प्रस, ठोरी, १६ असार/
वीरगंज–ठोरी हुलाकी सडक अन्तर्गत ठोरी गाउँपालिकाको चमरीहोलदेखि चौतारासम्मको ३० किलोमिटर सडकखण्डको काम अवरुद्ध भएको छ ।
ठोरी गाउँपालिकाका बासिन्दाले सडक निर्माणको जिम्मेवारी पाएको बानियाँ सेवा कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै दबाब समूह गठन गरी विरोध गरेपछि शुक्रवारदेखि सडकको काम अवरुद्ध भएको हो । बानियाँ सेवा कम्पनीले चमरीहोलदेखि आठघरेसम्मको झन्डै १० किलोमिटर सडक फराकिलो पारी माटो भर्ने काम सकेर ग्राभेल हाल्ने कामको सुरुआत गरेको थियो ।
माटो कम भरेको, ग्राभेलको नाममा लेसाइलो माटो, बालुवा तथा ठूलाठूला ढुङ्गा प्रयोग गरिएको, निर्माण भइरहेका कल्भर्ट प्रयोगमा नआउँदै चर्किसकेको भन्दै स्थानीयहरू बानियाँ सेवा कम्पनीको विरोधमा उत्रिएका हुन् ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको हुलाकी सडकको काममा बानियाँ सेवा कम्पनीले चरम लापर्बाही गरेकोले सामान्य वर्षा हुँदासमेत सवारी साधन अहिले सञ्चालनमा आउन नसकेका कारण आपूmहरू बाध्य भएर विरोधमा उत्रिएको दबाब समूहका संयोजक जयराम श्रेष्ठले बताए । विकासका लागि निकास चाहिने देखेर स्थानीयले मुआवजा पछि लिने गरी ठेकेदार कम्पनीलाई काम गर्न दिंदा समेत गुणस्तरीय काम नगरेकाले त्यसको विरोध गर्नुको विकल्प नभएको उनले बताए । ठेकेदार कम्पनीलाई सडकको गुणस्तरीयताबारे पटकपटक सुझाव दिंदा समेत कुनै सुनुवाइ नगरेको उनले गुनासो गरे ।
हल्का वर्षामा पनि बस चल्दैन
ठेकेदार कम्पनीको चरम लापर्बाहीका कारण हल्का वर्षा हुनेबित्तिकै पर्साको ग्रामीण क्षेत्रका सडक सम्पर्क जिल्ला सदरमुकाम वीरगंजसँग विच्छेद हुने अवस्था रहेको स्थानीयहरूले बताएका छन् । सडकको माटो भर्ने क्रममा चिम्टाइलो माटो प्रयोग गरिएकाले सामान्य वर्षा हुनेबित्तिकै सडकमा गाडी हिंड्नै नसक्ने गरी हिलाम्य हुने गरेको संयोजक श्रेष्ठले बताए । सडकमा गाडी गुड्दा चिप्लिएर दुर्घटना हुने सम्भावना देखिएपछि सवारी साधन चलाउन नसक्ने वीरगंज–ठोरी सडकखण्डमा यात्रुवाहक बस चलाउँदै आएका चालकहरू बताउँछन् । वर्षात्को समय भित्रिसक्दा पनि माटो भरेको ठाउँमा ग्राभेल कार्य नहुँदा र गरिएको ठाउँमा समेत सवारीका साधन भासिने भएपछि यस क्षेत्रका मानिसहरूमा चिन्ता छाउन थालेको उनले बताए । बाटोको बीचबीचमा कल्भर्ट बनाउनका लागि खनिएको खाल्डो र डाइभर्सनले दुर्घटनाको खतरा बढिरहेको श्रेष्ठले बताए । स्थानीयले वर्षायामअघि नै सडक ग्राभेल भइसक्ने आशाका साथ बिनामुआवजा सडक बनाउन जमीन उपलब्ध गराएका थिए ।
प्रनाउ थापाको टोली विजयबस्तीमा
वीरगंज–ठोरी हुलाकी सडकको काम अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापा नेतृत्वको टोलीले ठोरीका स्थानीय नेतृत्वसँग छलफल गरेको छ ।
ठोरी गाउँपालिका–४ मा रहेको विजयबस्ती प्रहरी चौकीमा भएको छलफलमा प्रनाउ थापा नेतृत्वको टोलीले घटनाबारे स्थानीय नेतृत्व तहसँग यथार्थ जानकारी लिएको साबिक निर्मलबस्ती गाविसका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए । छलफलका क्रममा प्रनाउ थापाले गुणस्तरीयताका बारेमा सम्बन्धित निकायमा पुगेर ध्यानाकर्षण गराउन आपूmहरूलाई सुझाएको उनले बताए । प्रनाउ थापाले सडक गुणस्तरीय बनाउनुपर्ने स्थानीयको माग जायज भएको भन्दै सडक निर्माणको काममा भने अवरोध नपु¥याउन स्थानीयसँग आग्रह गरेका थिए ।
नेकपाका स्थानीय नेतासमेत रहेका श्रेष्ठले भने,“यहाँका स्थानीयहरू विकासविरोधी होइनन् । विकासका लागि मुआवजाबिना नै सडक बनाउन जमीन दिएका छन् । ठेकेदार कम्पनीको गुणस्तरहीन कामको विरोध मात्रा गरेको हो । त्यसैले गुणस्तरीय काम होस् भन्ने पक्षमा यहाँका बासिन्दाहरू छन् । ठेकेदार कम्पनीले गुणस्तरीय काम गर्ने प्रतिबद्धतासहित आउनुप¥यो ।” छलफलमा ठेकेदार कम्पनीका इन्जिनियर विक्रम सुवेदीले ग्राभेल गर्दा केही ठूला ढुङ्गाहरू खोलाको बालुवासँगै मिसिएर प्रयोग हुन पुगेको भन्दै आप्mनो कामको बचाउ गरेको श्रेष्ठले बताए ।
छलफलमा प्रनाउ थापासहित इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रमेश विष्ट, सशस्त्र प्रहरी अस्थायी बोर्डर आउट पोस्ट ठोरीका प्रहरी निरीक्षक दिलीप बस्नेत, स्थानीय खगेन्द्र श्रेष्ठ, सन्तोष श्रेष्ठ, गोपाल श्रेष्ठ, माइकल श्रेष्ठ, मानबहादुर श्रेष्ठलगायतको सहभागिता थियो ।