घरेलु मदिरा उत्पादनको क्रम पर्सा, बारा र रौतहट जिल्लामा रोकिएको छैन । घरेलु मदिराका कारण बर्सेनि थुप्रै मानिसको अकाल मृत्यु हुने गरेको छ । सरकारले घरेलु मदिरा उत्पादनलाई अहिलेसम्म इजाजत नदिएको कारण यो उत्पादन अवैध भनिएको हो । मदिरा उत्पादनका लागि आवश्यक मापदण्ड घरेलु मदिरा उत्पादकहरूले पूरा गर्न सक्ने अवस्था नभएको कारण घरेलु मदिरा उत्पादकले इजाजत लिएका छैनन् भने सरकारले यसलाई वैधता पनि दिएको छैन । तर पनि देशभर अवैधरूपमा भएपनि घरेलु मदिराको उत्पादन भइरहेको छ । सरकारी मापदण्ड पूरा गरेको मदिरा सबै तहका मानिसले सेवन गर्न सक्ने हैसियत बनि नसकेको तर दैनिक मदिरा सेवनको बानी बसेको एउटा समूहले गर्दा हाम्रो समाजमा घरेलु मदिरा टिकिराखेको हो । भारतको बिहार राज्यसँग जोडिएको नेपाली सीमावर्ती क्षेत्र पर्सा, बारा, रौतहटलगायतमा अहिले घरेलु मदिरा उत्पादन बढ्नुको कारण बिहारमा मदिरा निषेध हुनाले पनि हो ।
अहिले सीमासँग जोडिएको भारतको बिहार राज्यमा मदिरा निषेध भएको अवस्था छ । उनीहरू मदिरा सेवनका लागि ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्ने गरेका छन् । यसरी मदिरा सेवनकर्ता एक्कासि बढेपछि यस व्यवसायमा आकर्षण थपिएको छ । तर घरेलु मदिरा तोकिएको मापदण्ड पूरा नगरेर बनेको कारण यसको सेवन हानिकारक हुन सक्नेतर्फ सजग र सचेत हुनुपर्छ भन्ने मदिरासेवीहरूमा चनाखोपन देखिएको छैन । यस्तो काम नियन्त्रण गर्ने दायित्व सरकारको हो । अहिले मुलुक सङ्घीयतामा गएको छ । देशभर सङ्घीय, प्रदेश अनि स्थानीय सरकार गरी तीन तह छ । हिजोसम्म स्थानीय तहमा हुने विकृति, विसङ्गति, जस र अपजसको जिम्मेवारी सीधा केन्द्रीय सरकारलाई जान्थ्यो । अहिले त्यो अवस्था रहेन । स्थानीय तहमा भएका, हुने गरेका विकृति, विसङ्गति अनि जस र अपजसको भागीदार स्वयं स्थानीय तह हुन्छ । यस अर्थमा घरेलु मदिरा अवैध तरिकाबाट उत्पादन भइरहेको छ भने त्यसको रोकथाम स्थानीय तहले गर्न सक्नुपर्छ ।
सबैजसो गाउँटोलमा सुरक्षाकर्मीको उपस्थिति छ । सुरक्षाकर्मीको सहायता लिएर गाउँटोलबाट घरेलु मदिरा उत्पादनविरुद्ध अभियान सञ्चालन गरेर पनि यसको नियन्त्रण गर्न सकिन्छ । तर कुनै घटना भएपछि मात्र तात्ने र घटना सेलाएपछि सेलाउने हामी नेपालीको बानी भएकोले हामी बीचको विकृतिले यस अर्थमा पनि बेलाबखत मौलाउने अवसर पाउँदै आएको हो । घरेलु मदिराविरुद्ध अभियान सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना ताका खुबै चलेको थियो । त्यतिखेर घरेलु मदिरा बनाउँदा कस्ता, कस्ता कुकर्महरू गरिने रहेछ भन्ने कुरा सार्वजनिक भएको थियो । अहिले पर्सा, बारा, रौतहटमा सुरक्षाकर्मीे प्रमुखको हेरफेर भएको बेलामात्र यसविरुद्ध अभियानले प्राथमिकता पाउने गरेको छ भने प्रमुख पुरानो भएपछि पुरानै अवस्था धारण गर्ने गरेको छ । यस क्षेत्रमा अहिले घरेलु मदिरा बरामद नभएको दिन नै छैन । तर मदिरा बरामद गर्ने, नष्ट गर्ने नियमित कामलाई मात्र निरन्तरता दिने हो भने आउने लामो समयसम्म पनि यस समस्याबाट छुटकारा पाउन सकिन्न । बढी नाफा र सहज बजार भएकोले यसको नियन्त्रण गा¥हो भएको हो । यसको एउटै उपाय हो घरेलु मदिरा उत्पादनकर्तालाई पक्राउ गरी कानून बमोजिम सजाय दिलाउने ।