प्रस, वीरगंज, १२ साउन/
वीरगंज उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलन गरी वीरगंज महानगरले करको दरमा गरेको वृद्धिको विरोधमा चरणबद्ध आन्दोलन घोषणा गरेको छ । सङ्घका अध्यक्ष्F ओमप्रकाश शर्माले पत्रकार सम्मेलनमा आपूmले लिखित तथा मौखिकरूपमा मेयर विजय सरावगीलाई महानगरले करको दरमा गरेको वृद्धि सम्बन्धमा पुनरावलोकन गर्न सुझाव दिएकोमा बेवास्ता गरिएको भन्दै आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताए ।
उनले आइतवार वीरगंजका पसलहरू बन्द गर्ने र घण्टाघरबाट विरोध जुलुस प्रदर्शन गर्दै महानगरका मेयर सरावगीको कार्यकक्ष घेराउ गरी ज्ञापन दिने कार्यक्रम रहेको जानकारी गराए । अध्यक्ष्F शर्माले महानगरपालिकाले एकीकृत सम्पत्ति कर अन्तर्गत घरजग्गा र मालपोतमा अत्यधिक कर वृद्धि गरेको आरोप लगाए । उनले गत वर्ष रु १३ हजार कर तिरेका महानगरवासीले यसपटक सोही कर रु ९३ हजारसम्म तिर्नुपरेको उदाहरण प्रस्तुत गरे ।
अध्यक्ष शर्माले नेपाल सरकार तथा स्थानीय सरकारले कर असुलीमा एकरूपता नल्याएको भन्दै दुःखेसो पोखे । उनले वीरगंज महानगरको जुन जग्गाको मूल्याङ्कन मालपोत कार्यालयले रु १ करोड तोकेकोमा सोही जग्गाको मूल्याङ्कन महानगरपालिकाले रु ८ करोड तोकेर कर असुली गर्नु नाजायज भएको तर्क प्रस्तुत गरे । यसैगरी, व्यवसाय करबापत वार्षिक रु १० हजार तिर्ने व्यापारीले अहिले रु २ लाख तिर्नुपरेको र होटल व्यवसाय कर पनि वार्षिक रु ५० हजारबाट बढेर रु १ लाख २५ हजार भएको बताए ।
स्वास्थ्य क्लिनिकबाट वार्षिक रु २ हजार कर असुली गर्दै आएको महानगरले चालू आवमा ५० हजार कर लिनु कुनै पनि हालतमा उपयुक्त नभएको अध्यक्ष्F शर्माले बताए ।
पत्रकार सम्मेलनमा कबाडी करको नाममा छड, सिमेन्टमा कर बढाइएको, सवारी साधन इन्धनमा २५ पैसा प्रतिलिटर र मोटरसाइकलको करमा समेत वार्षिक वृद्धि गरिएकोले महानगरपालिकाको विरोध गर्नुको विकल्प नरहेको उनले बताए ।
अध्यक्ष्F शर्माले करको दायरा बढाएर कर असुली बढाउनुपर्ने नीति अवलम्बन नगरेर महानगरपालिकाले करको दरमा वृद्धि गरेर कर तिर्नेहरूको ढाड सेक्ने काम गरेको र कर नतिर्नेहरूलाई करको दायरामा ल्याउन नसकेको बताए।