बूढा पुरानाहरू आप्mनो थलो छाड्नुहुँदैन भन्दथे । किनभने थलोमा थिति बसेको हुन्थ्यो । तर प्रारब्ध प्रतिकूल भयो भने थातथलो पनि छोड्नुपर्छ । नेपालको राजनीतिमा त्यस्तै भएको छ । राजनीतिमा निरन्तर परिवर्तनले शासन व्यवस्थामा अन्योल ल्याइदिएको छ । राजनीतिको अन्तिम परिणतिले अधिकार प्राप्तिको असङ्ख्य द्वार खोलिदिएको छ । तर कुन द्वार भएर जाने भन्ने अन्योल उत्पन्न भएको छ । यसलाई शासन व्यवस्थामा आन्तरिक सङ्क्रमणको रूपमा हेर्नुपर्छ । पुरानो थातथलोमा मानिसको आचारविचार, रहनसहन, क्ष्Fमता तथा वस्तुको प्राप्यताको सम्भवना निर्दिष्ट हुन्छ । नयाँमा ती सबैको जोहो गर्नुपर्छ । पुरानोको दायित्वको भारी हुन्छ भने नयाँमा अधिकारको प्रशस्ति । नयाँको अधिकारले दायित्वलाई एक छिनका लागि बिर्साइदिन्छ । यहींबाट सङ्क्रमण शुरु हुन्छ । यो ठूलो सङ्क्रमण होइन, समयक्रममा आफैं छुट्टिंदै जान्छ, तर लामो समय लियो भने राज्यमा थरीथरीको किचिलो उत्पन्न हुन थाल्छ । त्यसैले राजनेताहरूले यसको त्वरित समाधान खोज्नुपर्छ । समानता र समावेशिताको आधारमा सबैलाई अधिकार र दायित्वको बोध गराइदिंदा यसले समस्याको रूप लिन पाउँदैन ।
अहिले हामीले पुराना राजनैतिक व्यवस्था छाडेर सङ्घीयतातर्फ पहिलो पाइला उचालेका छौं । स्वाभाविकरूपमा सङ्घीयताले सबैलाई अधिकार दिएको छ । तीन तहका सरकारहरूलाई बढी अधिकार दिएको छ । तर जनता पनि अधिकारबाट वञ्चित छैन । अहिले आन्तरिक सङ्क्रमण भनेको सरकार–सरकार र सरकार–जनताबीचको अधिकारको फछ्र्योट हुनका लागि भइरहेको छ । सरकारहरूले जथाभावी कर लगाएर जनतालाई त्रस्त पारेका छन् । केन्द्रले प्रदेशमाथि अंकुश लगाउने व्यूहरचना गर्न थालेको छ, स्थानीय तह आफैं समग्रमा सरकारको अवधारणा लिएर हिंडिरहेको छ । प्रदेश सरकारको अवस्था भने दयनीय देखिएको छ । ऊ आपूmलाई सरकार त ठान्दछ तर सङ्घीय र स्थानीय सरकारहरूबीच चेपिएको छ । यी तीन तहबीच खुकुलो सम्बन्ध स्थापना हुनु अहिले टडकारो देखिएको छ । त्यसैले गर्दा सङ्घ सरकारले गर्ने, प्रदेश सरकारले नगर्ने विरोधाभास देखिन थालेको छ । यस द्विविधामा स्थानीय सरकारमा न सङ्घ, न प्रदेश सरकार कसैको आँखा पुग्न सकेको छ, स्थानीय तह हैकमवादी बन्ने जोखिम देखिन थालेको छ ।
हैकमवादी जोखिमले स्थानीय तहमा भ्रष्टाचारको बाढी ल्याउँछ । त्यसको छनक अहिले नै देखिन थालिसक्यो । ‘असारे विकास’ र ‘काम लेऊ दाम देऊ’ को पुरानो संस्कार पहिलेभन्दा पनि दृढ भएर उभिन थाल्यो । भनिन्छ, सजातीयलाई जोगाएर विजातीयलाई मार्न प्रयोग गरिने रसायनले विजातीय लाई त न्यून गर्छ, सजातीयलाई भने सखाप नै पार्छ । बरु विजातीयको बढी इम्युन शक्तिका साथ अभ्युदय हुन्छ । यो वैज्ञानिक सत्य हो । मानव जातिले क्ष्Fयरोग, मलेरिया आदि रोगमा यसको प्रत्यक्ष्Fीकरण गरिसकेको छ । अधिकारको यस रसायनले देशको भ्रष्टीकरणमा विराम लगाउन सकेको देखिएन, अनियमितता र भ्रष्टाचार भने इम्युन शक्ति पाएर झाङ्गिदै गरेको प्रस्ट देखियो । आज सङ्घीयता अन्तर्गतको पहिलो चरणमा अवस्था यस्तो देखिएको छ भने यसको समयमैं उपचार भएन भने देश कहाँ पुग्ला, गाउँ–घरको विकासको सपनाको के हाल होला ? कसैको पनि कल्पनाले भ्याउन सक्ने छैन ।