वैद्यनाथ ठाकुर
यतिबेला साउनको दोस्रो साता चल्दैछ । आकाशमा बादल जति धेरै देखिए पनि त्यति पानी परिरहेको छैन । तापक्रम बढेर दिउँसो ३९ डिग्री सेल्सियससम्म पुगेको छ । गर्मीले मानिसहरूको हाल बेहाल छ । यस्तोमा सरकारी अस्पताल तथा निजी क्लिनिकमा रोगीको चाप निकै बढेको छ । गर्मीबाट उत्पन्न हुने रोगहरू खासगरी घाउ, आउ, झाडापखाला, ज्वरो, रुघाखोकी, छालाका विभिन्न सङ्क्रमण, रक्तचाप र मधुमेहको स्तर एकाएक बढ्दा सबै वर्ग, तह, तप्काका मानिसको लागि तनावको विषय भएको छ ।
यतिबेला कडा घामले गर्दा मानिसहरू घरबाहिर निस्किन पनि धेरैपटक सोच्नुपर्ने अवस्था छ तर यस्तोमा वीरगंज महानगरपालिकाले नगरवासीहरूलाई प्रत्येक दिन भोलि आउनुस्, कम्प्युटर अपडेट भइरहेको छ आज कर बुभिंmदैन भन्दै बोलाउने अनि फर्काउने गरेर थप तनाव दिएको छ ।
यतिबेला सबैतिर तनाव नै तनाव देखिन्छ । झापाको एक निजी अस्पतालको कार्यक्रममा उक्त अस्पतालका एक जिम्मेवार व्यक्तिले बङ्गलादेशबाट उत्तीर्ण गरेर आउने महिला विद्यार्थीहरूले अस्मिता नै सुम्पेर प्रमाणपत्र लिनुपर्ने अवस्था रहेको छ भनेर थप तनाव उत्पन्न गरिदिएका छन् । सोही कार्यक्रममा कानूनमन्त्री शेरबहादुर तामाङसमेतले आप्mनो सम्बोधनमा सोही कुरालाई ठीक भनेर पुनः उठाइदिएपछि चौतर्फीरूपमा सोको विरोध भएको थियो । सामन्त समाजमा अभैm पुरुषप्रधानता कायम नै रहेको कुराको यो घटना थप प्रमाण हो । देशमा व्यवस्था राजनीतिकरूपमा जति बदलिए तापनि वास्तवमा समाजभित्रका पुरुषको मानसिकता थोरै पनि नबदलेको सङ्केतको रूपमा यसलाई बुभ्mनुपर्दछ । राणाकालीन मध्ययुगीन चिन्तन जसमा वधूशिक्ष्Fा अन्तर्गत भानुभक्तले हाँसेर बोल्ने महिला वेश्या हुन् भनेका छन्, त्यो मानसिकता अभैm बदलेको छैन । जबसम्म राज्यका सम्पूर्ण निकायमा पचास प्रतिशत महिला सहभागिता हुँदैन, तबसम्म महिलाहरूले अभैm पनि पुरुषको वचनबाणको शिकार भइरहनुपर्नेछ भन्दा कुनै अन्यथा नहोला । कानूनमन्त्रीको अभिव्यक्तिले देशैभरिका सचेत महिलालाई तनावमा ल्यायो । सामाजिक सञ्जालहरूका भित्ताहरू महिला आक्रोशले भरिए । सार्वजनिकरूपमैं प्रेस वक्तव्यमार्पmत् आपूmले बोलेको कुराबाट आप्mनो भावना राम्रो हुँदाहुँदै पनि महिलाहरूको मनमा चोट पुगेकाले माफी माग्दछु भनेपछि पनि अन्ततः त्यस तनावले मन्त्री महोदयको पदबाट राजीनामा गराएर छाड्यो । मन्त्रीको राजीनामापश्चात् एक अध्याय समाप्त भएपनि तनावको अर्को अध्याय अभैmसम्म कायम नै रहेको छ ।
यतिबेला विद्यालयहरूमा प्रथम त्रैमासिक परीक्ष्Fा चल्दैछ । गर्मीको असर विद्यालयभित्र पनि पुगेको छ । विद्यार्थीहरूको हाउडे टाइपको हेयरस्टाइलले विद्यालय प्रशासनलाई ठूलो तनाव दिएको छ । विद्यालयहरूमा खासगरी शहर बजारमा विद्यार्थीको साइकल विद्यालयबाटै चोरी हुने, कक्ष्Fाकोठाबाट झोला हराउने वा झोलाभित्रको खासखास विषयका कापी, किताब, ज्यामितीय बक्सलगायतका ेसामग्रीहरू दिनहुँजसो चोरी भइदिंदा थप तनाव उत्पन्न हुने गर्दछ । विद्यार्थीहरूले विद्यालयका भौतिक सामग्रीहरू ह्वाइट बोर्ड, पङ्खा, स्वीचबोर्ड, डेक्स, बेन्च, टेबुललगायतका सामानहरू तोडफोड गरिदिने, विद्यालयका पर्खालको भित्तामा विकृत यौनजन्य तस्वीर बनाइदिने, नचाहिने कुराहरू लेखिदिने, पानपराग गुटखाजस्ता चिजहरू खाएर जताततै थुकिदिने आदि काम गरेर दिनहुँको थप तनावमा विद्यालय प्रशासनलाई राखेको देखिन्छ । विद्यालयभित्र पठनपाठन कम तर केटाकेटीका विभिन्न मुद्दा नै दिनहुँ आउने गरेकाले विद्यालय प्रशासन मात्रै होइन, बरु अभिभावकसमेत तनावमा रहने गर्दछ । विद्यालयभित्रको वातावरण यतिसम्म खराब भइसकेको छ कि प्रायः प्रत्येक दिन विभिन्न समूहहरूको बीचमा मारपिट हुने, बाहिरबाट विद्यार्थीहरूले सहयोगी बोलाएर योजनाबद्ध तरिकाले भैंmझगडा गर्ने जस्ता कार्यले गर्दा झन्झन् तनाव बढ्दै गइरहेको छ । विद्यालयभित्र विद्यालय प्रशासन, विद्यार्थी, शिक्ष्Fक, कर्मचारीलगायतका बीचमा सौहार्दपूर्ण वातावरणभन्दा पनि जहिले पनि तनावकै अवस्था रहेको देखिन्छ ।
मुलुक विकास गर्न शिक्ष्Fा र स्वास्थ्य सर्वसुलभ, सस्तो, गुणस्तरीय तथा सेवामुखी हुनुपर्छ तर हामीकहाँ शिक्ष्Fा र स्वास्थ्य अति महँगो र गुणस्तरहीन भएकोले सरोकारवाला पूरै तनावमा देखिन्छन् । बिरामी नपाएका चिकित्सक बिरामीको आकर्षणप्रति तनावमा छन् भने हेर्न भ्याइनभ्याइ रहेका चिकित्सकहरूले तिर्नुपर्ने कर नतिरेर तनावमा हिंडिरहेका छन् । यस्तोमा सत्तरी–असी लाख खर्च गरेर बनेका चिकित्सक तथा करोडौं लगानी गरेका सञ्चालकहरू कसरी बिरामीको ढाड सेक्ने र लगानी निकाल्ने तनावमा देखिन्छन् । फलस्वरूप प्रत्येक दिन अस्पतालहरूमा सञ्चालक पक्ष, चिकित्सक तथा बिरामीबीच तनाव बढ्दै गएको देखिन्छ ।
मुलुकमा राजनीतिकरूपमा व्यवस्था फेरिएको छ । नयाँ संविधान जारी गरिएको छ । जनतालाई मालिक बनाइएको छ । तर यी कुराहरू व्यवहारमा अभैm कतै पनि अनुभूति हुन सकिरहेको छैन । जनताको करबाट पालिएका नोकरहरू कुर्सी हात पार्ने बित्तिकै सम्बन्धित निकायलाई आप्mनो निजी घरजस्तो ठान्ने र कार्यरत अन्य सहयोगी मातहतका कर्मचारीहरूलाई घरको नोकरचाकर, हली, गोठालो जत्तिकै व्यवहार गर्ने प्रवृत्ति अभैm जस्ताको त्यस्तै छँदैछ । यसले गर्दा अनावश्यकरूपमा सरोकारवाला सम्पूर्ण व्यक्ति तनावको अनुभूति गर्न बाध्य हुने गर्छन् । एउटा कार्यालयको प्रमुख भनेको त्यस कार्यालयमा काम गर्ने सम्पूर्ण तहका कर्मचारीको बीचको पैmसिलेटर मात्रै हुन् । उनी पनि एक कर्मचारी नै हुन् । फरक यति मात्र हो कि उनलाई तलब सुविधालगायत प्रदान गर्न सहजकर्ताको भूमिकामा थप जिम्मेवारी दिइएको छ तर यस यथार्थलाई कार्यालय प्रमुखहरूले आत्मसात् गर्न सकेको देखिंदैन बरु निजले सामान्य कुराहरूमा पनि अन्य कर्मचारीहरूलाई थोरै मात्र विवाद हुँदा वा निजको चित्त नबुभ्mदा प्रायः भन्ने गर्छन्– आप्mनो औकातमा रहनुस् । तपाईंहरू मेरो मातहतका कर्मचारी हुनुहुन्छ । मैले भनेको मान्नुपर्छ । मानौं निजको व्यक्तिगतरूपमा घरायसी मामिला छ र कर्मचारीहरू घरका नोकर हुन् । हो, यही मानसिकताले गर्दा सबैको जीवन तनावमा बितिरहेको छ ।
देशले पहिलोचोटि नयाँ संविधान अनुसार सबै तहको चुनाव सम्पन्न गरेको छ । पहिलोचोटि नै झन्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार पनि गठन भएको छ । २०२८ सालमा झापामा गरेको सशस्त्र विद्रोह तथा २०५२ देखि २०७२ सालसम्म गरेको जनयुद्धका मुख्य पार्टीहरू तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै यतिबेला सरकार छ । जनताको यो सरकारसँग निकै अपेक्षा पनि रहेको छ । वर्षौंसम्म भूमिगत हुँदा बाँडेको आश्वासन तथा चुनावताका दिएको खुला भाषण कार्यान्वयन गर्ने बेला पनि यही हो । यसर्थ जनताले मुलुकका नेताहरूले भनेजस्तै समृद्धि र विकास अब होस् भन्ने चाहन्छ तर सरकार दुई तिहाइको दम्भ प्रदर्शन गर्नमैं लागेको देखिन्छ । काम कम कुरा बढी गर्ने हिजोको प्रतिपक्षीय चरित्रबाट आज सत्तामा पुगिसक्दा पनि एमाले माओवादीका नेताहरूको आचरणमा सुधार आएको देखिंदैन ।
नेपाली राजनीतिको लामो कालखण्ड सत्ताको तरमा रजगज गरेको नेपाली काङ्ग्रेसलाई यतिबेला डा. गोविन्द केसीको माग ‘के निहुँ पाउ कनिका केलाउँ’जस्तै हुन गएको छ । आप्mनै सरकारको पालामा सातचोटि अनशन बस्दा माग पूरा नगर्ने काङ्ग्रेस यतिबेला यसै निहुँमा गुमेको राजनीतिक छवि फर्काउने दाउमा लागेको हुनाले यतिखेर नेपाली काङ्ग्रेसका कार्यकर्ता खासगरी भ्रातृ सङ्गठनका कार्यकर्ताहरू नेपाल प्रहरीको डण्डाको शिकार भई तनावमा रहेका देखिन्छन् । उता दुई तिहाइ बहुमतका साथ गद्दीमा आसीन हुन पुगेका कामरेडहरू माथेमा आयोगको प्रतिवेदनको किचलो थामिनसक्नुको तनावमा रहेका छन् । डा. केसीको समर्थनमा बढ्दै गएको सडकको भीडलाई सरकारविरुद्धको सुनौलो मौका ठान्ने नेपाली काङ्ग्रेसले एकपछि अर्को आन्दोेलनका कार्यक्रम धमाधम घोषणा गर्दैछ भने अर्कोतर्पm दुई तिहाइको बहुमत रहेकोले हामीलाई कसले छुन सक्छ भन्ने दम्भको प्रत्यक्ष अनुभूति सबैले गर्न पाएका छन् ।
हिजोसम्म चुनावमा नेताहरूले मागे जति रकम सहयोग गर्ने, पार्टीहरूलाई चन्दा सहयोग दिएर नेतालाई रिझाएर टिकट किनेका र करोडौं रुपैयाँ खर्च गरेर चुनाव जितेका माफियाहरू तथा चुनाव हारेका माफियाहरू दुवैथरी यतिबेला तनावमा रहेका देखिन्छन् । जित्नेहरूले सरकारमाथि नैतिकरूपमा दबाब बढाएर आप्mनो अनुकूलका काम कारबाई गर्न गराउन सफल भएपनि चर्को विरोधका कारण सरकार पछि हट्न बाध्य हुने अवस्थाले माफियाहरूसमेत ठूलो तनावको अवस्थाबाट अगाडि बढिरहेको अनुभूति सबैले गरिरहेका छन् ।
एउटा सरकार जोसँग दुई तिहाइ बहुमत छ तर पनि ऊ तनावमा छ । चोरको खुट्टा काट भन्दा चोरले पहिले नै खुट्टा झिकेको अवस्था वर्तमान सरकारले प्रदर्शन गरिरहेको छ । जनताका अपेक्ष्Fाहरू, हिजो चुनावताका चुनावी घोषणापत्रमा लेखिएका प्रतिबद्धता तथा खुलारूपमा जनताको घरआँगनमा गएर चुनावी भाषणहरूमा बोलेका कुराहरू स्मरण गर्ने, त्यसलाई कार्यान्वयन गर्ने, योजना बनाउने कार्य सरकारको सूचीमैं अहिले देखिंदैन । जुन कार्यले सरकारलाई दिगोपन दिन्छ, त्यो सरकारी प्राथमिकतामा नै छैन तर जुन कार्यबाट सरकारप्रति अविश्वास बढ्छ, सरकार अहिले त्यसतर्पm अग्रसर रहेको देखिन्छ । अहिलेको समय आपूmले कबोल गरेका वचनहरू पूरा गर्न लाग्नुपर्ने हो । जनता बेरोजगारी, महँगी, विभेद तथा अन्यायमा परेको छ । जनतालाई राहत चाहिएको छ । रेल र पानीजहाजभन्दा पनि जनतालाई सुशासन, रोजगार र न्यायको अनुभूति दिन जरुरी छ ।
सरकारले कार्यकर्तालाई सहयोग तथा सरकारी कर्मचारी विदेश भ्रमणमा पाँच महिनाभित्र दुई अर्बभन्दा बढी रुपैयाँ खर्चिनु देशको लागि ठूलो तनावको कुरा हुन पुगेको छ । व्यापारीहरूलाई ग्राहक नआएर व्यापार चौपट भएको तनाव छ भने उपभोक्ताहरूलाई आकाशिंदो महँगीले अत्यधिक तनाव उत्पन्न गरेको छ । सरकारमा गएकाहरू कसरी टिकिरहने भन्ने तनावमा देखिन्छन् भने प्रतिपक्षमा रहेकाहरू डा. केसीको तातेको ताप्केमा आप्mनो रोटी कसरी छिटोभन्दा छिटो सेकेर खाइहाल्ने भन्ने तनावमा देखिन्छन् । मपाईंवादको अन्त्य हुन जरुरी छ । सर्वसत्तावाद तथा माफिया पोस्ने नीति परित्याग गरी जनहितमा समर्पित धारणा सरोकारवाला सबैले ल्याउन जरुरी छ । सत्तामा पुगेकाहरू जनताका मालिक होइनन्, नोकर हुन् भन्ने बोध हुन जरुरी छ । अनिमात्र जनता तनावमुक्त भएर आप्mनो कर्तव्यपथमा लाग्नेछ र मुलुकले अपेक्षित विकासको लक्ष्य प्राप्त गर्नेछ ।