सञ्जय मित्र
कृष्णको नाम जहिले पनि राधासित जोडिन्छ । राधा कृष्णको बाल्यकालको साथी थिइन् । ११ वर्षको उमेरमा राधासित दुई दिनपछि फर्केर आउँछु भनेर गएका कृष्ण कहिल्यै फर्केर आएनन् । ८० वर्षपछि झन्डै ९१ वर्षको उमेरमा कृष्ण भएकै ठाउँमा राधा पुगेकी थिइन् । त्यतिखेर महाभारत युद्ध सिद्धिसकेको थियो । महाभारत युद्ध सकिएको केही समयपछि युद्धभूमिको भयङ्कर अवस्थालाई देखेर कृष्ण विह्वल र विक्षिप्त बनेका थिए ।
कृष्णलाई राधाले भेटेपछि त्यहीं प्राणत्याग गरेकी थिइन् । सामान्य वार्तालाप भएको थियो, दुई बीच । दुवैले जीवनको त्यो घडीमा आप्mना बाल्यकाललाई सम्झेका थिए । दुवैले सुन्दर बाल्यकाललाई सम्झेर एकार्कालाई नदेखाउने गरी अश्रुधार चुहाएका थिए । दुवैले रोएको दुवैले थाहा पाइसकेका थिए । आँखा देख्न नसक्ने भइसकेकी राधाले कृष्णको सबै कुरा देखिरहेकी थिइन् । राधाको देहत्यागले कृष्ण झन् असह्य वेदनाले छटपटिएका थिए ।
आप्mनो युगका नायक कृष्ण थिए । उनको नायकत्वलाई वर्तमान युगले पनि स्वीकार गरेको छ भने तत्कालीन विश्वले प्रेम र भय दुवै कारणले स्वीकार गरेको थियो । सबै किसिमका दुःख र सबै किसिमका सुखभोग गरेका कृष्णले राधालाई कहिल्यै बिर्सेनन् ।
कृष्णको बिहे कुन्डिनपुरकी राजकुमारी रुक्मिणीसित भएको थियो । रुक्मिणीका पिता, माता र सबै दाजुभाइसहित रुक्मिणीको विवाह कृष्णसित गर्ने कुरामा सम्मति थियो तर रुक्मिणीका ठूल्दाजु रुक्मीले रुक्मिणीको विवाह कृष्णका फुपूका छोरा शिशुपालसित गराउन चाहन्थे । शिशुपालसितै विवाह गर्ने तय पनि भयो तर रुक्मिणीले एकजना ब्राह्मणको हातबाट कृष्णलाई पत्र पठाएर बोलाइन् । रुक्मिणी गौरीपूजन गरेर फर्किरहेको समयमा कृष्णले अपहरण गरेका थिए । अपहरणमा रुक्मिणीको पनि साथ र सहयोग थियो ।
कृष्णका धेरै पत्नी थिए । रुक्मिणी र सत्यभामाको नाम धेरै आउँछ । सत्यभामाकै सहायताले कृष्णले नरकासुरको वध गरेका थिए । सत्यभामालाई निकै भ्रम थियो कि कृष्णले सबैभन्दा बढी मलाई प्रेम गर्दछन् तर कृष्ण सबै पत्नीलाई समान प्रेम गर्दथे ।
रुक्मिणीको कोखबाट कृष्णका दश पुत्र र एक पुत्री जन्मेका थिए । प्रद्युम्न, चारुदेष्ण, सुदेष्ण, सुषेण, चारुगुप्त, चारु, चारुबाहु, चारुबिंद, भद्रचारु र चारुक कृष्ण–रुक्मिणीका पुत्रहरू हुन् ।
कृष्ण–रुक्मिणीका एक पुत्री थिइन्, चारुवती ।
कुनै सूर्यवंशीकी पुत्री कालिंदी, अवन्तीराजकी कन्या मित्रविंदा, अवधपति नग्नजितकी पुत्री सत्या, जाम्बवानकी पुत्री जाम्बवती, केकयराजका दुई छोरीहरू भद्रा र रोहिणी, मद्रराजकी कन्या सुशीला, सत्राजितकी पुत्री सत्यभामा र शैब्यराजकी पुत्री लक्ष्मणा कृष्णका अन्य पत्नीहरू हुन् ।
कृष्णका अन्य पत्नीहरूबाट जन्मेका सन्तानको विषयमा उति धेरै चर्चा भएको पाइन्न । तर सबै पत्नीबाट सन्तानोत्पत्ति भएको उल्लेख भने पाइन्छ ।
कृष्णका पुत्रहरूमा प्रद्युम्न, साम्ब, सट, सारण र गद निकै प्रसिद्ध भए । कृष्णका नातिहरूमा अनिरुद्ध र वज्रको प्रसिद्धिको चर्चा पाइन्छ ।