प्रस, वीरगंज, १० असार/
पटनाका व्यवसायी अरविन्द चौधरीको हत्याको आरोपमा दुईजना भारतीय पक्राउ परेका छन् ।
हत्यामा संलग्न एकजना नेपाली अपराधीलाई नेपाल प्रहरी तथा भारतीय प्रहरीले संयुक्तरूपले खोजी रहेको छ । हत्यामा संलग्न रामगढवा थाना इनर्वा गाउँ निवासी सुजीत यादव केही दिन अघि पक्राउ परेका थिए भने उनका भाइ सुनील यादवले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
घटनामा संलग्न नेपाली अपराधीको नाम गोप्य राखिएको छ । उनलाई पक्रनको लागि हिजो रक्सौल थानाका इन्सपेक्टर अजयकुमार झा र प्रहरी उपरीक्षक रेवती ढकाल तथा पर्साका क्राइम टोलीसँग छलफल भएको थियो ।
घटनाको विषयलाई लिएर पूर्वी चम्पारण जिल्लाका एसपी क्षत्र अनिल सिंहको टोली रक्सौल आई
बसेको छ । भारतीय प्रहरी र पर्साका क्राइम टोलीले संयुक्तरूपमा रातिदेखि नै वीरगंजलगायत बाराका केही ठाउँमा छापासमेत हानेको स्रोतले जानकारी दिएको छ ।
मृतक चौधरी मोबाइल र सिम सप्लायर रहेको बुझिएको छ । स्रोतका अनुसार सुजीत यादव र मृतक चौधरीबीच विगत लामो समयदेखि पैसाको लेनदेनको विवाद चल्दै आएको थियो । सोही निहुमा सुजीत र उनका दाइले चौधरीको हत्या गरेको समाचारमा जनाइएको छ ।
मृतक चौधरी लामो समयदेखि सीमावर्ती भारतीय व्यापारीको माध्यमबाट वीरगंजलगायत नेपालका विभिन्न ठाउँमा महँगो मोबाइलहरू सप्लाइ गर्दै आएका थिए ।