जगदीशप्रसाद शर्मा
फुपूले र फुपूलाई भने वृन्दावनमा नचिनेको कसैले होइन। एक दिन वृन्दावनको एउटा कुनामा रहेको होटलमा मासु खाएँ, धर्मशाला फर्कंदा फुपू धोती लिएर बाथरूम अगाडि उभिनुभएको थियो। समातेर बाथरूममा हुल्नुभयो अनि मात्र कोठामा छिर्न दिनुभयो। वृन्दावनमा शास्त्रीय अशुद्ध हुनु नराम्रो मानिन्थ्यो। तामसी भोजन, दिसा–पिसाब गरेपछि नुहाउनै पर्ने। यस कारण दिनभरि दिसा–पिसाब नलागोस् भन्ने हुन्थ्यो। दिसा त प्रायः लाग्दैनथियो, तर म सानैदेखि बहुमूत्र रोगी थिएँ। छिनछिनमा पिसाब लागिरहने । अनि त बाहिर झ्याङ्गतिर गयो, लुकीछिपी भ्यायो, यस्तै चल्थ्यो।
वृन्दावन आज कस्तो छ, मलाई थाहा छैन, त्यै ताका तीनपटक गएको हुँ। खासै फरक थिएन। वृन्दावनको रमाइलो साँझ मन्दिर चहार्नु र बिहान जमुनामा नुहाउनु तथा विभिन्न कुञ्जहरूमा घुम्नु । वृन्दावनमा ठाउँ–ठाउँमा कुञ्जहरू छन्। कुञ्ज भनेपछि बाक्लोगरी रोपिएका ससाना बिरुवा–रुख भएका बगैंचा। हिंड्नका लागि सफा बाटो। सा¥है चित्ताकर्षक थिए ती निकुञ्जहरू। र त्यसमा घरमा आक्रमण गर्न गएका बाँदरहरू लखेटिएपछि एकै हुल बस्ने र अर्को लापरवाह घरको खोजीमा निस्कने । बाँदरले सातो लिन्थ्यो, पाहुनाहरूको।
एक दिन त्यसैगरी सिनेमा हेर्न गएको थिएँ, फर्कंदा जगजाहेर भयो। यस कारण होइन कि म प्रसिद्ध थिएँ, सानो वृन्दावनमा कसको पाहुना को हो भन्ने सबैले भेउ पाउँथे र फुपू त सबैलाई मेरो फलानो आएको छ, चिलानो आएको छ भनेर प्रचार गर्दै हिंड्नुहुन्थ्यो । त्यसैले वृन्दावनमा कुनै अस्वाभाविक काम हुनु भनेको कुनै पाहुनाले नै गर्न सक्दछ, र त्यो पाहुना ठम्याउन गा¥हो पर्दैनथ्यो। अरू त अरू एक दिन कराउन थाल्नुभयो– तँ जमुनामा नुहाउन गएको थिइस्, पौडी पनि खेलिस् भन्दै रुन थाल्नुभयो। सिनेमा हेर्नु र मासु खानु वर्जित होला, नुहाउनु त आरोपको कारण नहुनुपर्ने हो। भोलिपल्ट बिहान आप्mनो काम छोडेर मलाई लिएर जमुना किनार पुग्नुभयो र भन्नुभयो– ऊ हेर, त्यो ठाउँमा आजसम्म जति पनि मैं हुँ भन्ने पौडीबाज गए, निस्कन सकेनन्। त्यो ठाउँमा नजानू, बरु नुहाउनु मात्रै, पौडी किन खेल्नुप¥यो । साथै घाटका मानिसलाई भन्न पनि बिर्सनुभएन, यो केटो आयो र पौडी खेल्यो भने तुरुन्त मलाई खबर गर्नू।
यसरी फुपूको चित्त दुखाएकोमा मलाई पनि पीडाबोध भएको थियो। र, यसपालि ती सबै गुनासाहरू, आपूm सज्जन बनेर देखाउने छु भन्ने सोचेको थिएँ । यसैका लागि वृन्दावन बसुन्जेल पाइन्ट–शर्ट केही नलगाउने, धोती कुर्ता लगाउने सोचेको थिएँ। मसँग धोती हुनु काकताली मात्र थियो। म वृन्दावन जानका लागि हिंडेकै थिइनँ। तर, आमाले व्रतबन्ध भइसकेको छ, एकजोर धोती लिएर जा भनी जबरजस्ती हालिदिनुभएको थियो। मलाई विश्वास थियो, यसपालि फुपूले मलाई राम्रै पुरस्कार दिनुहुन्छ।
हामी दिउँसो १ बजे दिल्ली जाने तूफान एक्सप्रेस चढेका थियौं । यो एक्सप्रेस ७ घण्टा ढिलो थियो रे। यति ढिलो पनि हुन्छ र, लागेको थियो। आगरासम्मको टिकट किनेर साधुबाबा र म रेल चढ्यौं। रेलमा धेरै भीड पनि थिएन, खाली ठाउँ पनि थिएन । संयोगले साधुको सुझावविपरीत म जुन डब्बामा चढें, त्यसमा भद्र मानिसहरूको कब्जा थियो। रेल हिंडेपछि सहयात्रीहरूसँग कुराकानी हुन थाल्यो।
म स्वभावले अन्तर्मुखी मानिस हुँ। हतपती कसैसँग नबोल्ने। तर किन हो, केटाकेटी उमेरमा भने बाहिर यात्रामा हिंडेको बेला के, कसो, कहाँजस्ता प्रश्नहरूबाट कसैसँग परिचय बढाउन ज्यादै रहर लाग्थ्यो। एकजना आगरा जान हिंडेका दम्पती थिए। केही मोटा र स्पष्ट कुरा गर्ने, शायद सहयोगी र परदुःख–कातर पनि।
उनले मेरो आगरा गएर ताजमहल र लालकिल्ला घुमेर बेलुकी बसबाट वृन्दावन जाने कुरा सुनेर मलाई स्नेहपूर्ण हप्की दिए तथा अन्य सहयात्रीहरूसँग सोधे– बताइए तो यह ट्रेन कब आगरा पहुँचेगी, और आगरा से मथुरा या वृन्दावन के लिए कोई बस भी है क्या १ सबैले एक स्वरले भने– ट्रेन तो शामको आगरा पहुँचेगी और वहाँ से वैसी कोई बस भी नहीं चलती है, जो मथुरा या वृन्दावन जाए। उनले फेरि सोधे– आपको किसने बताया ? मैले साधुतिर हेरें तर उनी त्यहाँ थिएनन्। हमारे ही मुल्क के एक साधु हैं, यहीं तो बैठे थे, उन्हीं ने बताया । ती सुहृदयी महाशय पीडित भए, उनले भने आपका टिकट कहाँ तक का है। मैले भनें– आगरा।
आगरा कौन, सिटी या कैन्ट। त्यो मैले टिकट हेरेर बताएँ। पहिले आगरा सिटी आउँथ्यो कि कैन्ट त्यो कुरा त मैले बिर्सें तर ती सज्जन व्यक्तिले भने– अब आप आगराका पहला स्टेशन आते ही उतर जाएँ और मथुरा का टिकट खरिद लें। गाडी थोडी देर रुकती है। आप के सामान का मैं रखवाली कर दुँगा। उनको सुझाव अनुसार गर्न भनेर म आगरा स्टेशनमा गाडी रोकिने बित्तिकै टिकट किन्न कुदिहालें। यहाँ टिकट किन्न उनले सल्लाह यस कारण दिएका थिए कि मेरो टिकट यहींसम्मको थियो। अगाडिको आगरा स्टेशनमा उत्रेर टिकट किन्न सकिंदैनथ्यो। किनकि गेटबाहिर जान टिकट देखाउनुपथ्र्यो, जुन मसँग थिएन। ती महाशयले यो भनेर पनि तर्साइदिएका थिए कि आजकल मजिस्ट्रेट चेकिङ चलिरहेको छ। हुन सक्छ यसै स्टेशनमा चेकिङ होस्, अन्यथा अघिल्लो स्टेशनमा त पक्कै मजिस्ट्रेट आउँछन्।
मैले लखनऊबाट कानपुर आउने, चुपडीको अर्थ जानेको खुशी हावा भइसकेको थियो। किनकि अब मसँग पैसा पनि थोरै थियो। फेरि टिकट किन्नुपर्ने, अनि मथुरा। मथुरा पुगेपछि त म रित्तिन्छु भन्ने हिसाब जोडिसकेको थिएँ। मथुरा पुगि नै हालें भने पनि वृन्दावन कसरी पुग्ने, सकसपूर्ण अवस्था देखें। कति टाढा छ, थाहा छैन, अन्यथा पैदल नै हिंड्नुहुन्थ्यो। तर मथुरा पुग्दा पक्कै साँझ छिप्पिइसकेको हुनेछ। त्यस बेला अनजान ठाउँमा पैदल कसरी हिंड्ने र नजानेको गन्तव्य कसरी ठम्याउने ? मनमा तर्कनाको ठूलो हुन्डरी चल्न थाल्यो । सहयात्रीले भने– क्या सोच रहे हैं, गाडी रुकने से पहले हीं उतर जाइए और टिकट खरिद लिजिए। मैले त्यसैै गरें। रेल चलिरहेको होस् वा थामिएको होस्, मलाई खासै फरक पर्दैनथ्यो। यस मामिलामा म बाँदरजस्तै थिएँ। हो भारतको रेल भने छिटो कुदथ्यो। रेल त मैले वीरगंजदेखि अमलेखगंजसम्म प्रत्येक हप्ता चढ्ने गरेको थिएँ। पाँच वर्षको उमेरदेखि भारतीय रेल पनि चढेकै हुँ। आजसम्म कुनै बित्पात परेको छैन, रेल रोकिनुअगावै मूल प्लेटफार्ममा हाम फालें । गेट नाघेर ‘टिकट खिडकी’सम्म पुग्दा टिकट खरिद गर्नेहरूको लामै पङ्क्ति थियो । टिकट किन्न सकूँला र ? मनमा दोधार आयो। पङ्क्तिको आधामा पुग्दासम्म तीन/चार जना विद्यार्थीजस्ता लाग्ने ठिटाहरू आएर सोधे– भाइ साहब, दश पैसैका छुट्टा होगा। मैले छैन भनें। उनीहरू पर गए। पछि, हेर्दै नहेरी किन ‘नहीं है’ भनें हुँला भन्ने दिक्दारी लाग्यो र यसो खल्ती छामें। केही चिल्लर
(खुद्रा–रेजगारी) थियो। ती केटामध्ये एकजना मतिर हेरिरहेको थियो। ऊ नजिक आयो । ‘देखिए, है तो दे दिजिए’ भन्यो। मैले गनें सात पैसा थियो। मैले उसलाई विवशता बताएँ। भाइ मसँग त सात पैसा मात्र छ। ऊ खिन्न भयो र आप्mना साथीहरूसँग मिसिन गयो। एक छिनपछि तिनीहरू फेरि फर्केर आए र भने– उस सालेको पाँच पैसा ज्यादा देने से तो अच्छा है, इनको दस पैसा देकर सात पैसा ले लें। उनीहरूले त्यसै गरे। उनीहरूलाई टिकट काउन्टरमा ‘पाँच पैसा छुट्टा नहीं है’ भनेर कम दिन खोजेको रहेछ। यी परे विद्यार्थी, किन मान्थे। पाँच पैसाका लागि लामो लाइन छोडेर दस पैसाको खुद्रा खोज्दै हिंडेका थिए। यतिन्जेल टिकट किन्ने लाइनको टुप्पोमा नपुग्दै, रेलले सिटी बजायो। मलाई यत्रो सहयोग दिने सहयात्री डब्बाबाट ओर्लेर कराउन थाले। म पनि ‘जो होगा देखा जायेगा’ भनेर टिकट नलिई रेलतिर कुदें । गाडी पनि हिंडिहाल्यो। क्रमशः