प्रस, वीरगंज, १५ असार/
असार १५ गते अर्थात् धान रोपाइँ दिवसको अवसरमा युवा संवाद नागरिक सद्भाव कार्यक्रममा शुक्रवार धान रोपाइँ गरिएको छ ।
कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य नवीन सिंह, जिल्ला सचिव विवेक चौरसिया, महाअधिवेशन प्रतिनिधि साबिर अहमद, अनिल यादव, जङ्गबहादुर कुर्मीलगायतको उपस्थिति थियो ।
प्रस, परवानीपुर/
देशभरि शुक्रवार असार १५ अर्थात् १५औं राष्ट्रिय धान दिवस मनाइएको छ ।
पर्सामा जिल्ला कृषि विकास कार्यालय पर्सा र कृषि औजार अनुसन्धान कार्यालय वीरगंजले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी धान दिवस मनाएका छन् । सो अवसरमा आधुनिक प्रविधि प्रयोग गरी धानको उत्पादन बढाउन कृषकहरूलाई जानकारी दिइएको थियो ।
कृषि औजार अनुसन्धान कार्यालयले आज बिहान कार्यालय परिसरमा कृषिमा यान्त्रीकरणको प्रयोग गर्ने उद्देश्यले ड्रम सिडरबाट धानबाली लगाउने तरिकाबारे प्रदर्शन गरी किसानलाई देखाइएको छ । खेतमा गुडाउने किसिमको ड्रममा अङ्कुरण भएको बीउ राख्दै हातको सहाराले ड्रमलाई डो¥याउँदै बीउ छर्ने प्रविधिलाई ड्रम सिडर भनिन्छ ।
यो प्रविधि कृषि अनुसन्धान केन्द्र वीरगंजले आप्mनै स्तरबाट विकास गरी किसानको लागि सिफारिस गरिसकेको छ । कम मिहिनेतबाट व्यवस्थित धानबाली लगाउन यो प्रविधिले मदत गर्छ ।
केन्द्र प्रमुख वरिष्ठ वैज्ञानिक सचिन मिश्रका अनुसार यो प्रविधिबाट धानबाली लगाउँदा कट्ठामा अढाई क्विन्टलदेखि ३ क्विन्टलसम्म धान उत्पादन हुने गरेको छ । जबकि पारम्परिक विधिबाट धानबाली लगाउँदा ८० किलोदेखि १२० किलोसम्म धान उत्पादन हुन्छ । सबैभन्दा पहिले समतल खेतमा २/३ सेमीसम्म पानी राखेर ड्रम सिडरबाट धानको बीउ खसाल्नुपर्छ ।
ड्रम सिडरबाट खसाल्ने धानको बीउ २४ घण्टा भिजाएर ३६ देखि ४८ घण्टासम्म अङ्कुरण भएपछि मात्र प्रयोग गर्नुपर्छ ।
ड्रम सिडरले ६ इन्चको दूरीमा धानको बीउ खसाल्ने भएकोले धानको बेर्नाबीचको दूरी समान भई मेशिनबाट गोडमेल गर्न सहज हुन्छ । केन्द्रले ड्रम सिडरमा प्रयोग हुने धानको बेर्ना तयार गर्नेबारेमा पनि जानकारी गराएको छ । धानको बेर्ना मेशिनबाट रोप्न सो बेर्ना तयार गर्न सिकाइएको हो ।
समतल हिलाम्मे ब्याडमा ५ सेन्टिमिटरसम्मको पानीको सतहमा धानको बीउ राखेमा बेर्ना राम्रो उम्रिन्छ । यस्तो बेर्ना २१ देखि २५ दिनभित्र खेतमा रोप्दा राम्रो उत्पादन दिने वरिष्ठ वैज्ञानिक मिश्रले बताए ।
नरेश यादव, पर्सागढी/
पर्सागढी नपाको कृषि समिति संयोजक रामनारायण गौरोको अध्यक्षतामा राष्ट्रिय धान दिवस मनाइयो ।
कार्यक्रममा प्रमुख अतिथि मेयर लोकनारायण यादव, प्रमुख प्रशासकीय अधिकृत कृष्ण लम्साल, मनवा चौकीका प्रसनि ताराबहादुर पाण्डेलगायत कर्मचारी, स्थानीयवासीको सहभागितामा धान दिवस मनाइएको हो।
धान दिवसको अवसरमा विभिन्न कार्यक्रम
प्रमोद यादव, रङ्गपुर/
१५औं राष्ट्रिय धान दिवसको अवसरमा पटेर्वा सुगौली गापाले ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ नाराका साथ वडा नं ४ फरदवामा धान रोपेर मनाएको छ ।
कार्यक्रममा वक्ताहरूले सिंचाइ, कुलो, बोरिङ, बीउबिजन, मलखादको सहज आपूर्ति नभएको बताए । उनीहरूले धान उत्पादन वृद्धि गर्ने विभिन्न अनुदानलगायतका बारेमा गापाको गाउँपरिषद्बाट बजेट विनियोजन गराउनुपर्ने बताएका थिए ।
कार्यपालिकाको कृषि विकास शाखाद्वारा आयोजित कार्यक्रममा गापा प्रमुख हरिनारायण चौधरी, उपप्रमुख ममता महतो, प्रशासकीय अधिकृत बाबुराम न्यौपाने, गैरसरकारी महासङ्घ नेपाल प्रदेश नं २ का अध्यक्ष नरेश जैसवाल, गापा कृषि शाखाका प्रमुख कैलाश पण्डित, प्रनि आशीष अधिकारी, हृदयनारायण चौधरीलगायत वडाध्यक्षहरूको सहभागिता थियो ।
रवीन्द्र साह, कलैया/
कलैया उपमनपा कृषि शाखाले वडा नं २६ सिस्वा महेशपुरमा राष्ट्रिय धान रोपाइँ दिवस मनाएको छ ।
कार्यक्रममा सांसद रामबाबू यादवले बालीमा कीरा लागे जस्तै आजभोलि कृषिमा पनि राजनीतिक कीरा लागेको बताए । उनले देश कृषिप्रधान भएपनि सरकारले सबैखाले सेवा र अनुदान पहाडकेन्द्रित गरेको आरोप लगाए ।
सांसद यादवले सरकारले कृषकहरूलाई दुःख मात्र दिइरहेको बताउँदै राजनीतिको कारण मुलुक धानमा आत्मनिर्भर हुन नसकेको बताए ।
कलैयाका मेयर राजेशराय यादवले कृषकहरूको समस्या समाधान गर्न आपूmले सक्दो प्रयास गर्ने बताए । उनले आपूm किसानमैत्री योजना बनाउन व्यस्त रहेको पनि बताए । उनले भने– “म पनि किसान हुँ । कृषकको समस्या समाधान गर्छु ।”
कार्यक्रममा उपमेयर रहिमा खातुन, वडाध्यक्षहरू राजेश मण्डल, महेश साह, कार्यपालिका सदस्यहरू मोहन साह, वन्दना देवी, वडा सदस्य रामलाल साह, शशिकान्त यादव, दिलजान मियाँ, सञ्जयप्रसाद यादवलगायत कृषकहरूको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण कृषि शाखा प्रमुख शिवरत्न झाले गरेका थिए ।
यसैगरी महागढीमाई नगरपालिका बरियारपुर, बाराको सहयोग तथा नेपाल रेडक्रस गंजभवानीपुर उपशाखा बाराको आयोजनामा राष्ट्रिय धान रोपाइँ दिवस २०७५ को अवसरमा महागढीमाई नगरपालिका–५ कबहीजब्दीमा हर्सोल्लासका साथ राष्ट्रिय धान दिवस मनाइएको छ ।
उक्त कार्यक्रमको उद्घाटन नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गरेका थिए ।
सो अवसरमा थारू समुदायको संस्कृति झल्काउने विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । प्रभुलाल कुशवाहाको अध्यक्ष्Fतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख तारादेवी साह कानु, सहायक प्रजिअ मुकेश केशरी, प्रहरी नायब उपरीक्षक रञ्जीत सिंह राठौडलगायतको सहभागिता थियो ।
कार्यक्रममा सहभागीहरूले दही, चिउरा र आँप खाएका थिए ।
प्रस, सिम्रौनगढ/
असार १५ गते सिम्रौनगढ क्षेत्रका कृषकहरूले नयाँ वर्षको रूपमा मनाउने गर्छन् ।
सो क्षेत्रका कृषकहरूले आज बिहान मीठा परिकार बनाइ खाएर नयाँ वर्ष मनाउने गर्छन् । कृषकहरूले आज जङ्गली तरकारी खाने र घरबाहिर नजाने परम्परा रहेको अमृतगंजका कृषक गोपी महतोले बताए ।
त्यस्तै, आज घरको कुनामा पाँच टोकरी खेतको माटो राख्ने, गोठमा पशु बाँध्ने किलाको लागि जङ्गली काठको टुक्रा गाड्ने चलन छ । यसका साथै ढोकामाथि प्याज, खुर्सानी, नीमको पात झुन्ड्याउने चलन रहेको सिम्रौनगढ–६ अमरपुरका दिनेश कुशवाहाले बताए ।
निजगढमा सामूहिक रोपाइँ
प्रस, निजगढ/
पन्ध्रौं राष्ट्रिय धान दिवसको अवसरमा निजगढमा सामूहिकरूपमा धान रोपाइँ गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि निजगढका नगरप्रमुख सुरेशकुमार खनालले अन्य विकाससँगै खेतीयोग्य जमीन जोगाउनु आजको मूल आवश्यकता रहेको बताए ।
विकासका ठूला संरचना खडा गरेर मात्र नगरको विकास, समृद्धि पूर्ण नहुने भन्दै उनले राज्यको नीति अनुसार खेतीयोग्य उर्वर जमीन जोगाउन हामी सबैजना लाग्नुपर्ने बताए ।
निजगढमा स्मार्टसिटी, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, द्रुतमार्गलगायतका योजनाले निजगढका खेतीयोग्य जमीन प्लटिङ गर्दै खरिद–बिक्री भइरहे पनि पकेट क्षेत्र घोषणा गरी कृषियोग्य जमीनको बचाऊ गर्नुपर्ने नगरप्रमुख खनालको भनाइ थियो ।
विकास, समृद्धिको नाउँमा बाँच्नकै लागि छिमेकी देशहरूबाट खाद्यान्न आयात गर्नुपर्ने समस्या हाललाई सरलजस्तो देखिए पनि भविष्यमा खाद्यान्न सङ्कट आउन सक्नेप्रति राज्य बेलैमा सचेत हुनुपर्ने र खेतीयोग्य जमीन खण्डीकरण हुनबाट जोगाउन कडा कदम चाल्न जानकारहरूले राज्यपक्षलाई आग्रह गर्दै आइरहेका छन्।
कार्यक्रममा उपप्रमुख लीलादेवी लामिछाने, प्रशासकीय अधिकृत भरतचन्द्र अधिकारी, कृषि प्रसार अधिकृत रामशरण यादव, राजनीतिक दल, सङ्घसंस्थाका प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्मीलगायत स्थानीय सामूहिक धान रोपाइँमा सहभागी थिए । निजगढ नगरपालिका कृषि शाखाको सहयोग र रेडियो मध्य तराई निजगढको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रमको अध्यक्षता रेडियो मध्य तराईका प्रबन्ध निर्देशक उमेश सुनार र कार्यक्रम सञ्चालन लक्ष्मी पाण्डेले गरेकी थिइन् ।