$type=ticker$count=12$cols=4$cate=0

भ्रमणको कर्मकाण्ड र उपलब्धिको आलाप

SHARE:

ओमप्रकाश खनाल
    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका उपलब्धि र यसका आयामहरूका बारेमा बहस र मन्थन मत्थर भइसकेका छैनन् । सत्ता पक्षधर भ्रमणको महिमामण्डनमा आत्मरति खोजिराखेका देखिन्छन् । विपक्षीले विरोधको धर्म निर्वाह गरिराखेको भान हुन्छ । प्रधानमन्त्रीको कुर्सीमा उक्लिनेबित्तिकै दक्षिण र उत्तर छिमेकको दौडाहा लगाइहाल्नुपर्ने, तर उपलब्धिको सार खासै नदेखिने विडम्बनाको पुनरावृत्तिले यसको औचित्यमा प्रश्न उठ्नु अस्वाभाविक पनि होइन । अहिलेका प्रधानमन्त्रीले कुनै नौलो काम गरेका छैनन् । विगत अभ्यासको पुनरावृत्ति मात्रै हो, पहिला दिल्ली दर्शन, त्यसपछि बेइजिङ ।
    हाम्रोजस्तो सानो र आश्रित अर्थतन्त्रमा उभिएको देशले छिमेकसँगको सम्बन्धलाई बेवास्ता गरेर लक्षित उपलब्धिमा पुग्न सकिन्छ भन्ने पनि होइन । हामी भारत र चीनको समृद्धिको सहायक बन्न सक्छांै कि सक्दैनौं ? यो अलग तर सोचनीय विषय हो । तर ती देशसँगको सहकार्यबिना हाम्रो समृद्धिको लक्ष्य अघि बढ्न सक्दैन, यो चाहिं कटु सत्य हो ।
    भ्रमणको सारको भेउ पाउन सन् २०१६ मा प्रधानमन्त्रीको हैसियतमा ओलीको पहिलोपटक चीन भ्रमणका सम्झौता कार्यान्वयनको ओज स्मरण मात्र पनि पर्याप्त हुन सक्छ । त्यसताका खुबै चर्चामा आएको यातायात तथा पारवहन सम्झौतामा यतिखेर प्रोटोकलमा देखिएको अलमल मात्र पनि कार्यान्वयनमा तत्परताको भेउ पाउन कठिन पर्दैन । स्पष्ट छ, यसमा चीनभन्दा पनि हाम्रो चासो बढी छ । चीन होओस् वा भारत उनीहरूको समृद्धिका लागि नेपालको साथको अर्थ नगन्य हुन सक्छ । तर हाम्रानिम्ति दुई देशसँगको सुसम्बन्ध र सहयोग नभई विकास त के, दैनिकी चलाउन पनि कठिन छ भन्ने कुरा बुभ्mन अब अर्को नाकाबन्दी कुर्नुपर्दैन । राष्ट्रियताको आलाप र त्यसमा लगाइएको जलप राजनीतिक दुनो सोभ्mयाउने औजार मात्र हो भन्ने कुरा ‘अब्बल राष्ट्रवादी’का फेरिएका बोली र लोलीले प्रमाणित गरिराखेका छैनन् र ?
    प्रधानमन्त्रीको असार ५ देखि १० गतेसम्म ६ दिने चीन भ्रमणमा नौवटा निजी (सार्वजनिक–साझेदारी) र १४ वटा सरकारीस्तरमा सहमति भएका समाचार सञ्चार माध्यममा आएका छन् । जलस्रोतको विकासमा द्विदेशीय निजी क्षेत्रबीच १ खर्ब ८० अर्ब रुपैयाँको लगानीमा कुल ८७९ मेगावाट जलविद्युत् उत्पादनको सम्झौता भएको छ ।६०० मेगावाटको मनाङ मस्र्याङ्दी, १६४ मेगावाट क्षमताको कालीगण्डकी र ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना यसमा छन् । यसपटकको सम्झौता सरकारीस्तरमा मात्र नभएर निजी क्षेत्रसँग पनि भएकाले कार्यान्वयनमा आशावादी हुन सकिए पनि ढुक्क हुने आधार भने देखिएको छैन ।
    लगानी आकारको आलाप मात्र पर्याप्त हुँदो हो त, पश्चिम सेतीमा काम शुरु गरिसकेको चिनियाँ कम्पनीका बहानाबाजीलाई कुन अर्थमा लिने ? विगतमा काठमाडौंमा भएको लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । त्यसमा ८ खर्ब रुपैयाँ त चिनियाँहरूकै थियो । तर लगानीको आकार कसैबाट लुकेको छैन । बर्सेनि ३ अर्ब रुपैयाँको औसत आकारबाट उकालो लाग्न सकेको छैन । प्रतिबद्धताको औपचारिकतालाई लगानीकै रूपमा रूपान्तरण गर्न सरकारको प्रतिबद्धता र त्यसको व्यावहारिक कार्यान्वयनको प्रत्याभूति नभई हुँदैन ।
    जलविद्युत्को क्षेत्रमा लगानी ल्याउन भारतीय विद्युत् व्यापार निर्देशिकाको विरोधाभासको समाधान प्राथमिक शर्त हुनुपर्दछ  । नेपालमा उत्पादित बिजुलीको सहज बजार भारत नै हो । तर भारतले बिजुली आयातका लागि त्यस्ता उत्पादनमा भारतीय कम्पनीको ५१ प्रतिशत लगानी हुनैपर्ने प्रावधान राखेसम्म नेपालमा भारतबाहेक अन्य देशको लगानी कसरी भित्रिएला ? यो सोचनीय विषय हो । पश्चिम सेतीमा चिनियाँ कम्पनीको आनाकानी यसैको परिणाम हुन सक्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणमा भारतीय पक्ष यो प्रावधानको गाँठो फुकाउन सहमत भएका कुरा नआएका पनि होइनन् । तर भरपर्दो आधार भने अभैm प्रकट हुन सकेको छैन । भारतले आप्mनो राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति–नियम बनाउनु अस्वाभाविक होइन । तर जलविद्युत् बेचेर मनग्य आर्जन गर्न तल्लीन हाम्रो कूटनीति यस्ता अवरोधको निकासमा अस्वाभाविकरूपमा उदासीन देखिनु चाहिं बुझिनसक्नु विषय बनेको छ ।
    नेपाल–चीनबीच विभिन्न नाका खोल्ने, तातोपानी नाका सुचारु गर्नेजस्ता विषय नयाँ होइनन् । यी कुराले अहिलेभन्दा ओलीको अघिल्लो चीन भ्रमणमा बढी चर्चा पाएका थिए । तर भारतीय नाकाबन्दीको असहजता मत्थर हुनेबित्तिकै सबै सेलाएर गए । अहिले भ्रमणताका सतहमा आए पनि समयान्तरमा ओझेलमा परेछन् भने कुनै आश्चर्यको विषय बन्नेछैन । हामीकहाँ सहमति गर्ने, कार्यान्वयन नगर्ने प्रवृत्ति जो छ । विगतमा सहमति कार्यान्वयन नहुनुमा बहुमतको सरकार नहुनुलाई कारण देखाइएको छ । अहिले बहुमतको सरकार छ । सहमति कार्यान्वयन हुनेमा आशावादी बन्न सकिन्छ । तर बहुमतभन्दा पनि अदृष्य निर्देशन बढी हावी हुने राजनीतिक बेथितिको उपचार नभई ढुक्क हुने आधार बन्दैन ।
    केपी ओलीको अघिल्लो भ्रमणमा नेपालको कुल खपतमध्ये एक तिहाइ पेट्रोलियम पदार्थ चीनबाट ल्याउने सहमति भएको थियो । यो विषय पूरै ओझेलमा परेको छ । नेपालको व्यापार र सम्बन्धका आयामहरूलाई विविधीकरण गर्न नजान्नुको पीडा त हामीले बारम्बार भोगिसकेकै छौं । तर सरकार यस तथ्यबाट पूरै उदासीन देखिनुले राम्रो सङ्केत गर्दैन । चीन र भारत आपैंmमा महŒवपूर्ण व्यापारिक साझेदार रहेको सन्दर्भमा कतिपय मुद्दामा चीनले गरेको बेवास्ताले आशङ्काको घेरालाई फराकिलो नै बनाउँछ । हाम्रो कूटनीति भारतलाई देखाएर चीनलाई तर्साउने र चीनतिर लहसिएर भारतलाई घुक्र्याउने काइते पाराबाट मुक्त हुन सकेको छैन । यस्तो कमजोर कूटनीतिक मनोवृत्तिको धरातलमा उभिएर सहकार्य र समझदारीको जग कसरी बलियो हुन सक्ला र ?
    काठमाडौं, पोखरा र लुम्बिनीसम्म रेलका कुरा नयाँ होइनन् । यही रेलको प्रतिस्पर्धामा भारतले वीरगंजदेखि काठमाडौंसम्मको रेल उपहार भिराएर पठायो । भारत भ्रमणको एजेन्डामैं नरहेको रेलको भारी बोकेर ओली किन फर्किए ? उत्तर जगजाहेर छ । अहिले रेलदेखि पानीजहाजसम्मका कुराहरू प्रखररूपमा प्रकट भइराखेका बेला यसको विरोध त परको कुरा सम्भाव्यताका आयामलाई केलाउन खोज्नु पनि विकासविरोधी साबित हुन सक्छ । विकासका यस्ता आयामहरूको अनिवार्यतालाई अस्वीकार गर्न खोजिएको पक्कै पनि होइन । तर रूपान्तरण सहज र लाभदायी स्वरूपमा हुन सक्यो भने मात्रै त्यसले समृद्धिलाई सघाउँछ । पूर्वपश्चिम रेलको उपादेयता जति सहज र सार्थक हुने देखिन्छ । वीरगंज–काठमाडौं र चिनियाँ रेलको सम्भाव्यता र त्यसको उपयोग असम्भव नभए पनि प्रयोजनमा पर्याप्तै आशङ्काहरू नभएका होइनन् । भूबनावटका आधारमा वीरगंज–काठमाडौं रेल र हिमाल छिचोलेर काठमाडौं हुँदै पोखरा र लुम्बिनी हेलिने रेलको सम्भावना कतिको होला ? सरोकारका पक्षहरू नै यसमा अहिलेसम्म स्पष्ट छैनन् । अर्को कुरा, चीनले केवल नेपालको बजारलाई मात्र लक्षित गरेर रेल बनाइदेला ? कि नेपाल हुँदै भारतीय बजारसित जोडिने चिनियाँ रणनीति हो ? ती रेल नेपालमा कुदेछन् नै भने पनि नेपालले त्यसबाट कसरी फाइदा लिन सक्छ ? चिनियाँ रेल कसको खर्चमा बनाउने ? ती रेलमा नेपालले के ढुवानी गर्ने ? त्यसका लागि हामीले आपूmलाई अद्यावधिक गराउने रणनीति छ कि छैन ? यस्ता अनुत्तरित प्रश्नहरूको कमी छैन ।
    भौगोलिक हिसाबले पनि चीनतिरबाट आउने रेलको लागत बढी पर्ने देखिन्छ । प्रस्तावित चिनियाँ रेलका लागि २ खर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । यो खर्च ऋणमा हो भने त्यसबाट नेपाललाई लाभ पुग्छ कि ऋणको भारीमा थिचिन्छ ? यस्ता प्रश्नहरूको सापेक्ष समाधान नभई सम्झौताका अवयवहरू क्षणिक ‘स्टन्ट’बाहेक अन्य हुन सक्दैनन् । यस्ता अमुक र अस्पष्ट कुरालाई भ्रमणका उपलब्धि मानेर नेतृत्व मख्ख मात्र पर्न सक्छ, जनताले अनुभूति गर्ने खालको उपलब्धि भने सम्भव हुनेछैन ।
                             यmपजबलब२िनmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भ्रमणको कर्मकाण्ड र उपलब्धिको आलाप
भ्रमणको कर्मकाण्ड र उपलब्धिको आलाप
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjZxfqQr4gGsnQhOKD9AAugwq0zFQMQgXDGrJEEH6SqttWCzip4OMXN3Df7rvLVmBT8iXe24So9d-kTFWcAWOBmzWD51D_GeLHIMK4aUNdjE-U2PjGvV9qvyRfkRicrxfr5LIkYOuw5Rpyi/s200/omprakash+khanal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjZxfqQr4gGsnQhOKD9AAugwq0zFQMQgXDGrJEEH6SqttWCzip4OMXN3Df7rvLVmBT8iXe24So9d-kTFWcAWOBmzWD51D_GeLHIMK4aUNdjE-U2PjGvV9qvyRfkRicrxfr5LIkYOuw5Rpyi/s72-c/omprakash+khanal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/06/blog-post_555.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/06/blog-post_555.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy