डा. बासुदेवलाल दास, पीएच.डी.
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज
गताङ्कको बाँकी
बाह्य आलोचना अन्तर्गत अर्को विचारणीय कुरो के हुन्छ भने प्रस्तुत दस्तावेज आप्mनो स्थानमा कतिसम्म उचित वा जायज रहेको छ, सोबारे अध्ययन गर्नु । यसका लागि प्रस्तुत दस्तावेजका समकालीन अन्य साहित्यिक सामग्रीहरूका आधारमा जाँच गर्नुपर्ने हुन्छ । उदाहरणका लागि कुनै कालखण्डको नेपालको ऐतिहासिक दस्तावेजको प्रामाणिकता विषयक परीक्षण गर्दा समकालीन कालखण्डमा छिमेकी (भारतीय क्षेत्र तथा तिब्बती क्षेत्र) मा लेखिएका अन्य स्रोत सामग्रीहरूमा प्रस्तुत दस्तावेजबारे कति चर्चा परेको छ, अथवा उक्त दस्तावेजमा वर्णित विषयवस्तु अन्य स्रोत सामग्रीमा गरिएको चर्चासित भाषागत, साहित्यगत, शिल्पगत तथा स्वरूपगतरूपमा समेत कतिसम्म मेल खाने रहेको छ, यसतर्पm ध्यान दिनुपर्ने हुन्छ ।
यस प्रकार बाह्य आलोचनाका सिद्धान्तहरूको आधारमा दस्तावेज अथवा सामग्रीको प्रामाणिकताबारे विश्वस्त भइसकेपछि यसको अर्को पक्षतिर विचार गर्नुपर्ने हुन्छ, जसलाई आन्तरिक आलोचना भनिन्छ ।
(ख) आन्तरिक आलोचनाः– आन्तरिक आलोचनालाई अर्को शब्दमा विश्वसनीयताको समस्या विषयक अध्ययन पनि भनिन्छ । यस अन्तर्गत पहिलो कुरा भनेको दस्तावेजको मूलपाठलाई उसको आन्तरिकरूपमा बुभ्mनुपर्ने हुन्छ । यसमा सबभन्दा पहिले दस्तावेजमा रहेका शब्द र पदहरूको उचित अर्थ र तात्पर्यको निर्दिष्टीकरण गर्ने कार्य गर्नुपर्ने हुन्छ । शब्द र पदहरूका अर्थहरू कालक्रममा बदलिने हुन्छन् । अतः अनुसन्धानकर्ताले दस्तावेजमा प्रयुक्त शब्द र पदहरूको मौलिक अर्थ र भाव पत्ता लगाउनुपर्ने हुन्छ, जसले गर्दा तथ्यको विश्लेषण र व्याख्या गर्न सहयोग पुग्ने हुन्छ । यदि यसो गरिएन भने कतिपय महŒवपूर्ण घटना र विकासबारे गलत धारणा बन्न सक्ने सम्भावना हुन सक्दछ । विद्वानहरूको विचारमा अनुसन्धानकर्ताको कार्य भनेको दस्तावेजमा लेखिएका शब्द र पदहरूको अर्थ बुभ्mनुका साथै त्यसको लेखकको वास्तविक अभिप्राय एवं भावसमेत बुभ्mनुपर्ने हुन्छ । भनिन्छ कि यसका लागि अनुसन्धानकर्ताले सम्बद्ध अन्य विभिन्न विषयबारे ज्ञान प्राप्त गर्नुपर्ने हुन्छ, जसले गर्दा ऊ स्वयम्लाई समकालीन (तत्कालीन) युगमा उभ्याउन सक्ने हुन्छ । यस सन्दर्भमा पाठको भाषाबारे पनि जानकारी प्राप्त गर्नुपर्ने हुन्छ । भाषाको विद्यमान स्वरूप विभिन्न कालखण्डको अवधिमा विकसित हुँदै आएकोले तयार पारिएको दस्तावेजमा सम्बन्धित युगको अनुरूप त्यसको भाषा रहे, नरहेकोबारे आन्तरिक आलोचना अन्तर्गत परीक्षण गरिन्छ । यसका लागि शब्दकोशहरू सहायक हुन सक्ने भनिन्छ । यसका साथै सम्बन्धित देश र समाजको रीतिरिवाज, कानून र संस्थागत अवस्थिति इत्यादिबाट पनि यस क्षेत्रमा सहयोग लिन सकिन्छ ।
यसरी नै दस्तावेजका लेखकद्वारा प्रयोग गरिएको भाषाको यथार्थ भाव बुभ्mन तथा त्यसको सही र उचित विश्लेषण गर्नका लागि मूलपाठलाई आद्योपान्त अध्ययन गर्नुपर्ने हुन्छ । यसबाट दस्तावेजको समग्र सन्दर्भबारे जानकारी पाइने हुन्छ । अर्कोतिर, भनिन्छ कि दस्तावेजको भाषा र शब्दको अर्थ स्पष्ट गर्दैमा त्यसको मूल भावको विषयमा सबै कुरा थाहा नहुन पनि सक्दछ । यस्तो अवस्था खासगरी धार्मिक ग्रन्थ, निजी चिठीपत्र तथा साहित्यिक स्रोतहरूको सन्दर्भमा आउने गरेको हुन्छ । यस प्रकारका दस्तावेजहरूको भाषा कतिपय अवस्थामा अभिधात्मक नभएर लाक्षणिक र व्यञ्जनात्मक हुने गर्दछ । यस्तै, कतिपय साहित्यिक स्रोत सामग्रीमा आलङ्कारिक भाषाको प्रयोग गरिएको हुन्छ, जसबाट शुद्ध तथ्यगत भावलाई ठम्याउन केही कठिनाइ हुने गर्दछ । यस प्रकार पाठको भाषा, अर्थ, तात्पर्य र भावबारे परीक्षण गरी विश्लेषण गरिने प्रक्रियालाई अर्को शब्दमा ‘सकारात्मक आलोचना’ पनि भनिन्छ । यसबाट अनुसन्धानकर्तालाई दस्तावेजको मूलपाठको लेखकका मनसाय र अवधारणाबारे जानकारी प्राप्त गर्न सजिलो हुने गर्दछ ।
यसका साथै आन्तरिक आलोचना अन्तर्गतको ‘नकारात्मक आलोचना’ विषयक चर्चा पनि गरिएको पाइन्छ । यस अन्तर्गत भनिन्छ कि अनुसन्धानकर्ताले सङ्कलित तथ्याङ्क र स्रोत सामग्री अन्तर्गत रहेका सबैथोक तथ्यपूर्ण र उपयोगी हुन सक्ने भनेर ठम्याएको भए तापनि तीमध्ये कतिपय तथ्यहरू परस्पर विरोधाभासपूर्ण तथा एक अर्कोलाई खण्डन गर्ने खालका समेत रहने गरेका हुन्छन् । यस्तो अवस्थामा अनुसन्धानकर्ता समक्ष यस्ता अशुद्ध तथ्यहरूलाई केलाउनुपर्ने कार्य उपस्थित भएको हुन्छ ।
यस प्रकार, सामग्रीहरूको परिशुद्धि गर्ने सिलसिलामा दस्तावेजको सामथ्र्यबारे जाँच गर्दै अनुसन्धानकर्ताले यो विचार गर्नुपर्ने हुन्छ कि दस्तावेजका लेखकद्वारा प्रत्यक्ष अवलोकन गरेर प्रतिवेदन तयार पारिएको हो कि होइन । यदि यसो होइन भने कुन र कस्ता स्रोतहरूमाथि आधारित रहेर दस्तावेज प्रस्तुत गरिएको हो भन्नेबारे विचार गर्नुपर्ने हुन्छ । यसका साथै दस्तावेजमा वर्णन गरिएका घटनाको घटेको समय र दस्तावेज तयार पारिएको समयको बीचको फरक अवधिको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । यदि लेखक प्रत्यक्षदर्शी रहेको हुन्छ भने उसले व्यक्त गरेका विचार यथार्थपरक हुन सक्ने मानिन्छ । परन्तु, प्रत्यक्षदर्शीको वर्णन सर्वथा तथ्यपूर्ण नै हुन्छ भनेर भन्न सकिंदैन, किनभने यसमा उसको पूर्वाग्रह र पक्षपातका साथै अन्य अनेक कारणहरू हुन सक्ने हुन्छन् । यस प्रकार, सामग्रीको विश्वसनीयताको परीक्षण गर्दा अर्थात् आन्तरिक आलोचना गर्ने सिलसिलामा मुख्यतः चार कुरामा ध्यान दिनुपर्ने भनिन्छ ।
यसमध्येको पहिलो कुरा भनेको सत्यतथ्यको अभिव्यक्ति विषयक योग्यता हो । यस अन्तर्गत दस्तावेजका लेखकको त्यसमा वर्णित घटनासित कतिसम्म सन्निकटता रहेको थियो भन्नेबारे विचार गर्नुपर्ने हुन्छ, किनभने यसबाट सत्यतथ्यको अभिव्यक्ति प्रभावित हुने गर्दछ । यसमा समय र भौगोलिक अवस्थिति दुवैलाई आधार मानिएको पाइन्छ । यसको अर्को पक्ष भनेको दस्तावेज तयार पार्ने अवलोकनकर्ताको सामथ्र्य एवं सम्बन्धित घटनाप्रति रहेको उसको ध्यानबारे विचार गर्नुपर्ने हुन्छ । यसबाट लेखकको सत्यतथ्यको अभिव्यक्ति गर्न सक्ने क्षमताबारे जानकारी पाइने हुन्छ ।
दस्तावेजको विश्वसनीयताबारे जाँच गर्दा ध्यान दिनुपर्ने दोस्रो कुरामा लेखकको सत्यतथ्यलाई अभिव्यक्त गर्ने इच्छा र तत्परतासित दस्तावेजमा प्रस्तुत गरिएको विषयसित उसको सम्बन्ध कतिसम्म रहेको छ भन्ने कुरो आउँछ । भनिन्छ कि सत्य तथ्यको अभिव्यक्ति गर्ने योग्यता भएर मात्र हुँदैन, अपितु त्यसलाई अभिव्यक्त गर्ने इच्छा र तत्परता पनि हुनुपर्दछ । यसलाई अर्को शब्दमा भन्नुपर्दा लेखकसित सामथ्र्य र योग्यता हुँदाहुँदै उसले जानेर वा अनजानमा भूmटो बोलेको हुन सक्दछ । यसका अनेक कारणहरू हुन सक्दछन् । यसमा भनिन्छ कि लेखकले आप्mनो निजी स्वार्थ अथवा कुनै प्रियपात्रको स्वार्थको रक्षाका लागि यस्तो भूmटो कुरा बोलेको वा लेखेको हुन सक्दछ । त्यस्तै, सम्बन्धित घटनाप्रति उसको कुनै पूर्वाग्रह वा पक्षपात रहनुका साथै कसैलाई खुशी पार्नका लागि उसले सत्यलाई लुकाएको समेत हुन सक्दछ । यस क्षेत्रमा खासगरी आत्मकथा र निजी चिठीपत्रका लेखकले कतिपय जनश्रुति तथा परम्परालाई तथ्यको रूपमा अभिव्यक्त गर्ने गरेका पाइन्छन् । यस प्रकार, सत्यतथ्यलाई अभिव्यक्त गर्ने इच्छा र तत्परता नभएमा त्यस्ता दस्तावेजबाट अनुसन्धान कार्यमा नकारात्मक प्रभाव पर्न सक्ने हुन्छ ।
यस्तै, यस प्रकरणमा ध्यान दिनुपर्ने तेस्रो कुरामा प्रतिवेदन अथवा दस्तावेजको यथार्थताको विषय रहेको हुन्छ । भनिन्छ कि केही विशेष परिस्थितिमा लेखकले व्यक्त गरेका विचारहरू सत्यतथ्यको निकट हुने गर्दछ । यसरी पक्षपात र पूर्वाग्रह रहित भएर तयार गरिएको दस्तावेज पूर्णतः विश्वसनीय हुने गर्दछ । अर्कोतिर, एउटा चतुर मिथ्यावादीले जानीकन पनि यस्तो वातावरणको निर्माण गर्न सक्दछ कि सामान्यरूपमा हेर्दा त्यो विश्वसनीय नै बुझिने देखिन्छ । परन्तु सदैव यस्तो हुन सक्दैन । अतः अनुसन्धानकर्ताले यसतर्पm ध्यान दिएर उचित ढङ्गले शोधखोज गरी शुद्ध तथ्यगत कुरासमक्ष पुग्न सक्ने हुनुपर्दछ ।
यसरी नै यस अन्तर्गतको चौथो कुरा भनेको स्वतन्त्र सम्पुष्टिको विषय हो । बाह्य र आन्तरिक आलोचनाका सिद्धान्तहरूद्वारा दस्तावेजका सामग्रीको परीक्षण भइसकेको अवस्थासम्म पुगेर पनि कतिपय अवस्थामा सत्यतथ्यको पूर्णतः स्थापना हुन सकेको भने हुँदैन । यसरी कुनै पनि निष्कर्षलाई एउटा तथ्यको रूपमा स्थापित गर्नका लागि स्वतन्त्र प्रमाणहरूका आधारमा दुई अथवा दुईभन्दा बढी विश्वसनीय साक्ष्यहरूको परीक्षण गर्नुपर्ने हुन्छ । यसैलाई अर्को शब्दमा स्वतन्त्र सम्पुष्टि भनिन्छ । जब दुईवटा साक्ष्यहरूले कुनै कुरालाई प्रमाणित गर्दछन् भने त्यसलाई एक्लै प्रमाणित गरिएको भन्न सकिंदैन । यस्तो बेलामा कतिपय अवस्थामा कुनै दुईवटा प्रमाणहरूको आधार एउटै साक्ष्य हुन सक्दछ, जसले एकैनाससित प्रमाणित गरिरहेको हुन्छ । यस्तो अवस्थामा भने दुई फरकफरक साक्ष्यहरूको आधार लिइने गरिन्छ, जसबाट तथ्यको सम्पुष्टि स्वतन्त्ररूपले सिद्ध गर्न सकियोस् । यसरी स्थापित तथ्य सर्वदा स्वीकृत तथा मान्य हुने हुन्छ ।
यस प्रकार, अनुसन्धान कार्यमा दस्तावेजको महŒवपूर्ण स्थान एकातिर छँदैछ, यसका साथै ती दस्तावेजलाई विकृत पार्ने तŒवहरू एवं दस्तावेजको प्रामाणिकता, तथ्यपरकता र विश्वसनीयता विषयक कुराहरूतर्पm समेत ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ । अन्यथा भ्रमात्मक, असत्य तथा विकृत दस्तावेजबाट प्राप्त हुने जानकारी अनुपयोगी हुन जान्छ । अतः अनुसन्धान कार्यमा संलग्न व्यक्तिद्वारा दस्तावेजको उपयोग गर्दा यसतर्पm सचेत भएर ध्यान दिनुपर्ने हुन्छ । समाप्त