$type=ticker$count=12$cols=4$cate=0

चुपडी र तीन पैसा

SHARE:

जगदीशप्रसाद शर्मा
    अब फेरि मलाई यो झन्झटबाट पार लगाउने रणनीतिमा विचार हुन थाल्यो । सबैले आआप्mनो विचार प्रकट गरे । अर्को स्टेशनमा त गाडी निकै बेर रोकिन्छ । त्यहाँ टिकट किन्न गा¥हो हुने छैन । तर अब म बिनाटिकटको यात्री भएको थिएँ । डब्बाभित्र मजिस्ट्रेट चेकिड्ढो भय पनि बारम्बार प्रवाहित भइरहेको थियो । ती महाशयले भने– म यसै स्टेशनमा उत्रन्छु । म यसपछि तिमीलाई केही सहयोग गर्न सक्दिनँ ।
    अनि केही बेर सोचेर भने । तिमी यसो गर, मलाई दुईवटा प्लेटफार्म टिकट किन्ने पैसा देऊ । म स्टेशनबाहिर गएर तिम्रो लागि प्लेटफार्म टिकट किनेर ल्याउँछु । त्यो देखाएर बाहिर जानू र मथुरासम्मको टिकट किन्नू, अनि बेलुका बस वा रिक्सा चढेर वृन्दावन जानू । मलाई त सबै पीडा हरण भएजस्तो भयो । वृन्दावनसम्म रिक्शा पनि जाँदो रहेछ भने मथुराबाट वृन्दावनको दूरी ज्यादै नहोला । केही लागेन भने पैदल हिंडिदिन्छु । हिंड्नमा म सानैदेखि माहिर छु । जनकपुरदेखि गोदार त सात कोस मात्रै भन्थे, जयनगरदेखि गोदारको १२ कोसको दूरी पनि कैयौंपटक हिंडेको छु । पैसा सिद्धेर केही छैन, मथुरा मात्र पुग्न पाए हुन्छ ।
    योजना अनुसार काम भयो । मैले बिनाटिकट आगरादेखि आगरासम्म सफर गरेर प्लेटफार्म टिकटको सहायताले बाहिर निस्केर मथुरासम्मको टिकट किनें ।
    टिकट किन्नेको लामो पङ्क्ति छिचोलेर म टिकट काउन्टरमा पुगेपछि कति पैसा भनेर सोधें र उनले भनेजति पैसा दिएँ । त्यस पैसामा केही नेपाली सिक्का परेको रहेछ । उनले ‘नहीं चलेगा’ भनेर हु¥याइदिए । मसँग त त्यति नै पैसा थियो । मैले यति मात्र हो, अरू छैन, मलाई टिकट देऊ भनें । उनी मानेनन् । उनले मलाई ‘टिकट खिडकी से हटो, औरों को आने दो’ भने । तर म त ‘मरता क्या न करता’ को अवस्थामा थिएँ । टिकट चाहिन्थ्यो नै । टिकट काट्नेलाई खल्ती छामछुम गरेर मसँग पैसा छैन भन्ने विश्वास दिलाउन चाहें । टिकट किन्न दस पैसा कम थियो । आत्तिएको बेला होश पनि गुम्दो रहेछ । एकाधपटक बिन्तीभाउ गरें । म नेपालको मानिस हुँ, विद्यार्थी पनि हुँ, दस पैसा कम भएर के भो भन्ने निरर्थक तर्क तेस्र्याएँ । तर के लाग्छ १ अब टिकट खिडकीबाट हट्नै प¥यो भनेर हतासापूर्वक खल्तीमा हात हालेर फर्कनै लागेको थिएँ, औंलामा सिक्काजस्तो केही ठोकियो । यसो झिकेर हेरेको त, त्यही दस पैसाको सिक्का थियो, जुन मैले ती विद्यार्थीहरूलाई सात पैसा दिएर लिएको थिएँ । टिकट किनें र आएर रेल चढें । मसँग बढी घुलमिल भएका र मलाई सहयोग गर्ने सहयात्री त गइसकेका थिए, तर अरूले भने मलाई रोबिनहुडभैंm सम्मानजनक दृष्टिले हेरिरहेका थिए । म भनें कुन जिल्लतबाट जोगिएँ भन्ने भाव लुकाउँदै सामान्य हुन खोजिरहेको थिएँ ।
    बेलुका साँझ परेको थियो, मथुरा स्टेशन पुग्दा । यहाँबाट ट्रेन वा बसमा चढ्ने त कुरै थिएन, घोक्र्याइहाल्थे । एउटा मात्र सहारा थियो, रिक्शा । किनकि रिक्शालाई पहिले नै भुक्तानी दिनुपर्ने थिएन । मैले यसो रिक्शा बजारको नजारा गरें । अलि सोझो, मेरो दुःख बुझ्ने कोही फेला पर्छ कि भनेर निहारें । एकजना अधबैंसे रिक्शावालामाथि नजर प¥यो । उनीसँग अलि गर्विलो स्वरमा भनें– हेर ढिलो भइसकेको छ, मलाई वृन्दावन जानु छ । जति पैसा लिन्छौ लेऊ, तर मलाई वनखण्डी महादेवसम्म पु¥याइदिनुपर्छ, यताउति उता¥यो भने पैसा दिनेछैन । उनले मन्जुर गरे । म रिक्शामा बसें । तिनताक के वीरगंज र के भारतको कुनै ठाउँ, रिक्शामा एक्लै बस्दा एकजनाको भाडा दिए पुग्थ्यो । अचेलजस्तो एक्लै भएपनि पूरै भाडा दिनुपर्दैनथ्यो । उनी अर्को सवारी खोज्न थाले । झन्डै आधा घण्टाजति उनले मथुराको विभिन्न सडक चहारे । तर अर्को सवारी पाएनन्, पुनः स्टेशननजिक आए । त्यहाँ अर्को रिक्शावाला एकजना सेठलाई बोकेर कराउँदै थियो–‘वृन्दावन एक सवारी ।’ मेरो रिक्शावालाले सेठजीको रिक्शावालासँग कुरा ग¥यो । दुवै आआप्mनो सवारी छोड्न नचाहने । मेरो मुटुको धडकन बढाउँदै मेरो रिक्शावाला पछि हट्यो । उसले भन्यो– ‘तपाईं त्यस रिक्शामा जानुस् ।’ मलाई फेरि फसाद प¥यो । एउटालाई त निकै कोशिश गरेर आप्mनो कुरा मान्न लगाएको थिएँ । अर्को रिक्शामा बस्दा अर्को सवारी कहाँ उत्रने हो, मैले पनि त्यहीं उत्रनुपर्छ वा उसले बाटोमैं उतारी देला । अनि पैसा कहाँबाट तिर्नु ? मैले आप्mनो रिक्शावालालाई भनें– ‘हेर, जान त म जान्छु तर तिमीलाई मेरो शर्त थाहा छ, उसलाई भनिदेऊ वनखण्डी महादेवसम्म पु¥याउँदैन भने म पैसा दिन्नँ ।’ मेरो रिक्शावालाले मेरैसामु मेरो शर्त दोहो¥यायो । उसले मान्यो । म फेरि ढुक्क भएँ । तर मनमा द्विविधा चाहिं थियो, यी रिक्शावाला मापाका हुन्छन् । मलाई वनखण्डी पु¥याइदिएन भने ? ‘हारे को हरिनाम’, मैले सोच्न भ्याएको एउटै उपाय थियो, मसँग भएको धोती दिएर गर्जो टार्छु । मन केही हलुङ्गो भयो । यात्रामा हिंड्दा कोसँग यस्तो हुँदैन । पैसा सिद्धिनु कुनै ठूलो कुरा होइन । कसैको पाकेटमारी हुन सक्छ, पैसा हराउन सक्छ, आदि इत्यादि ।
    आप्mनो समस्याको सम्भावित समाधान फेला पारेपछि फेरि मन हलुङ्गो भयो । अनि हमसफर ती सेठतिर आकृष्ट भएँ । उनीसँग भलाकुसारी गर्न थालें । उनी इलाहाबादका रहेछन् । वृन्दावन तीर्थ गर्न आएका । उनको जाने ठाउँ र वनखण्डी महादेव मन्दिर विपरीत दिशामा पथ्र्यो । मन एकचोटि फेरि हुलुक्क भयो । त्यो रिक्शावालाले मेरो कुरा त पटक्कै मान्दैन भन्ने लाग्यो । उसको पहिलो सवारी सेठ थिए । तर भयो के भने रिक्शावाला वृन्दावनको बस स्टेशन पुगेपछि ठ्याम्म अगाडि बढ्न मानेन । उसले सेठलाई पनि गन्तव्यसम्म नछोड्ने भयो । सेठजीले धेरै नाइँनास्ती गरेनन् । खुरुक्क ओर्लेर पैसा तिरे । म चाहिं लिंडेढिपी कसेर रिक्शामैं बसिराखें । मेरो लिंडेढिपीको अर्थ सेठजीले बुझेका थिएनन् । उनले भने– ‘हिंड्नुस् न अर्को रिक्शा समातौं, बरु म तपाईंलाई वनखण्डी महादेव पु¥याएर मात्र आप्mनो ठेकानमा जाउँला ।’ यति भएपछि मैले नाङ्गिनैपर्ने भयो । मैले उनलाई वस्तुस्थिति बताएँ । उनले सदाशयता देखाउँदै मेरो पैसा तिरिदिए । अनि उनले मसँग सोधे– ‘किन पूरा पैसा नलिएर हिंडेको ? यहाँ तिम्रो को छ ?’ मैले बेलिबिस्तार लाएँ । हामी वनखण्डी महादेव पुग्यौं । एउटा पानपसलअगाडि मैले आप्mनो झोला राखें र सेठजीलाई ‘म गएँ र आएँ’ भनेर धर्मशालातिर कुदें । उनी कराउँदै रहे । धर्मशालाको गेटमा पुगेर यसो हेरेको सेठजी पानको लागि अर्डर गर्दैथिए ।
    म हतारहतार कुद्नुको अर्थ थियो– कहीं सेठजीले ममाथि बढी नै कृपा गरेर ‘जा न त १ यति रुपियाँको मैले माया नै मारें’ भन्लान्, अथवा ‘जाओ, बच्चे हो, तुमसे क्या पैसा लेना’ भन्देलान् भन्ने ठूलो पीर पनि थियो । हतारहतार कोठामा गएर फुपूसँग पैसा मागें र जुन गतिमा धर्मशाला गएको थिएँ, त्यही गतिमा पानपसलसम्म आएर सेठजीलाई पैसा तिरेर आप्mनो झोला बोकें । उनले स्नेहपूर्वक भने– ‘क्या मुझे तुमपर भरोसा नहीं था जो झोला छोडकर गए । पैसा नहीं भी देते तो क्या मैं तुमको बाँध के रखता ?’ मलाई यसै कुराको डर थियो । त्यसैले उनलाई कुनै प्रतिक्रिया व्यक्त गर्न नदिएर कुदेको थिएँ । मैले उनीप्रति आभार प्रकट गरें र आप्mनै भाग्यमाथि ईष्र्या ।
    यस्ता सहयोगीहरू मैले आप्mनो जीवनमा धेरैपटक भेटेको छु । कति चिनेका, कति अनजान मानिसले गरेको सहयोग सम्भँmदा आज पनि मन कृतज्ञ हुन्छ । यसै लेखबाट ती सबैप्रति म आभार प्रकट गर्दछु । (समाप्त)
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : चुपडी र तीन पैसा
चुपडी र तीन पैसा
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/06/blog-post_984.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/06/blog-post_984.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy