प्रस, वीरगंज, १६ असार/
मुख्यमन्त्री लालबाबू राउत गद्दीले प्रदेशमा बोलिने सबै मातृभाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भाषा आयोगद्वारा शनिवार जनकपुरमा आयोजित ‘भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली’ विषयक गोष्ठीमा मुख्यमन्त्री गद्दीले सबै भाषालाई सम्मान गर्ने गरी भाषा नीति ल्याउने तयारीमा प्रदेश सरकार रहेको बताए ।
भाषा अभिव्यक्तिको माध्यम भएको बताउँदै उनले सबैलाई भाषाको सम्मान गर्न सुझाव पनि दिए ।
प्रदेशका अधिकांश जनताले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहने उनले जिकिर गरे । उनले मातृभाषाको प्रयोगबाट समाज समृद्ध हुने भन्दै मैथिली र भोजपुरीलगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध रहेको बताए ।
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको अध्यक्षतामा भएको गोष्ठीमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. भरत झा, नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेता रामचन्द्र मण्डललगायतले मन्तव्य व्यक्त गरेका थिए ।