबै वस्तुमा आत्मनिर्भरता सम्भव नभएपनि
कम्तीमा कृषिजन्य वस्तु, पर्यटन र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूको क्षमता बढाई आन्तरिक उत्पादनको आधार बढाउनुको अर्को विकल्प छैन ।