रवीन्द्र साह, कलैया, १५ असार/
आदर्श कोतवाल गाउँपालिकामा आदर्श युवा क्रिकेट क्लबको आयोजनामा श्रीराम चरित्र उच्च माविको खेल मैदानमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।
क्लबले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी क्रिकेट खेल हुने जानकारी गराएको हो ।
विगत ४/५ वर्षदेखि बाराको आदर्श कोतवाल गाउँपालिकामा क्रिकेटसम्बन्धी प्रतियोगिता सञ्चालन नहुँदा यहाँका क्रिकेट खेलाडीहरू पलायन हुने स्थितिमा पुगेका छन् । आदर्श कोतवालमा अहिले क्रिकेटसम्बन्धी गतिविधि शून्य अवस्थामा रहेको छ । जिम्मेवार निकायबाट क्रिकेटसम्बन्धी कुनै प्रतियोगिता नहुँदा आदर्श कोतवालका क्रिकेट प्रतिभाहरूले राष्ट्रिय स्तरसम्म पुग्ने अवसरसमेत गुमाइरहेका छन् ।
गाउँपालिकाको क्रिकेटलाई चलायमान बनाउन गाउँपालिका स्तरीय प्रथम मेयर कप २०७५ सञ्चालन गर्न लागेको क्लबले जनाएको छ ।
क्रिकेटमा राम्रो गर्न सक्ने खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुग्ने प्लेटफर्म बनाउनका लागि पनि यो सुरुआत आवश्यक रहेको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीले बताए । कार्यक्रममा प्रथम मेयर कप २०७५ सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न उपाध्यक्ष पूनमदेवी साहले आग्रह गरेकी थिइन्।
यही असार १६ देखि २३ गतेसम्म प्रतियोगिता हुने आयोजक क्लबले जानकारी गराएको छ । खेलमा आठवटा टीम सहभागी हुनेछन् ।