उमाशङ्कर द्विवेदी
सञ्जयले भने– त्यस प्रकार करुणाले व्याप्त र आँसुले पूर्ण तथा व्याकुल नेत्रवाला शोकयुक्त अर्जुनप्रति भगवान् मधुसूदनले यो वचन भने ।
श्रीभगवान्ले भने– अर्जुन, तिमीलाई असमयमा यो मोह कुन हेतुले प्राप्त भयो ? किनकि न त यो श्रेष्ठ पुरुषहरूद्वारा आचरित छ, न त स्वर्ग नै दिनेवाला छ, न कीर्ति बढाउने खालको छ । त्यसैले अर्जुन, नपुंसकतालाई न प्राप्त गर, तिम्रोलागि यो उचित छैन । परंतप, ह्दयको तुच्छ दुर्बलतालाई त्यागेर उभ ।
अर्जुनले भने– मधुसूदन, म रणभूमिमा कुन प्रकार बाणहरूबाट भीष्मपितामह र द्रोणाचार्यसित लडनेछु ? किनकि अरिसूदन, ती दुवै नै पूजनीय हुन् । त्यसैले यी महानुभावहरूलाई न मारेर म यस लोकमा भिक्षाको अन्न खान कल्याणकारक मान्दछु, किनकि गुरुजनहरूलाई मारेर पनि यस लोकमा रुधिर मुछिएको अर्थ र कामरूप भोगहरूलाई नै भोग्नेछु । हामीलाई यो पनि थाहा छैन कि हाम्रोलागि युद्ध गर्नु र नगर्नु–यी दुईटैमा कुन श्रेष्ठ छ अथवा यो पनि थाहा छैन कि उनीहरूलाई हामीले जित्न सक्नेछौं वा उनीहरूले नै हामीलाई जित्नेछन् र जसलाई मारेर हामी बाँच्न पनि चाहँदैनौं, ती नै हाम्रा आत्मीय धृतराष्ट्रपुत्रहरू हाम्रो मुकाबिलामा उभिएका छन् । त्यसैले कायरतारूप दोषबाट उपहत भएका स्वभाववाला तथा धर्मको विषयमा मोहचित्त भएर म तपाईंसित सोधिरहेको छु कि जुन साधन निश्चय नै कल्याणकारक छ, त्यसबारे मलाई भन्नुहोस्, किनकि म तपाईंको शिष्य हुँ, त्यसैले तपाईंको शरण भएको मलाई शिक्षा दिनुहोस्, किनकि भूमिमा निष्कण्टक, धनधान्य सम्पन्न राज्यलाई र देउताहरूको स्वामीपनलाई प्राप्त भएर पनि म त्यस उपायलाई देखिरहेको छैन, जसले मेरो इन्द्रियलाई सुकाउने शोकलाई टाढा पु¥याउन सकोस् ।
सञ्जयले भने– राजन्, निद्रालाई जित्न सक्ने अर्जुन अन्तर्यामी श्रीकृष्ण महाराजको प्रति यस प्रकारले भनेर ‘युद्ध गर्दिनँ’ भनेर चुप्प लागे । भरतवंशी धृतराष्ट्र, अन्तर्यामी श्रीकृष्ण महाराज दुवै सेनाको बीचमा शोक गरिरहेका अर्जुनसित हाँस्दै यो वचन भने– अर्जुन, तिमी शोक नगर्ने मानिसको लागि शोक गरिरहेका छौ र पण्डितभैंm कुरा गरिरहेका छौं । जसको प्राण गइसकेको छ, त्यसको लागि तथा जसको प्राण गइसकेको छैन, त्यसको लागि पनि पण्डितहरूले शोक गर्दैनन् । म कुनै कालमा थिइनँ वा तिमी थिएनौ अथवा यी राजाहरू थिएनन् अथवा भविष्यमा पनि हामी रहँदैनौं यस्तो छैन ।
जसरी जीवात्माको यस शरीरमा बालकपन, तरुणावस्था र वृद्धावस्था हुन्छ, त्यस्तै नै अन्य शरीरको प्राप्ति हुन्छ, त्यस विषयमा धीरपुरुष मोहित हुँदैनन् । कुन्तीपुत्र, चिसो, गर्मी र सुख–दुःख दिने इन्द्रिय र विषयहरूको संयोग त उत्पत्ति–विनाशशील र अनित्य छ । त्यसैले भारत, त्यसलाई तिमी सहन गर, किनकि पुरुषश्रेष्ठ, सुख–दुःखलाई समान बुभ्mने जुन धीर पुरुषलाई यो इन्द्रिय र विषयहरूको संयोगले व्याकुल पार्दैन, त्यो मोक्षको योग्य हुन्छ । असत् वस्तुको त सत्ता छैन र सत्को अभाव छैन । यस प्रकार यी दुवैको नै तŒव ज्ञानी पुरुषहरूद्वारा देखिएको छ । नाशरहित भएर तिमीले त्यसलाई जान, जसबाट यो सम्पूर्ण–दृश्यवर्ग व्याप्त छ । यस अविनाशीको विनाश गर्नमा कोही पनि समर्थ छैन । यस नाशरहित, अप्रमेय, नित्यस्वरूप जीवात्माको यो जम्मै शरीरलाई नाशवान् भनिएको छ । त्यसैले भरतवंशी अर्जुन, तिमीले युद्ध गर । जसले यस आत्मालाई मार्नेवाला बुभ्mदछ तथा जसले यसलाई मरेको बुभ्mदछ, ती दुवैलाई यो थाहा छैन, किनकि यो आत्माले न त कसैलाई मार्दछ, न कसैद्वारा मारिन्छ नै । यो आत्मा कुनै कालमा पनि न त जन्मिन्छ र न त मर्दछ नै तथा न त यो उत्पन्न हुन्छ किनकि यो अजन्मा, नित्य, सनातन र परातन छ, शरीरलाई मारिंदा पनि यो मारिंदैन ।
पृथापुत्र अर्जुन, जो पुरुषले यस आत्मालाई नाशरहित, नित्य, अजन्मा र अव्यय भनेर जान्दछ, त्यस पुरुषले कसरी कसैलाई मार्न लगाउँछ र कसरी कसैलाई मार्दछ ? जसरी मानिसले पुरानो वस्त्रलाई त्यागेर नयाँ वस्त्र ग्रहण गर्दछ, त्यसरी नै जीवात्माले पुरानो शरीरलाई त्यागेर नयाँ शरीर ग्रहण गर्दछ । यस आत्मालाई कुनै पनि अस्त्रले काट्न सक्दैन, यसलाई आगोले पोल्न सक्दैन, यसलाई जलले गलाउन सक्दैन र वायुले यसलाई
सुकाउन सक्दैन किनकि यो आत्मा अच्छेद्य छ, यो आत्मा अदाह्य, अक्लेद्य र निस्सन्देह अशोष्य छ तथा यो आत्मा नित्य, सर्वव्यापी, अचल, स्थिर रहने खालको र सनातन छ । यो आत्मा अव्यक्त छ, यो आत्मा अचिन्त्य छ र यस आत्मालाई विकाररहित भनिएको छ ।
त्यसैले हे अर्जुन, यस आत्मालाई उपर्युक्त बुझेर तिमी शोक गर्ने योग्य छैनौ र यदि तिमीले यस आत्मालाई सदैव जन्मने र मर्नेवाला मान्दछौ भने पनि हे महाबाहो, तिमी यस प्रकारले शोक गर्न योग्य छैनौ, किनकि यस मान्यता अनुसार जन्मेकाहरूको मृत्यु निश्चित छ तथा मरेकाहरूको जन्म निश्चित छ । यसबाट पनि यस उपायरहित विषयको लागि तिमीले शोक गर्न योग्य छैनौ । अर्जुन्, सम्पूर्ण प्राणीहरू जन्मिनुभन्दा पहिले अप्रकट थिए र मरेपछि पनि अप्रकट रहनेछन्, केवल बीचमा मात्र प्रकट छन्, अनि यस्तो अवस्थामा के शोक गर्नु ? कोही एक महापुरुष मात्रले नै यस आत्मालाई आश्चर्यभैंm देख्दछन् र त्यसरी नै अर्का कुनै महापुरुषले यसको तŒवको आश्चर्यभैंm वर्णन गर्दछन् तथा अर्को कोही अधिकारी पुरुषले यसलाई आश्चर्यभैंm सुन्दछ र कोही कोहीले त यसलाई सुनेर पनि यसलाई जान्दैनन् । अर्जुन, यो आत्मा सबैको शरीरमा अवध्य छ । त्यसैले सम्पूर्ण प्राणीको लागि तिमी शोक गर्न योग्य छैनौ । क्रमशः