$type=ticker$count=12$cols=4$cate=0

आवश्यकता र भविष्यको कसीमा संविधान संशोधन

SHARE:

श्रीमन्नारायण
    स्थानीय तह, प्रादेशिक तह तथा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ । वर्तमान संविधानको सफल कार्यान्वयनका निम्ति उपरोक्त तीनवटै तहको निर्वाचनलाई आवश्यक मानिएको थियो । संविधानप्रति आप्mनो असन्तुष्टि व्यक्त गर्दै आएका मधेसी दलहरूसमेतले तीनै निर्वाचनमा सक्रिय सहभागिता देखाएका कारण अब नेपालको संविधानप्रति अन्तर्राष्ट्रिय जगत्को धारणामा समेत सकारात्मक परिवर्तन आउने निश्चित छ । मधेसी दलहरूले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई आफ्नो समर्थन मात्रै दिंदै आएको छैन, सङ्घीय समाजवादी फोरम त यसमा सहभागी पनि भइसकेको छ भने राजपा नेपाल पनि सरकारको निम्तोको प्रतीक्षामा रहेको देखिन्छ । संविधान संशोधनको मुद्दालाई प्रधानमन्त्रीको स्वेच्छामा अथवा निगाहमा समाधान हुने विषय मानिएको छ । संविधान एउटा गतिशील दस्तावेज हो तथा आवश्यकता एवं औचित्यको आधारमा यसमा संशोधन पनि गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्तिलाई उनको पुरानै अडानको रूपमा हेर्नुपर्दछ । सङ्घीय समाजवादी फोरमसित वर्तमान सरकारले गरेको लिखित सहमतिमा पनि देश र जनताका पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी समस्या समाधान गरिने कुरा उल्लेख छ । लिखित सहमतिको शब्दार्थ र भावार्थ पनि कमोबेस आवश्यकता र औचित्यको परिभाषाभित्र अटाउने शब्द नै हुन् । राष्ट्रिय एकता तथा अखण्डताको प्रतिकूल नहुने गरी संविधानमा संशोधन गर्न सकिने अडानलाई सत्ताधारी दलले किमार्थ त्याग्ने छैन । आवश्यकता र औचित्यको पहिचान एवं विश्लेषण पनि प्रधानमन्त्रीकै पार्टीका नेताहरूले गर्नेछन् । संविधान संशोधनको मुद्दा अब मधेसी दलहरूको निम्ति पनि प्राथमिकताको विषय रहेन । केन्द्र सरकारमा सहभागी हुन यसले देखाएको व्यग्रता यसैको सङ्केत हो । परिस्थिति यही रहिरह्यो भने ५ वर्षपछि नेपालमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको सङ्ख्यामा अझ ¥हास आउनेछ । अब त नेपाल कतै द्विदलिय व्यवस्थाको दिशातिर त अगाडि बढिरहेको छैन भन्ने आशङ्का पनि हुन थालेको छ । संविधान संशोधनको आवश्यकता र औचित्यबारे विश्लेषण हुनु आवश्यक छ ।
    गत वर्ष संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएका कारण नेपाली काङ्ग्रेस तथा पूर्व माओवादी केन्द्र यसमा समर्थन गर्न नैतिकरूपले बाध्य छन् । यद्यपि नेपाली काङ्ग्रेसका एकजना वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई संविधान संशोधनको दिशामा न लाग्न तथा यसको कार्यान्वयनमा लाग्न उचित हुने सुझाव दिएका छन् । नेपाली काङ्ग्रेसको सहयोग एवं समर्थनबिना पनि वर्तमान संविधानमा संशोधन सम्भव छ । तर नेपाली काङ्ग्रेस चाहेर पनि गैरजिम्मेवार हुन सक्दैन । राजनीतिक नैतिकता विपरीत काम गर्न सक्दैन । मधेसी दलहरू संविधान संशोधनको विषयमा उदासीन देखिएमा देशमा नयाँनयाँ मधेसीदलहरू अस्तित्वमा आउने सम्भावनालाई सोझै खारेज गर्न सकिंदैन ।  वर्तमान सरकारलाई समर्थन गरेर मधेसी दलहरूले ठूलो जुवा खेलेका छन् । संविधान संशोधन हुन सक्यो भने यसको प्रभाव र लोकप्रियता कायमै रहन सक्दछ तर कथम्कदाचित्त सम्भव हुन सकेन भने मधेसी दलको निम्ति यसको परिणाम दुःखद हुनेछ ।
    दक्षिणी छिमेकी राष्ट्र भारतका संविधान निर्माता डा. भीमराव अम्बेडकरका अनुसार कुनै पनि देशको संविधान वकिलहरूले लेखेको कानुनी दस्तावेज मात्रै हुँदैन, यसले मानवीय संवेदना, चाहना, आकाङ्क्षा एवं तिनको अधिकार एवं सुनौलो भविष्यलाई पनि सुनिश्चित गरेको हुन्छ । देशको संविधान जति बढी लोकतान्त्रिक एवं उदार हुन्छ, त्यस देशमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि एवं स्थायी शान्तिको सम्भावना पनि त्यति नै बढी हुने गर्दछ । संविधानको कमजोर पक्ष नै त्यस देशको पछ्यौटेपन, राजनीतिक अस्थिरता एवं देशकै असफलताको कारकसमेत साबित हुन सक्दछ । देशको संविधान केही पक्ष, केही दल तथा केही समूहको सम्झौतापत्र मात्रै हुनुहुँदैन । संविधानको परिधिभित्र रहेर समाधान हुन सक्ने विषयहरूमा संविधान संशोधन हुनुलाई अन्यथा मान्न सकिंदैन । हामीले सङ्घीयता, लोकतन्त्र एवं गणतन्त्रलाई आत्मसात् गरिसकेको परिप्रेक्ष्यमा संविधान संशोधनको विषयलाई सामान्यरूपमा लिनुपर्दछ । यसैलाई कसैले पनि प्रतिष्ठाको विषय बनाउनुहुँदैन । अब त मधेसी दलहरूको निम्ति पनि संविधान संशोधनको विषय सुगा रटाई मात्रै साबित भइरहेको छ । तर देशको ठूला राजनीतिक दलहरूले नै यसको आवश्यकता, महŒव एवं गम्भीरता बुझेर समाधानको दिशामा लाग्नु उपयुक्त हुनेछ । केही विषय तत्काल संशोधन योग्य देखिन्छ भने केही विषय दुई चार वर्ष पछि पनि संशोधन गर्दा हुन्छ । संविधान संशोधनले देशको अहित गर्ने छैन ।
    आवश्यकता– संविधान निर्माण गर्दा आप्mनो उपेक्षाा गरिएको, नेपालको अन्तरिम संविधान २०६३ मा रहेका कतिपय राम्रा प्रावधानहरूलाई वर्तमान संविधानमा नलेखिएको तथा विगतमा भएका लिखित सम्झौताहरूलाई वर्तमान संविधानमा लिपिबद्ध न गरिएको भन्दै मधेसी दलहरूले तराई–मधेसमा ठूलो आन्दोलन गरे । यस आन्दोलनका कारण पाँच दर्जनभन्दा बढी नेपाली नागरिकले ज्यान गु्माउनुप¥यो ।
    संविधान जारी भएको केही दिनपश्चात् नै सरकारले तीन ठूला दलको सहमतिमा संविधानको धारा ४२ (१), ८४ (ख) र २८६ (५) मा संशोधन ग¥यो । जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा समानुपातिक समावेशिता जस्ता विषयलाई संशोधनपश्चात् संविधानमा लिपिबद्ध गर्ने काम भयो । तर एकातिर तीन ठूला दलहरू आपूmले दिएको जति लिनुपर्ने र अर्कोतिर मधेसी आन्दोलनकारीहरू मागेको जति पाउनैपर्ने अडानमा थिए । संविधानमा संशोधन हुँदा पनि मधेसी आन्दोलनकारीहरूको सहभागितालाई आवश्यक ठानिएन । यसले गर्दा मधेसी दलहरूलाई थप जिस्क्याउने काम ग¥यो । आप्mना केही प्रमुख मुद्दा सम्बोधन भइसक्दा पनि तीन ठूला दलको विरोधमा मधेसी आन्दोलनकारीहरूले आन्दोलनको गतिलाई बढाउने काम नै गरे तर जनताको धैर्यले जवाफ दिन थाल्यो । अन्ततः आन्दोलनकारी मधेसी दलहरू आफैंले अघोषितरूपमा आन्दोलनको अन्त्य पनि गरे ।
    गत वर्ष भदौ महिनामा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको माओवादी सम्मिलित साझा सरकारले संविधानमा संशोधन गरी यस विषयलाई समाधान गर्ने प्रयास गरेको थियो । उक्त सरकारले राष्ट्रियसभाको गठन एवं प्रतिनिधिसम्बन्धी धारा ८६, नेपालको नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाको नागरिकतासम्बन्धी धारा ११६, नेपालमा बोलिने भाषाहरूलाई संविधानको अनुसूचिमा उल्लेख गर्ने तथा तिनलाई सरकारी कामकाजको भाषाको रूपमा स्थान दिलाउने विषयमा संविधानको धारा ६ र ७ मा संशोधन, धारा २७८ मा मातृभाषाको सूची, भाषा आयोगले गठन जस्ता विषयमा संशोधन प्रस्तावहरू तत्कालीन सरकारद्वारा ल्याइएको थियो । भौगोलिक, सांस्कृतिक एवं भाषिक एकरूपता तथा सामुदायिकतालाई ध्यानमा राखी प्रदेश नं. ४ लाई पूर्णरूपेण पहाडको जिल्ला र प्रदेश नं. ५ लाई पूर्णरूपेण तराईको जिल्ला भएको प्रदेशको रूपमा सीमाङ्कन गर्नेगरी संविधानको धारा २७४ र संविधानको अनुसूची ४ मा संशोधन प्रस्ताव गरिएको थियो तर प्रतिपक्षी दलहरू नेकपा एमाले, राप्रपा नेपाल एवं साना–साना वामघटकहरूको विरोधका कारण यो संशोधन प्रस्ताव पारित हुन सकेन ।
    मधेसी दलहरूले सविधान संशोधनका निम्ति अघि सारेका मुद्दाहरूमध्ये वैवाहिक अङ्गीकृत नागरिकता तथा भाषा आयोगको गठनसम्बन्धी विषयलाई पनि वर्तमान सरकारद्वारा संशोधन हुन सक्यो भने यो उनीहरूको निम्ति लाज बचाउने  माध्यम हुनेछ । तर यथार्थमा यसले समस्याको संमाधान गर्ने छैन । राष्ट्रियसभाको प्रतिनिधित्व तथा सीमाङ्कनको विषयमा संविधान संशोधन हुने सभावना देखिंदैन । वर्तमान अवस्थामा मधेसी दलहरूको निम्ति संविधान संशोधनभन्दा बढी महŒव सत्ता सहभागिताले राखेको छ । संविधान संशोधनको आवश्यकता र औचित्यलाई प्रधानमन्त्री तथा  नेकपाले महसुस गरेमा मात्रै यो संभव हुनेछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आवश्यकता र भविष्यको कसीमा संविधान संशोधन
आवश्यकता र भविष्यको कसीमा संविधान संशोधन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg3iifOlJ3tA25c1owXZqbt0o51hyphenhyphenUYHAUSq3MaQE1nR7KFDM2goeGQSh4dLzohsyDMVthCOycyVLambKlblkj7ViqNo-9LNXyBol8tsbUMdVv6p60d3vV5Bt9bfqnt2eG6kkOX_gD1WHCC/s200/sriman.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg3iifOlJ3tA25c1owXZqbt0o51hyphenhyphenUYHAUSq3MaQE1nR7KFDM2goeGQSh4dLzohsyDMVthCOycyVLambKlblkj7ViqNo-9LNXyBol8tsbUMdVv6p60d3vV5Bt9bfqnt2eG6kkOX_gD1WHCC/s72-c/sriman.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/06/blog-post_648.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/06/blog-post_648.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy