प्रस, ठोरी, ११ साउन/
निर्माणाधीन वीरगंज–ठोरी हुलाकी सडकखण्डको मालीबस्तीदेखि विजयबस्तीसम्मको झन्डै १० किलोमिटर बाटो हिलाम्मे बनेपछि जिल्ला सदरमुकाम वीरगंजसँग ठोरी गाउँपालिकाको चार वडाको सडक सम्पर्क फेरि टुटेको छ ।
सामान्य वर्षा हुनेबित्तिकै सडक हिलाम्य बन्नुका साथै खाल्डाखुल्डीमा पानी जमेपछि सवारीका साधन गुड्न नसक्दा १ देखि ४ वडाको सडक सम्पर्क जिल्ला सदरमुकाम वीरगंजसँग टुटेको स्थानीय युवा सनम श्रेष्ठले जानकारी दिए ।
हुलाकी सडक आयोजनाले सडक विस्तार गरी माटो भर्ने काम सके पनि ग्राभेलिङ गर्न बाँकी रहेपछि सडक हिलाम्य बन्नुका साथै ठूलाठूला खाल्डाखुल्डी बनेपछि उक्त सडकखण्डमा सवारीका साधन गुड्न नसकेको उनले बताए ।
हुलाकी सडक आयोजनाले सडकमा माटो भर्ने क्रममा चिम्टाइलो माटो प्रयोग गरेको छ । श्रेष्ठले भने– “चिम्टाइलो माटो हालेकाले सामान्य वर्षा हुनेबित्तिकै उक्त सडकखण्ड धान रोप्नका लागि तयार गरिएको खेतजस्तै हिलाम्य हुन्छ । पैदल हिंड्न पनि कठिन छ । लडेर चोटपटक लाग्ने हो कि भन्ने चिन्ता हुन्छ । दुई पाङ्ग्रे सवारीका साधनसमेत गुड्न सक्ने अवस्था छैन ।”
सडक हिलाम्य भएपछि वीरगंजदेखि ठोरीका लागि छुटेका यात्रुवाहक बस शुक्रवारदेखि सुवर्णपुरबाट नै फर्कने गरेको उनले बताए । वीरगंजदेखि छुटेका बस सुवर्णपुरमा नै रोकिएपछि वीरगंजदेखि ठोरीको चौतारासम्म हिंडेका यात्रुहरू सुवर्णपुरमा नै अलपत्र परेका छन् ।
काठमाडौंदेखि सुवर्णपुरका लागि छुटेका रात्रिसेवा बस पनि हिलाम्य सडकका कारण सुवर्णपुर पुग्न नसकेको उनले बताए ।
ठोरीको चौतारादेखि वीरगंज जानका लागि वैकल्पिक सडक नहुँदा वर्षौंदेखि यहाँका मानिसहरूले थुप्रै समस्या झेल्दै आउनुपरेको छ । वीरगंज पुग्नका लागि वैकल्पिक सडक नहुँदा जिल्ला सदरमुकाम वीरगंज जानका लागि ठोरीदेखिका स्थानीयहरू बस चढ्नैका लागि सुवर्णपुरसम्म जानुपर्ने बाध्यता रहेको उनले बताए ।
ठोरीको चमरीहोलदेखि चौतारासम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा लिएको कालिका बानियाँ जेभी कन्स्ट्रक्सनले गरेको काम गुणस्तरहीन भएको भन्दै विजयबस्तीका स्थानीय युवाहरूले आन्दोलन गरेपछि हुलाकी सडकको काम अघि बढ्न सकेको छैन ।