श्रीमद्गद्गीता (कर्मसंन्यासयोग)
उमाशङ्कर द्विवेदी
अर्जुनले भने– “श्रीकृष्ण, तपाईंले कर्महरूलाई संन्यासतिर अनि कर्मयोगको प्रशंसा गर्दै हुनुहुन्छ । त्यसैले यी दुईमध्ये एक जुन निश्चित गरिएको कल्याणकारक छ, त्यसको बारेमा मलाई भन्नुहोस् ।”
श्री भगवान्ले भने– “कर्मसंन्यासयोग र कर्मयोग–यी दुवै नै परम कल्याणकारक हुन् तर ती दुईमध्ये पनि कर्मसंन्यासबाट कर्मयोग साधनमा सुगम हुनुको कारण श्रेष्ठ हो । अर्जुन, जो पुरुष न कसैसित द्वेष गर्दछ र न कसैको आकाङ्क्षा गर्दछ, त्यो कर्मयोगी सदैव संन्यासी नै हो किनकि राग–द्वेष द्वन्द्वादिबाट रहित पुरुष सुखपूर्वक संसारबन्धनबाट मुक्त भइहाल्दछ । उपर्युक्त संन्यास र कर्मयोगलाई मूर्खहरूले पृथक–पृथक फल दिने खालको भन्दछन्, पण्डितहरूले त्यसो भन्दैनन् किनकि दुवैमध्ये एकमा पनि सम्यक प्रकारले स्थित पुरुष दुवैको फलको रूपमा परमात्मालाई प्राप्त भइहाल्दछ । ज्ञानयोगीहरूद्वारा जुन परमधाम प्राप्त गरिन्छ, कर्मयोगीहरूद्वारा पनि त्यही प्राप्त गरिन्छ । त्यसैले जो पुरुषले ज्ञानयोग र कर्मयोगलाई फलरूपमा एउटै देख्दछ, त्यसैले यथार्थलाई देख्दछ तर हे अर्जुन, कर्मयोगबिना संन्यास–मन, इन्द्रिय र शरीरद्वारा हुने सम्पूर्ण कर्महरूमा कर्तापनको त्याग प्राप्त हुन कठिन छ र भगवत्स्वरूपको मनन गर्ने कर्मयोगी परब्रह्म परमात्मालाई शीघ्र नै प्राप्त भइहाल्दछ । जसको मन आप्mनो वशमा छ, जो जितेन्द्रिय एवं विशुद्ध अन्तःकरणवाला छ र सम्पूर्ण प्राणीहरूको आत्मरूप परमात्मा नै जसको आत्मा हो, यस्तो कर्मयोगी कर्म गरिरहँदा पनि लिप्त हुँदैन । तŒवलाई जान्ने साङ्ख्ययोगी त हेरिरहँदा, सुनिरहँदा, स्पर्श गरिरहँदा, सँुघिरहँदा, भोजन गरिरहँदा, गमन गरिरहँदा, सुतिरहँदा, श्वास लिइरहँदा, बोलिरहँदा, त्याग गरिरहँदा, ग्रहण गरिरहँदा तथा आँखा खोलिरहँदा वा चिम्लिरहँदा, सबै इन्द्रियहरू आआप्mनो अर्थमा व्यवहार गरिरहँदा पनि मैले केही गरिरहेको छैन सोच्ने मानिस निस्सन्देह केही पनि गरिरहेको हुँदैन । जो पुरुष सबै कर्मलाई परमात्मालाई अर्पण गरेर र आसक्तिलाई त्यागेर कर्म गर्दछ, त्यो पुरुष जलमा कमलको पातभैंm पापबाट लिप्त हँुदैन । कर्मयोगी ममत्वबुद्धिरहित केवल इन्द्रिय, मन, बुद्धि र शरीरद्वारा पनि आसक्तिलाई त्यागेर अन्तःकरणको शुद्धिको लागि कर्म गर्दछ । कर्मयोगी कर्महरूको फललाई परमेश्वरलाई अर्पण गरेर भगवत्प्राप्तिरूपी शान्ति प्राप्त गर्दछ र सकाम पुरुष कामनाको प्रेरणाले फलमा आसक्त भएर बन्धनमा पर्दछ ।
अन्तःकरण जसको वशमा छ, यस्तो साङ्ख्ययोगको आचरण गर्ने मानिस नगरिरहँदा वा गराइरहँदा नै नवद्वारवाला सच्चिदानन्दघन परमात्माको स्वरूपमा स्थित रहन्छ । परमेश्वरले न त भूत्राणीहरूको कर्तापनलाई, न कर्मको फलको संयोगलाई नै वास्तवमा रचना गर्दछ, तर परमात्माको सकामबाट प्रकृतिले व्यवहार गर्दछ । सर्वव्यापी परमात्मा न कसैको पाप कर्मलाई र न कसैको शुभकर्मलाई नै ग्रहण गर्दछ । अज्ञानद्वारा ज्ञान ढाकिएको हुन्छ, त्यसैबाट जम्मै जीव मोहित भइरहेका हुन्छन् तर जसको त्यो अज्ञान परमात्माको ज्ञानद्वारा नष्ट पारिदिइएको छ, उसको त्यो ज्ञान सूर्यको सदृश सच्चिदानन्दघन परमात्मालाई प्रकाशित गरिदिन्छ । जसको मन तद्रूप छ, जसको बुद्धि तद्रूप छ र सच्चिदानन्दघन परमात्मामा नै जसको निरन्तर एकीभावबाट स्थित छ, यस्तो तत्परायण पुरुष ज्ञानद्वारापापरहित भएर अपुनरावृत्तिलाई प्राप्त हुन्छन् । ती ज्ञानीजन विद्या र विनययुक्त ब्राह्मणमा तथा गाई, हात्ती, कुकुर र चाण्डालमा पनि समदर्शी नै हुन्छन् । जसको मन सत्यभावमा स्थिर छ, उनीहरूद्वारा जीवित अवस्थामा नै सम्पूर्ण संसारलाई जितिसकिएको छ, किनकि सच्चिदानन्दघन परमात्मा निर्दोष र सम छन्, ती सच्चिदानन्दघन परमात्मामा नै स्थित छन् । जो पुरुष प्रियलाई प्राप्त गरेर पनि हर्षित हँुदैन र अप्रियलाई प्राप्त गरेर उद्विग्न हुँदैन, त्यो स्थिरबुद्धि संशयरहित ब्रह्मवेत्ता पुरुष सच्चिदानन्दघन परब्रह्म परमात्मामा एकीभावबाट नित्य स्थित छ ।
बाहिरी विषयहरूमा आसक्तिरहित अन्तःकरण भएको साधक आत्मामा स्थित जुन ध्यानजनित साŒिवक आनन्द छ, त्यसलाई प्राप्त गर्दछ, तदन्तर ऊ सच्चिदानन्दघन परब्रह्म परमात्माको ध्यानरूपी योगमा अभिन्नभावबाट स्थित पुरुष अक्षय आनन्दको अनुभव गर्दछ । यी इन्द्रिय तथा विषयहरूको संयोगबाट उत्पन्न हुने सबै भोग हुन्, यद्यपि विषयी पुरुषहरूलाई सुखभैंm आभास भएपनि दुःखकै हेतु र आदि अन्तवाला हुन् । त्यसैले हे अर्जुन, बुद्धिमान् र विवेकी पुरुष त्यसमा रमाउँदैन । जो साधक यस मनुष्य शरीरमा, शरीरको नाश हुनुभन्दा पहिले नै काम–क्रोधबाट उत्पन्न हुने वेगलाई सहन गर्नमा समर्थ भइहाल्दछ, त्यही पुरुष योगी हो र त्यही सुखी हो । जुन पुरुष निश्चयपूर्वक अन्तरात्मामा नै सुखवाला छ, आत्मामा नै रमण गर्ने खालको हुन्छ तथा आत्मामा नै ज्ञानवाला छ, ऊ सच्चिदानन्दघन परमब्रह्म परमात्माको साथ एकीभावलाई प्राप्त साङ्ख्ययोगी शान्त ब्रह्मलाई प्राप्त भइहाल्दछ । जसको समस्त पाप नष्ट भइसकेको छ, जसको सबै संशय ज्ञानद्वारा निवृत्त भइसकेको छ, जो सम्पूर्ण प्राणीको हितमा रत छ र जसको मन निश्चल भावले परमात्मामा स्थित छ, ती ब्रह्मवेत्ता पुरुष शान्त ब्रह्मलाई प्राप्त हुन्छन् । काम–क्रोधबाट रहित, परब्रह्म परमात्माको साक्षात्कार गरेका ज्ञानी पुरुषको लागि चारैतिरबाट शान्त परब्रह्म परमात्मा नै परिपूर्ण छन् । बाहिरी विषयभोगहरूको चिन्तन नगरिरहेका, बाहिर पारेर र नेत्रको दृष्टिलाई भृकुटीको बीचमा स्थित गरेर तथा नासिकामा विचरण गरिरहने प्राण र अपान वायुलाई सम पारेर, जसको इन्द्रियहरू, मन र बुद्धि विजित भएको छ–यस्तो जो मोक्षपरायणमुनि इच्छा, भय र क्रोधबाट रहित भइसकेको छ–त्यो सधैं मुक्त नै छ । मेरा भक्तहरू मलाई सबै यज्ञ र तपहरूलाई भोग गर्नेवाला, सम्पूर्ण लोकहरूको ईश्वरको पनि ईश्वर तथा सम्पूर्ण भूतप्राणीहरूको सुह्द अर्थात् स्वार्थरहित, दयालु र प्रेमी–यस्तो तŒवबाट जानेर शान्ति प्राप्त गर्दछन् । क्रमशः...