डा. बासुदेवलाल दास, पीएच.डी.
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज
भौगोलिक दृष्टिकोणले विचार गर्दा प्राचीनकालमा विदेह, तीरभुक्ति (तिरहुत) अथवा मिथिला इत्यादि संज्ञाद्वारा अभिहित क्षेत्रको रूपमा विख्यात रहेको भूभाग वर्तमान समयमा नेपाल र भारत गरी दुई सार्वभौम राष्ट्रका भूमिको रूपमा विद्यमान रहेको छ । यस भूभागमा निवास गर्ने मानिसहरूको राजनीतिक पहिचान दुई देशका नागरिकको रूपमा रहे तापनि सामाजिक एवं सांस्कृतिक पहिचान र क्रियाकलापहरू समान नै रहेका छन् । जसको श्रेय, भनिन्छ कि, यस क्षेत्रको ऐतिहासिक भूगोललाई जान्छ ।
यस प्रकार, यस क्षेत्रको ऐतिहासिक भूगोलबारे चर्चा गर्दा यसको भौगोलिक सिमानाको सम्बन्धमा उल्लेख गर्नुपर्ने हुन्छ, जसका लागि यस भूभागको प्राचीनकालको इतिहासको जानकारी आवश्यक हुन्छ । यस सन्दर्भमा यस क्षेत्रको प्राचीन नाम विदेह रहेको कुरा विभिन्न स्रोतहरूबाट जानकारी पाइन्छ । यस क्षेत्रमा आर्यहरूको सर्वप्रथम सम्पर्क भएको भूभाग विदेह नै थियो । विश्व साहित्यको सर्वप्राचीन रचना मानिएको ऋग्वेदमा विदेह शब्दको स्पष्ट उल्लेख नभए तापनि वैदिक वाङ्मय अन्तर्गत मानिने ब्राह्मणग्रन्थमध्येको एउटा शतपथब्राह्मण ग्रन्थमा भने विदेह देशको विषयमा प्रकारान्तरले उल्लेख भएको पाइन्छ । यस ग्रन्थमा गरिएको वर्णन अनुसार विदेघ माथव आप्mना पुरोहित गौतम रहुगण एवं अग्नि वैश्वानरका साथ सरस्वती नदी तटदेखि प्रस्थान गरी सदानीरा नदीसम्म पुगेका तथा सदानीरा नदीलाई पार गरी त्यसभन्दा पूर्वतर्पmको प्रदेशमा बसोबास स्थापित गरेका थिए । गौतम रहुगणको उल्लेख ऋग्वेदमा पाइन्छ, अतः यो घटना ऋग्वेदकालीन हुनसक्ने बुझिन्छ । अर्थात्, यस भूभागमा आर्यहरूको बसोबास त्यसै समयदेखि हुन गएको थियो । आर्यहरूको सभ्यतालाई यस भूभागमा प्रसार गर्ने अभियानमा विदेघ माथव नाइके थिए, अतः उनकै नामबाट यस भूभागलाई विदेह भन्न थालिएको भनिन्छ । उपर्युक्त सदानीरा नदी भनेको वर्तमान नेपालको नारायणी नदीलाई मानिएको छ, जसको भारतीय क्षेत्रमा गण्डक नाम रहेको छ । यस नदीलाई शालिग्रामी पनि भनिन्छ, किनकि यस नदीमा शालिग्राम भनिने कालो ढुङ्गा पाइन्छ, जसलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । यो नदी भारतको विहार राज्यमा पटनानिकट गङ्गा नदीमा समाहित हुन्छ । यस प्रकार विदेह भनिने भूभाग सदानीरा (नारायणी वा गण्डक) नदीदेखि पूर्वतर्पmको प्रदेश भएकोले विदेहको पश्चिमी सिमाना प्राचीनकालदेखि नै यो नदी नै रहेको तथ्य स्पष्ट हुन्छ । सदानीरा नदीको विषयमा शतपथब्राह्मण ग्रन्थमा यो नदी उत्तर हिमालयबाट निस्केर प्रवाहित हुँदै कोशल र विदेहको भूभागको बीच सिमाना बनाउँदै बगेको उल्लेख भएको छ ।
विदेहको भूभागको सिमानालाई स्पष्ट पार्ने स्रोतको रूपमा लिइने गरिएको अर्को ग्रन्थ हो शक्तिसङ्गमतन्त्र । यस ग्रन्थको तेस्रो खण्डको सातौं पटल अन्तर्गत षट्पञ्चाशद्देशविभाग भनेर छप्पन्नवटा देशहरूको विषयमा उल्लेख गरिएको छ । यी देशहरू भारतवर्ष अन्तर्गतका रहेका छन् । भारतवर्ष भनेको जम्बूद्वीप अन्तर्गतको एउटा वर्ष थियो । ‘सप्त–द्वीप–वसुमती’ भन्ने प्राचीन भौगोलिक अवधारणा अनुसार पृथ्वीलाई सात द्वीप (भाग)मा विभाजन गर्दा त्यसमध्येको एउटा द्वीप भनेको जम्बूद्वीप थियो । यस जम्बूद्वीप अन्तर्गतको भूभागलाई मेरूवर्ष वा इलाव्रतवर्ष, भारतवर्ष, किम्पुरुषवर्ष, हरिवर्ष, रम्यकवर्ष, हिरण्मयवर्ष, कुरुवर्ष, भद्राश्ववर्ष र केतुमालवर्ष गरी नौवटा वर्षहरूमा विभाजन गरिएको थियो । यस सन्दर्भमा भनिन्छ कि प्रारम्भमा जम्बूद्वीपलाई सातवटा वर्षहरूमा मात्र विभाजन गरिएको थियो । यिनमा अन्तिम दुई भद्राश्व र केतुमाल वर्षहरूको नाम परवर्ती समयमा जोडिएको थियो । यस तथ्यको पुष्टि जैन लेखकहरूका लेखबाट पनि हुन्छ । उपर्युक्त षट्पञ्चाशद्देशविभाग अन्तर्गत वर्णनमा परेका छपन्नवटा देशहरूमा नेपाल र विदेहको नाम उल्लिखित रहेको छ । यस प्रकार विदेहको उत्तरी सिमानाको रूपमा नेपालको क्षेत्रलाई मान्न सकिने आधार देखिन्छ । यस सन्दर्भमा तत्कालीन समयको नेपाल नामले अभिहित भूक्षेत्रको परिधि भने स्पष्ट बुझिएको छैन । यस षट्पञ्चाशद्देशविभाग रचनाको सत्ताइसौं श्लोकमा विदेहको उल्लेख रहेको छ । यसमा विदेह देशलाई तैरभुक्ति वा तीरभुक्ति पनि भनिएको छ । यसको सिमानाबारे उल्लेख गर्दै यस देशलाई गण्डकी तीरदेखि आरम्भ गरी चम्प–अरण्यको अन्त्यसम्म रहेको भनिएको छ । यस सम्बन्धमा दिनेशचन्द्र सरकारको अभिमत रहेको छ कि गण्डकी तीर भनेर यहाँ जुन विचार व्यक्त गरिएको छ, त्यो विदेहको दक्षिणी सिमाना हुन सक्छ, किनकि गण्डक नदी गङ्गामा मिसिने स्थान विदेहको दक्षिणी सिमाना मान्न सकिन्छ । अर्कोतिर उनको विचारमा चम्प–अरण्य भनेको आधुनिक चम्पारण हो, जुन विदेहको उत्तरी सिमाना रहेको थियो । उनले यस कुरालाई अझ स्पष्ट पार्दै भनेका छन् कि उपर्युक्त दक्षिणी र उत्तरी सिमाना क्षेत्रभित्रका भूभाग अहिले पनि भारतको विहार राज्य अन्तर्गतको एउटा प्रशासनिक एकाइको रूपमा रहेको छ, जसको नाम पनि तिरहुत–प्रमण्डल नै राखिएको छ । परन्तु, केही अन्य विद्वानहरूको विचारमा, चम्पाको अरण्य प्रदेश भनेपछि चम्पारणको बोध हुँदैन । चम्पा नगरी अङ्ग देशको राजधानी थियो । प्राचीन अङ्ग देशलाई अहिलेको भारतको विहार राज्यको भागलपुर र मुंगेर जिल्लाहरूका क्षेत्र भएको मानिन्छ । उपर्युक्त शक्तिसङ्गमतन्त्र ग्रन्थ अन्तर्गतको एउटा अध्यायको रूपमा रहेको षट्पञ्चाशद्देशविभाग शीर्षक पाठमा वर्णित चम्पारण्य शब्द अर्थात् चम्पाको अरण्य प्रदेश भन्ने अभिव्यक्तिबाट यसै चम्पा नगरीको अरण्य अर्थात् जङ्गली भूभागको बोध हुन्छ, जुन गङ्गाको उत्तरमा तथा कोशी नदीको पश्चिमी भागमा नेपालको तराई क्षेत्रसम्म पैmलिएको थियो । यसबाट स्पष्ट हुन्छ कि विदेहको भूभाग पूर्वमा चम्पारण्यको अन्त्य भाग पर्यन्तसम्म रहेको थियो । वर्तमान विहार राज्यको मधेपुरा जिल्लामा पर्ने सिंघेश्वर थाना क्षेत्र अन्तर्गतको शङ्करपुर नामक गाउँमा चम्पावती नाम भएको देवीको मूर्ति स्थापित रहेको छ, जसबाट यो क्षेत्रसमेत प्राचीनकालमा चम्पारण्यको सिमानाभित्र नै रहेको स्पष्ट हुन्छ । त्यस कालमा कोशी नदी यस क्षेत्रभन्दा पूर्वतिर प्रवाहित रहेको थियो । प्राचीनकालमा कोशी नदीको प्रवाह अहिलेको भन्दा निकै पूर्वी भागमा रहेको तथा यसको धारा महानन्दा नदीको प्रवाहमा समाहित हुने गरेको उल्लेखसमेत पाइन्छ । यस्तै, एउटा अर्को स्रोतमा कोशीको प्राचीन प्रवाहपथ बङ्गालको भूभागमा रहेको एवं ब्रह्मपुत्र नदीसित सङ्गम गर्ने गरेको विषयको उल्लेखसमेत पाइन्छ ।
विदेह अथवा मिथिला अथवा तीरभुक्ति (तिरहुत)को भौगोलिक सिमानाको सम्बन्धमा सबभन्दा बढी प्रचलित मान्यता भनेको बृहद्विष्णुपुराण ग्रन्थको मिथिला–माहात्म्य खण्डमा वर्णित श्लोकको आधारमा निर्धारित गरिएको सिमाना विषयक नै हो । यस ग्रन्थमा परासर र मैत्रेयको बीचमा संवादको रूपमा वर्णन गरिएको छ कि उत्तरमा हिमालयदेखि दक्षिणमा गङ्गा नदीसम्म तथा पश्चिममा गण्डकी नदीदेखि पूर्वमा कोशी नदीसम्मको क्षेत्र तीरभुक्ति हो । यस देशको पूर्व–पश्चिम लम्बाइ २४ योजन अर्थात् ९६ कोस तथा उत्तर–दक्षिण चौडाइ १६ योजन अर्थात् ६४ कोस रहेको थियो । यस भूभागमा मिथिला नामक नगरीको उल्लेख गरिएको छ, जसलाई विदेहको राजधानी मानिएको थियो ।
बृहद्विष्णुपुराण ग्रन्थलाई पाँचौं शताब्दी ईसवीयपश्चात्को मान्ने गरिएको पाइन्छ । यस ग्रन्थमा यस क्षेत्रमा प्रवाहित नदीहरूको विवरण पाइन्छ, जसमा कौशिकी, कमला, विल्ववती, यमुना, भूपसी, गैरिका, जलाधिका, दुग्धवती, व्याघ्रमती, विरजा, मण्डना, इच्छामती, लक्ष्मणा, वाग्वती, गण्डकी गरी पन्ध्रवटा नदीका नाम उल्लिखित छन् । यस्तै, त्रियुगा, कमला, गण्डकी, अधिवारिणी, धूम्रा, घोषवती, वनघोषा, लक्ष्मणा र कौशिकी गरी यी नौवटा नदीहरूलाई जनकतनया सीताकी सखीस्वरूप रहेको भनिन्छ । यी सबै नदीहरू मिथिला क्षेत्रमा प्रवाहित रहेका छन् । यस प्रकार, अनेक नदी–तट वा तीरहरूले आवेष्टित यस भूभागको तीरभुक्ति अथवा तिरहुत नाम चरितार्थ हुन आउँछ । भनिन्छ कि भारतीय इतिहासको गुप्तकाल अर्थात् ईसवीय सन्को चौथो शताब्दीदेखिका प्राप्त अनेक सामग्रीहरूको अध्ययनको आधारमा इतिहासकारहरूले स्वीकार गरेका छन् कि महानन्दा नदीदेखि पश्चिम तथा गण्डकी नदीदेखि पूर्वका समस्त उत्तर विहारको प्रदेशलाई तीरभुक्ति भन्ने गरिन्थ्यो । यस सन्दर्भमा विहार राज्यको सहरसा जिल्लामा पर्ने बनगाँव नामक स्थानबाट प्राप्त ताम्रपत्र अभिलेख महŒवपूर्ण रहेको छ । ईसाको १२औं शताब्दीको यो अभिलेखमा तीरभुक्ति अन्तर्गत हर्देय नामक ‘विषय’ रहेको उल्लेख गरिएको छ । त्यस समयमा विषय भनेको अहिलेको जिल्ला जस्तै एउटा प्रशासनिक एकाइको रूपमा रहेको हुन्थ्यो । यस अभिलेखको आधारमा यो स्पष्ट हुन्छ कि तीरभुक्ति (तिरहुत)को पूर्वी सिमाना अहिलेको विहार राज्यको सहरसा जिल्लाको क्षेत्रसम्म रहेको थियो । हर्देयलाई वर्तमान हरदी नामक स्थानको रूपमा मानिएको छ, जुन स्थान पहिलेको सहरसा जिल्लाको सुपौल थाना अन्तर्गत पर्दथ्यो तथा अहिले सुपौल जिल्लामा पर्दछ ।
इतिहासको कालखण्डमा राजनीतिक शक्तिको उत्थान र पतनले गर्दा देशको भूगोल अर्थात् भौगोलिक सिमाना परिवर्तित हुँदै रहने कुरो हो । मिथिला क्षेत्रको राजनीतिक इतिहासमा पनि यस्ता अनेक परिवर्तनहरू भएका छन् । तथापि यस क्षेत्रको एउटा विशिष्ट सांस्कृतिक स्वरूप रहेको छ, जुन अविच्छिन्नरूपबाट प्राचीनकालदेखि आधुनिककालसम्म विद्यमान रहेको देखिन्छ । यसबाट यस भूभागको भौगोलिक सिमानाको स्पष्ट आभास पाइन्छ । यस प्रकार, प्राचीनकालको मिथिलाको भूभाग अन्तर्गत वर्तमान भारतको विहार राज्यका पूर्वी चम्पारण, पश्चिमी चम्पारण, मुजप्mफरपुर, वैशाली, शिवहर, सीतामढी, मधुबनी, दरभङ्गा, समस्तीपुर, बेगुसराय, सुपौल, मधेपुरा, सहरसा, खगडिया, पूर्णिया, अररिया जिल्लाहरूका क्षेत्रका साथै भागलपुर जिल्लाको गङ्गा नदीदेखि उत्तरमा पर्ने भूभाग एवं कटिहार जिल्लाको पश्चिमी भागको क्षेत्रसमेत पर्ने देखिन्छ । यसैगरी, वर्तमान नेपालको नारायणी नदीदेखि पूर्वका एवं कोशी नदीदेखि पश्चिमका भूभाग तथा उत्तरमा हिमालय शृङ्खलादेखि दक्षिणमा भारतीय सिमानासम्मका तराईको भूभागसमेत प्राचीन मिथिलाञ्चलको भौगोलिक सिमानाभित्र आउने देखिन्छ ।