सत्यको वास्तविक स्वरूप अनुभव गर्नको लागि असत्यको स्वरूप बुझ्न परम आवश्यक छ, किनभने जसलाई रातिको ज्ञान हुँदैन, उसलाई दिनको ज्ञान कसरी हुन सक्छ ? अतः सत्यको यथार्थ ज्ञान भएपछि नै सत्यको अभिलाषीले सत्यलाई बुझ्न सक्छ । जसले असत्यलाई जान्न सक्दैन, उसले सत्यलाई पनि जान्न सक्दैन ।
संसारका सभ्य समाजले गुणलाई सत्य र दोषलाई असत्य भन्छ, किनभने दोषमा गुणले शासन गर्छ– जस्तै स्थिरता चञ्चलतामा, सदाचार दुराचारमा, योग भोगमा, प्रेम द्वेषमा, त्याग रागमा, संयम असंयममा, आनन्द दुःखमा, चैतन्य जडमा र अहिंसा हिंसामा । यी कुरा विचार गरेपछि प्रश्न उठ्छ गुणले दोषमा कि दोषले गुणमा शासन गर्छ ? यसको उत्तर हो– गुण दोषको अपेक्ष्Fा बढी स्वाभाविक हुन्छ । जसरी आँखाले हेर्नु स्वाभाविक हो, अर्थात् त्यस क्रियामा कर्ताले कुनै प्रकारको भाव बनाउँदैन, तब हेर्नुलाई कहिल्यै दोष भन्न सकिंदैन । त्यो दोष तब बन्छ, जब देखेको रूपबाट सुख प्राप्त गर्ने अभिलाषा उत्पन्न हुन्छ । यद्यपि सुख भेटिदैंन, तर अविचारको कारण बिचरा आँखाले रूपमा सुख खोज्छ, यस कारण अन्त्यमा दुःखी हुन्छ र जसबाट दुःख हुन्छ, त्यही नै दोष हो ।
इन्द्रिय स्थिर भएपछि चञ्चलता मेटिन्छ । त्यस व्यक्तिलाई संसारले आदरको दृष्टिले हेर्छ र जसले इन्द्रियलाई संयम गर्न सक्दैन, त्यसलाई संसारले निरादर भावले हेर्छ । यस नियम अनुसार प्रत्येक गुणले प्रत्येक दोषमाथि विजय प्राप्त गर्छ । संसारलाई गुणयुक्त जीवनको सर्वदा आवश्यकता छ । यदि संसारमा गुणयुक्त जीवन व्यतीत गर्नुछ भने गुणलाई सङ्ग्रह गर्नु परम आवश्यक छ ।
सत्यको वास्तविक स्वरूप गुण र दोष दुवैभन्दा टाढा छ, किनभने गुण आए पनि कमी शेष रहन्छ । अतः जुन सब प्रकारबाट पूर्ण छ, अर्थात् जसमा कुनै प्रकारको दोष छैन, त्यही सत्यको स्वरूप हो । सत्यको स्वरूपको कथन गर्न सकिंदैन, बरु त्यसलाई स्वयम् अनुभव गर्न सकिन्छ, किनभने कथन गर्ने सबै साधनले अपूर्ण हुन्छ । अपूर्णले कहिल्यै पूर्णको कथन गर्न सक्दैन । सत्यको स्वरूप व्यक्तित्वबाट अतीत हुन्छ । सत्यले आपैंmलाई प्रकाशित गर्छ।
आवश्यकता त्यस वस्तुको हुन्छ, जसको बिना बस्न सकिंदैन । सबै महानुभावले स्थायी प्रसन्नता चाहन्छ । जब संसारको कुनै अवस्थाले स्थायी प्रसन्नता दिन सक्दैन, त्यसका अभिलाषीले संसार त्याग गर्न बाध्य हुन पुग्छ ।
यदि विचारशील पुरुषले आप्mनो अभिलाषाको जाँच गर्छ भने उसलाई यो कुरा राम्ररी थाहा हुन्छ कि अभिलाषा केवल दुई प्रकारका हुन्छन्– एक, शारीरिक आवश्यकता पूर्तिको लागि र अर्को, सब प्रकारबाट पूर्ण हुनको लागि । शारीरिक आवश्यकता पूर्तिको लागि कर्म तथा संसारको आवश्यकता पर्छ ।
सद्भावपूर्वक सत्यको अभिलाषा नै सत्यको मार्ग हो । जसरी ठूलो माछा सानो माछालाई खाएर स्वयम् मर्छ, त्यसै प्रकार सत्यको अभिलाषा सबै अभिलाषालाई मेटाएर अन्त्यमा आपैंm मेटिन्छ । बस, त्यस कालमा सत्यको अनुभव हुन्छ । सत्यप्राप्तिको लागि कुनै सङ्गठनको आवश्यकता पर्दैन, बरु सबै सङ्गठन मेटाउनुपर्छ ।
तपाईंले आपूmलाई जुन कल्पनामा बाँध्नुभएको छ, त्यस अनुसार कर्म गर्नुपर्छ र अनावश्यक कार्यलाई त्याग्नुपर्छ । जसले आवश्यक कार्य पूरा गर्दैन र अनावश्यक कार्यलाई मनमा जम्मा गर्छ, त्यसले अगाडि–पछाडिको व्यर्थचिन्तन गरिरहन्छ ।
आवश्यक कार्य के हो ? जुन कार्यबिना रहन सकिन्न, जसलाई गर्ने साधन प्राप्त छ तथा जसलाई गर्न कुनै भय हुँदैन, त्यही आवश्यक कार्य हो । कर्ताले आप्mनो कर्तव्यको पालन गरेपछि स्वयम् उन्नति गर्छ ।
जीवनको परिस्थिति चाहे जस्तोसुकै किन नहोस्, सत्यको अनुभवको लागि सबै मनुष्य समर्थ छ । सत्य संसारको सहायताबाट पाउन सकिंदैन । यदि गुणको अभिमानीले आप्mनो गुणाभिमानलाई मेटाउन सक्दैन, तब उसले पनि सत्यलाई पाउन सक्दैन । तर यदि जब महान् पतितले आप्mनो पतित स्वभावलाई मेटाइदिन्छ, तब उसले सत्यलाई पाउँछ । जसलाई संसारले कुनै प्रकारले प्रसन्नता दिन सक्दैन, उसले पनि सत्यलाई पाएर अपार आनन्द पाउँछ ।
व्यक्तित्वको गुलामीको त्याग नै सत्यको साधन हो । तपाईं आपूmमा जुन व्यक्तित्व अनुभव गर्नुहुन्छ, के तपाईंले त्यसलाई कहिल्यै हेर्नुभएको छ ? तब तपाईं यो भन्न बाध्य हुनुपर्छ कि हामीले आप्mनो व्यक्तित्वलाई सुनेर स्वीकार गरेका छौं, देखेका छैनौं ।
यदि यो भन्यौं भने शरीरको व्यक्तित्व हेरेपछि थाहा हुन्छ, तब त्यसको उत्तर यही हुनेछ कि शरीर त संसारदेखि अभिन्न छ, त्यसमा तपाईंको के ? जुन शरीरलाई तपाईं आप्mनो सम्झिनुहुन्छ, त्यो वास्तवमा सारा संसारसँग एक छ । शरीर तथा संसार अङ्ग तथा अङ्गीको समान हुन्छ । शरीर संसारसँग अभिन्न छ ।
अतः सुनिएका व्यक्तित्वलाई विचाररूपी अग्निमा जलाउनुपर्छ । व्यक्तित्व मेटिनेबित्तिकै गुलामीको अन्त्य हुनेछ र सत्यको मार्ग देखिन्छ । सत्यको मार्ग यति सङ्कीर्ण छ कि सत्यका अभिलाषी स्वयम् एक्लै मात्र जान सक्छ । यहाँसम्म कि मन, बुद्धि आदिसम्मको साथ छोड्नुपर्छ किनभने सङ्गठनलाई मेटाउनु नै सत्यको साधन हो ।
जसलाई प्रसन्नता दिन संसार असमर्थ छ, अर्थात् जसलाई भोगमा रोग, हर्षमा शोक, संयोगमा वियोग, सुखमा दुःख, घरमा वन, जीवनमा मृत्युको अनुभव हुन्छ, त्यही नै सत्यको अधिकारी हो ।
भोग गर्नाले शक्तिको ¥हास हुन्छ । शक्ति ¥हास भएपछि रोग नबोलाइकनै आइपुग्छ, त्यसपछि भोगकर्ता भोग गर्न असमर्थ हुन पुग्छ । यस्तो अवस्था आएपछि भोगबाट जुन हर्ष भएको थियो, त्यसभन्दा बढी शोक आइपुग्छ । यस दृष्टिबाट विचारशीलले हर्षमा शोकको अनुभव गर्छ । चाहे जस्तोसुकै सुन्दर भोग किन नहोस् तथा समाजको नियम अनुकूल नै होस् र भोग्ने शक्ति पनि होस्, तर पनि शक्तिहीन हुनु अनिवार्य हुन्छ ।
योगबाट शक्तिको विकास हुन्छ तथा भोगबाट विनाश हुन्छ । योग र भोगमा केवल यही अन्तर छ कि भोगको लागि शब्द, स्पर्श, रूप, रस, गन्धादि विषयसँग सम्बन्ध हुन्छ र योगको लागि विषयलाई त्यागेर विषयातीत अनन्त सत्यसँग सम्बन्ध हुन्छ ।
योग र ज्ञानमा केवल यही भेद रहन्छ कि योगी योगाभिमानको कारण परमतŒवबाट अभिन्न हुन सक्दैन, यसै कारण योगीमा अनेक प्रकारको अद्भुत शक्ति उद्भासित हुन्छ । भोगको अभाव भएपछि योग आपैंm आइपुग्छ । योग स्वतन्त्र तथा भोग परतन्त्र हो, किनभने योगको लागि संसारतर्पm हेर्नुपर्दैन ।
जुन प्रकार फलको फसल किन्न केवल फलको दाम दिनुपर्छ र छाया बिना मूल्यकै पाइन्छ, त्यसै प्रकार ज्ञान भएपछि योग स्वतः हुन्छ । यद्यपि ज्ञाननिष्ठ पुरुषलाई योगको कुनै आवश्यकता हुँदैन तथापि असङ्गताको कारण योग आपैंm हुन्छ । अतः जसलाई योग र भोगले शान्ति दिन सक्दैन, त्यही सत्यको अधिकारी हो ।