पर्सा जिल्ला मात्र होइन, एकताका पहाड क्षेत्रको भारतसँग मानिस वा सामानको सम्बन्ध जोड्ने ठोरी अहिले यति एक्ल्याइएको छ कि प्रत्येक वर्षात्मा उसको सदरमुकाममात्र होइन, बाँकी जिल्लासँग पनि सम्बन्ध विच्छेद हुने गरेको छ । पहिले ठोरी यस भेगको व्यापारिक नाका नै थियो । पहाडमा उत्पादन हुने विभिन्न मालवस्तु भारत जाने र भारतबाट ती सामान पहाड पठाउनका लागि मुख्य बजार नै ठोरी थियो । ठोरीको अवस्थिति अलि अग्लोमा भएको, यसलाई चारैतिर नदीले घेरेकोले यो यसै पनि टापूजस्तो छ । त्यसैले पनि होला, यो पछिका दिनमा पछिल्लो प्राथमिकतामा पर्दै गयो । नयाँ र सुविधाजनक नाकाहरू खुलेपछि झन् यो एक्लियो । जबकि ठोरीमा यति अपार सम्भावना छ कि थोरै मात्र लगानीमा यो जिल्लामात्र होइन, यस भेगको रमणीय र पर्यटकीय ठाउँ बन्न पुग्छ । ठोरीलाई राज्य र जिल्लाले मात्र होइन, प्रकृतिले पनि जोखिमपूर्ण बनाइदिएको छ । वर्षात्मा यहाँबाट बाहिर निस्कनु र बाहिरबाट ठोरी पुग्नेलाई बहादुरकै संज्ञा दिन सकिन्छ । यस बेला यसको निकासको एउटामात्र मार्ग भनेको खोला पारिको भारतको भिखना ठोरीको रेलसेवा वा सडकसेवा हो ।
लामो समयसम्म ठोरीलाई जिल्लाको अन्य भागसँग जोड्ने सडक बनेन । कहिले यसलाई चितवन जिल्लासँग त कहिले पर्सा जिल्लामा गाभ्ने काम गरियो । चितवनको सदरमुकाम र पर्साको सदरमुकाम जानआउन ठोरीवासीलाई उत्तिकै दूरी पर्छ । पर्सातिर गाउँ–बस्ती छ, सुरक्षा छ भने चितवनतिर लामो जङ्गल पार गर्नुपर्छ । केही पुलपुलेसा र केही किलोमिटर सडक बन्दा ठोरीवासीलाई चितवन नै पुग्न सजिलो लाग्छ । हुलाकी सडकको निर्माण भएमा ठोरीबाट जिल्लाले अपार फाइदा लिन सक्छ । जुन निर्माणाधीन छ । तर नेपालको निर्माण हो, सकिनै कति समय लाग्छ, न राज्यलाई थाहा छ, न बनाउने ठेकेदारलाई नै । ठोरीदेखि निर्मलबस्तीसम्मको १० किलोमिटर सडकमा सवारीसाधन त के मानिसलाई पनि हिंडन हम्मे पर्छ । नदीले, खोलाले, जङ्गली जनावरले मात्र होइन, मानवकृत उदासीनताले पनि ठोरीलाई पिरोल्नुपिरोलेको छ । ठोरीको अपार प्राकृतिक सौन्दर्य र रमणीयताको स्वाद चाख्न नजिकको तीर्थ हेला भनेजस्तै भएको छ, जुन अब सङ्घीयताको आगमनमा पनि दोहोरिनुहुन्न । यस स्थानको पुरानो गौरव फर्काउन सबै जागरुक हुनुपर्छ ।
ठोरीको विषयमा निरन्तर लेख्ने काम भइरहेको छ । तर ठोरीले आप्mनै सामथ्र्यमा कामहरू गरिरहेको छ । सीमा अतिक्रमणको सामना गरिरहेको छ, भारत भएर वा दुस्साहस गरेर भए पनि वर्षात्मा पनि सदरमुकाम आवतजावत गरिरहेको छ । राष्ट्रिय सम्पदाको आततायीहरूबाट रक्षा गरिरहेको छ । तर अब आजित भएर ठोरी चितवनमा बस्न चाहन्छ । ठोरीलाई चितवनमा तान्न राजनीतिक अखडाका बडेबडे पहलवानहरू पनि लागेका छन् । यदि अहिले पनि हुलाकी सडक बन्न सकेन, अन्तिम प्राथमिकतामा प¥यो भने ठोरी अलग्गिने व्यथा सहनुपर्ने हुन्छ । मानवीयताको नाताले उसलाई आपूmसँग बाँधिराख्नु अनुचित नै हुनेछ । अहिले हुलाकी सडकको काम भइरहेको छ । ठोरीलाई पहिलो प्राथमिकतामा राखेर उताबाट सडक बनाउँदै आउने हो भने ठोरीवासीमा अलिकति भए पनि आश पलाउने थियो । के जिल्लावासीको त्यता ध्यान जान सक्ला ?