भारत सरकारले बनाएको पुल, जसलाई नेपाल–भारतको भूसन्धिको प्रतीकस्वरूप मितेरी पुल भनिएको छ, अहिले जीर्ण अवस्थामा पुगेको छ । जीर्ण अवस्थामा पुग्नुको अर्थ हो, समयमा त्यसको मरम्मतसम्भार भइरहेको छैन वा पुलको क्ष्Fमताभन्दा बढी सवारी साधनहरूको आवतजावत छ । भारत सरकारको लगानीमा बनेको हुँदा गुणस्तरमा कमी भयो भन्न मिल्दैन । तर अहिले पुल बाह्यरूपमा जर्जर अवस्थामा पुगेको छ । कतिसम्म भने पुलमाथि नै ठूल्ठूलो भ्वाङ परेर गाडीहरू त्यसमा फस्ने गरेको छ । यस्तै एउटा भ्वाङमा भर्खरै त्यसमा एउटा एम्बुलेन्स अडकिएको थियो । एम्बुलेन्स वीरगंजबाट बिरामी लिएर रक्सौल जाँदै थियो । मानिसहरूको उपस्थिति भएको बेला यो घटना भएकोले विभिन्न उपायले एम्बुलेन्स झिकियो । यदि यो घटना राति भएको भए, बिरामी अलपत्र पर्ने निश्चित थियो । रातिकै कुरा किन गर्ने, दिउँसै पनि आपत्कालीन बिरामी लिएर तत्काल अस्पताल पु¥याउन नसक्दा जोखिम हुने अवस्था रहेको भए के हुन्थ्यो ? सहज अनुमान लगाउन सकिन्छ । किनकि वीरगंजको चाला त सबैलाई थाहा छ, बिरामीबाट सकुन्जेल पैसा धुत्यो र बिमारी नियन्त्रणबाहिर गयो कि बाहिरी अस्पताललाई रेफर गरिदियो ।
यो एउटा पक्ष्F हो संवेदनशीलताको । संवेदनशील बिरामी मात्र हुँदैन । यताका मानिस रेलबाट बाहिर जान लागेका होऊन्, उताका मानिस हवाई चढेर काठमाडौं जान लागेका होऊन्, कसैलाई अन्यत्र केही आवश्यक कामका लागि समयमा पुग्नुपर्ने अनिवार्यता होस् र उसको गाडी यस्तो भ्वाङमा फसिदेओस् । यसैपनि दिनको समयमा त्यस पुलमा यातायातको यस्तो चाप हुन्छ कि पैदल मानिसलाई पनि पुल पार गर्न धौधौ पर्छ । त्यस्तोमा गाडीहरूको के दशा हुन्छ सहजै कल्पना गर्न सकिन्छ । त्यसपछि एउटा अर्को संवेदनशील पक्षमा पनि विचार पु¥याऔं । त्यो हो दुई देशबीचको सम्बन्ध । पुल मरम्मतको अभावमा असमय भत्कियो भने तत्कालका लागि निर्माण गर्ने मुलुकको बदनामी होला । यसबाट नेपाल पनि अछूतो रहन सक्दैन । कसैले सहानुभूतिपूर्वक बनाइदिएको संरचनाको स्याहार गर्न सकिएन भनेर । त्यसभन्दा पनि ठूलो तर व्यावहारिक अप्ठ्यारोस भारतका मानिस केही दिन के, महिना पनि नेपाल आउन पाएनन् भने बितिहाल्ने केही छैन, तर नेपालका मानिसलाई त भारत नगई धरै हुँदैन । पुल भत्क्यो भने मधेस आन्दोलनताका भएको नाकाबन्दी स्वतः लागू हुन्छ । नाकाबन्दीका बेला कसले सास्ती बेहोरेको थियो, के भनिरहनुपर्छ ।
दुई देशबीच कुनै संरचना निर्माण हुन्छ भने त्यसका लागि सम्झौता भएको हुन्छ । संरचनाको सुरक्षा कसले गर्ने, समयमा मरम्मतसम्भार कसले गर्ने । किनकि पुलबाट नेपाललाई बढी फाइदा लिनुछ, यसर्थ यसमा नेपालको सरोकार बढी देखिन्छ । सामान ढुवानीका लागि होस् वा नेपालीहरूको भारत यात्राका लागि होस् । तर नेपालीकोे सबभन्दा ठूलो अवगुण भनेको आपूmले गर्न नसक्ने र अरूले गरिदिएको कामको संरक्ष्Fण पनि गर्न नसक्ने । होला पुलको रेखदेख र सुरक्षा एवं मरम्मत सम्भार भारतको जिम्मा, तर नेपालीले अभावमा बस्ने कि अघि सरेर मरम्मत–सम्भार गर्ने ? कसैलाई हामीमाथि दया लाग्ला र उसले हाम्रो कष्ट निवारण गरिदेला भनेर हातमा हात राखेर बस्नुभन्दा हामी आफैंले पनि जाँगर चलाउन सिक्नुपर्छ ।