राजेश केशरीवाल,रक्सौल,१३ साउन/
भारत–नेपाल सीमाको वीरगंज–रक्सौल जोडने मितेरीपुल जीर्ण बन्नुको साथै यो रुट भएर यात्रा गर्नु जोखिमपूर्ण बनेको छ । पुलमा ठाउँठाउँमा खाल्डाखुल्डी छ भने अब उक्त खाल्डाखुल्डीमा सवारी साधन फस्दा यात्रुहरूको ज्यानमा पनि जोखिममा पर्ने गरेको छ ।
आइतवार वीरगंजबाट एउटा एम्बुलेन्स रक्सौल गइरहेको थियो । मितेरी पुलको दक्षिण क्षेत्रमा बनेको खाल्डोमा फस्यो ।
उपचारको लागि बिरामी बोकेको एम्बुलेन्सलाई प्रहरी प्र्रशासनको सहयोगमा टुचन गरी तानिएको थियो । उक्त बाटो भएर साइकल, मोटरसाइक, रिक्सा, टाँगा, इ–रिक्सा टेम्पुलगायत सवारी साधन चलाउन गा¥हो हुने सवारी चालकहरू बताउँछन् । पुलको मरम्मत सम्भारको दायित्व दुवै देशको भए पनि पुलको लामो समयदेखि मरम्मत भएको छैन ।
सवारी चालह तथा यात्रुहरूले मितेरी पुल आसपासको सडक अविलम्ब मरम्मत गर्न आग्रह गरेका छन् । मितेरी पुलको क्षेत्र दुवै देशमा पर्ने भएकोले दुवै देशका अधिकारी तथा जनप्रतिनिधिहरूको उचित समन्वयको अभावमा रक्सौल–वीरगंज जोड्ने मितरी पुल आसपासको यो दुरवस्था भएको रक्सौलका महेश अग्रवाल बताउँछन् ।