Posts

Showing posts from June, 2018

२०७५ असार १७ गते आइतवारको प्रतीक दैनिक

Image

वीरगंज–ठोरी हुलाकी सडकको काम अवरुद्ध

Image
प्रस, ठोरी, १६ असार/     वीरगंज–ठोरी हुलाकी सडक अन्तर्गत ठोरी गाउँपालिकाको चमरीहोलदेखि चौतारासम्मको ३० किलोमिटर सडकखण्डको काम अवरुद्ध भएको छ । ठोरी गाउँपालिकाका बासिन्दाले सडक निर्माणको जिम्मेवारी पाएको बानियाँ सेवा कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै दबाब समूह गठन गरी विरोध गरेपछि शुक्रवारदेखि सडकको काम अवरुद्ध भएको हो । बानियाँ सेवा कम्पनीले चमरीहोलदेखि आठघरेसम्मको झन्डै १० किलोमिटर सडक फराकिलो पारी माटो भर्ने काम सकेर ग्राभेल हाल्ने कामको सुरुआत गरेको थियो ।     माटो कम भरेको, ग्राभेलको नाममा लेसाइलो माटो, बालुवा तथा ठूलाठूला ढुङ्गा प्रयोग गरिएको, निर्माण भइरहेका कल्भर्ट प्रयोगमा नआउँदै चर्किसकेको भन्दै स्थानीयहरू बानियाँ सेवा कम्पनीको विरोधमा उत्रिएका हुन् ।     राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको हुलाकी सडकको काममा बानियाँ सेवा कम्पनीले चरम लापर्बाही गरेकोले सामान्य वर्षा हुँदासमेत सवारी साधन अहिले सञ्चालनमा आउन नसकेका कारण आपूmहरू बाध्य भएर विरोधमा उत्रिएको दबाब समूहका संयोजक जयराम श्रेष्ठले बताए । विकासका लागि निकास चाहिने देखेर स्थानीयले मुआवजा पछि लिने गरी ठेकेदार कम्पनीला

पटेर्वा सुगौलीमा जनगुनासो कार्यक्रम, शान्ति सुरक्षा घटिरहेको गुनासो

Image
प्रमोद यादव, रङ्गपुर, १६ असार/     इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको आयोजनामा जनगुनासो कार्यक्रम शनिवार सम्पन्न भएको छ ।     गापाको वडा नं ३ मा रहेको नेराप्रावि महेन्द्रपुरमा आयोजित जनगुनासो कार्यक्रममा सहभागी ललिता देवी, इजहार मियाँ, असरफ मियाँ, जाकिर हुसेन चुरिहारले मकवानपुरमा निर्बाधरूपले गाँजाखेती हुने र पर्सा जिल्ला भएर गाँजा तथा चरेस भारत पु¥याउने काम भइरहेकोमा प्रहरी त्यसको मूकदर्शक मात्र भइरहेको आरोप लगाएका थिए ।     उनीहरूले बरामद गाँजाको मुचुल्का उठाउने बेलामा पनि गलत नियत राखी निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने काम भइरहेको आरोप लगाएका थिए ।     यसैगरी, उनीहरूले सामाजिक अपराधका घटनाहरूमा वृद्धि भइरहेको र त्यसको प्रमुख कारण अवैध मदिराभट्टी सञ्चालनमा रहनु बताएका थिए । उनीहरूले प्रहरीले त्यस्ता भट्टीहरू नष्ट गर्नुपर्ने र मदिरासेवन गरेर सामाजिक वातावरण दूषित पार्नेहरूविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए । यसैगरी, जङ्गल सीमासँग जोडिएका गाउँहरूमा जङ्गली जनावरले दिने दुःख सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने माग गरे ।     कार्यक्रमका प्रमुख अतिथि जि

प्रादेशिक भाषिक नीति ल्याउछौं –मुख्यमन्त्री राउत

Image
प्रस, वीरगंज, १६ असार/     मुख्यमन्त्री लालबाबू राउत गद्दीले प्रदेशमा बोलिने सबै मातृभाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।     भाषा आयोगद्वारा शनिवार जनकपुरमा आयोजित ‘भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य प्रणाली’ विषयक गोष्ठीमा मुख्यमन्त्री गद्दीले सबै भाषालाई सम्मान गर्ने गरी भाषा नीति ल्याउने तयारीमा प्रदेश सरकार रहेको बताए ।     भाषा अभिव्यक्तिको माध्यम भएको बताउँदै उनले सबैलाई भाषाको सम्मान गर्न सुझाव पनि दिए ।     प्रदेशका अधिकांश जनताले बोल्ने भाषा प्रदेशको प्राथमिकतामा रहने उनले जिकिर गरे । उनले  मातृभाषाको प्रयोगबाट समाज समृद्ध हुने भन्दै मैथिली र भोजपुरीलगायतका मातृभाषाको विकासमा सरकार प्रतिबद्ध रहेको बताए ।     भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको अध्यक्षतामा भएको गोष्ठीमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. भरत झा, नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेता रामचन्द्र मण्डललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पुसमा विशाल मेमोरियल गोल्डकप फूटबल प्रतियोगिता

प्रस, वीरगंज, १६ असार/     विशाल मेमोरियल फाउन्डेसन कार्यसमितिको शनिवार सम्पन्न बैठकले आगामी पुसमा विशाल मेमोरियल गोल्डकप पूmटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।     बाराको जीतपुरसिमरा उपमहानगरमा बसेको बैठकले पुसमा गोल्डकप गर्ने र साउन १२ गते प्रथम साधारणसभा गर्ने निर्णय गरेको सदस्य महम्मद नेजामुद्दीनले बताए ।     बैठक फाउन्डेसनका अध्यक्ष रूपक पाण्डेको अध्यक्ष्Fतामा बसेको थियो ।

भ्रमणको कर्मकाण्ड र उपलब्धिको आलाप

Image
ओमप्रकाश खनाल     प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका उपलब्धि र यसका आयामहरूका बारेमा बहस र मन्थन मत्थर भइसकेका छैनन् । सत्ता पक्षधर भ्रमणको महिमामण्डनमा आत्मरति खोजिराखेका देखिन्छन् । विपक्षीले विरोधको धर्म निर्वाह गरिराखेको भान हुन्छ । प्रधानमन्त्रीको कुर्सीमा उक्लिनेबित्तिकै दक्षिण र उत्तर छिमेकको दौडाहा लगाइहाल्नुपर्ने, तर उपलब्धिको सार खासै नदेखिने विडम्बनाको पुनरावृत्तिले यसको औचित्यमा प्रश्न उठ्नु अस्वाभाविक पनि होइन । अहिलेका प्रधानमन्त्रीले कुनै नौलो काम गरेका छैनन् । विगत अभ्यासको पुनरावृत्ति मात्रै हो, पहिला दिल्ली दर्शन, त्यसपछि बेइजिङ ।     हाम्रोजस्तो सानो र आश्रित अर्थतन्त्रमा उभिएको देशले छिमेकसँगको सम्बन्धलाई बेवास्ता गरेर लक्षित उपलब्धिमा पुग्न सकिन्छ भन्ने पनि होइन । हामी भारत र चीनको समृद्धिको सहायक बन्न सक्छांै कि सक्दैनौं ? यो अलग तर सोचनीय विषय हो । तर ती देशसँगको सहकार्यबिना हाम्रो समृद्धिको लक्ष्य अघि बढ्न सक्दैन, यो चाहिं कटु सत्य हो ।     भ्रमणको सारको भेउ पाउन सन् २०१६ मा प्रधानमन्त्रीको हैसियतमा ओलीको पहिलोपटक चीन भ्रमणका सम्झौता कार्यान्वयनको ओज स

हिमालय बचाऔं–देश बचाऔं

    हिमालय भौगोलिक संरचना र जैव विविधताको दृष्टिले एक विशिष्ट क्षेत्र हो । यो विश्वको अति प्राचीन पर्वत शृङ्खलामध्ये एक हो । यो पश्चिममा उत्तरी पाकिस्तानदेखि लिएर नेपाल, भुटान हुँदै भारतको पूर्वोत्तर क्षेत्रसम्म पैmलिएको छ । यस प्रकार यसले एसियाको ठूलो भूभागको जलवायुलाई प्रभावित गर्छ । हिमालयमा ४१.५ प्रतिशतभन्दा बढी वन क्षेत्र छ, जुन भारतको कुल वन क्षेत्रको एक तिहाई भाग हो, तर कैयौं कारणले यो सङ्कटग्रस्त छ । यहाँ अलगअलग क्षेत्रका रहनसहन, संस्कृति, आवासको स्थितिमा विविधता देखिन्छ ।     हिमालय हाम्रो देशको सुरक्ष्Fा कवच हो । यद्यपि देशको निकै कम जनसङ्ख्या हिमालयमा बास गर्छन् तर यसको महŒव धेरै छ । हिमालयको धेरैजसो भागमा महŒवपूर्ण वन्यजीव हुनुका साथसाथै बहुमूल्य जडीबुटीको अपार भण्डार पनि छ । यस क्षेत्रमा प्राचीन समयदेखि कैयौं परम्परा र मान्यता चल्दै आइरहेका छन्, जसबाट हिमालय क्षेत्रमा पर्यावरणलाई सुरक्षित राख्न मदत पाइन्छ, यसको फलस्वरूप पनि पर्वतीय अञ्चलमा कैयौं जङ्गल, जलस्रोत छन् ।     हिमालय क्षेत्र जति अनौठो छ, त्यत्तिकै जीवटले भरिएका छन् यहाँ बस्नेहरू । यस क्षेत्रमा बस्नेहरू कठिन र समस

२०७५ असार १६ गते शनिवारको प्रतीक दैनिक

Image

असार १५ ः ड्रम सिडर प्रविधिबाट धान उत्पादन बढ्छ

Image
प्रस, वीरगंज, १५ असार/     असार १५ गते अर्थात् धान रोपाइँ दिवसको अवसरमा युवा संवाद नागरिक सद्भाव कार्यक्रममा शुक्रवार धान रोपाइँ गरिएको छ ।     कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य नवीन सिंह, जिल्ला सचिव विवेक चौरसिया, महाअधिवेशन प्रतिनिधि साबिर अहमद, अनिल यादव, जङ्गबहादुर कुर्मीलगायतको उपस्थिति थियो । प्रस, परवानीपुर/     देशभरि शुक्रवार असार १५ अर्थात् १५औं राष्ट्रिय धान दिवस मनाइएको छ ।     पर्सामा जिल्ला कृषि विकास कार्यालय पर्सा र कृषि औजार अनुसन्धान कार्यालय वीरगंजले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी धान दिवस मनाएका छन् । सो अवसरमा आधुनिक प्रविधि प्रयोग गरी धानको उत्पादन बढाउन कृषकहरूलाई जानकारी दिइएको थियो ।     कृषि औजार अनुसन्धान कार्यालयले आज बिहान कार्यालय परिसरमा कृषिमा यान्त्रीकरणको प्रयोग गर्ने उद्देश्यले ड्रम सिडरबाट धानबाली लगाउने तरिकाबारे प्रदर्शन गरी किसानलाई देखाइएको छ । खेतमा गुडाउने किसिमको ड्रममा अङ्कुरण भएको बीउ राख्दै हातको सहाराले ड्रमलाई डो¥याउँदै बीउ छर्ने प्रविधिलाई ड्रम सिडर भनिन्छ ।     यो प्रविधि कृषि अनुसन्धान केन्द्र वीरगंजले आप्mनै स्तरबाट विकास गर

प्रसिद्ध समाजसेवी तथा उद्योगपति विश्वनाथ शाहको निधन

Image
विश्वनाथ शाह प्रस, वीरगंज, १५ असार/     वीरगंजका प्रसिद्ध उद्योगपति एवं देशमैं ख्यातिप्राप्त समाजसेवी विश्वनाथ शाहको शुक्रवार बेलुकी निधन भएको छ ।     केही महिनादेखि विभिन्न रोगले सिकिस्त श्री शाहको केही महिना पहिले दिल्लीको मेदान्ता अस्पतालमा लामो उपचार भएको थियो ।     आज उपचारार्थ काठमाडौं लग्ने क्रममा कलङ्की पुग्दा उनको निधन भएको पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।     अहर्निश समाज कल्याणमा दत्तचित्त श्री शाहले समर्पण सेवा संस्था स्थापना गरी निरन्तर समाजसेवा गर्दै आएका थिए । समर्पण सेवाका देशको विभिन्न स्थानमा चिसो पानी वितरण, जाडोमा कम्बल वितरण, धर्मशाला निर्माण, गरीब दुःखियाको निरन्तर सहयोग गर्दै आएका थिए ।     श्री शाहका पत्नी, दुई भाइ छोरा तथा छोरीहरू छन् । उनी ८५ वर्षका थिए ।

प्रहरीको जवाफी फायरिङमा एकजनाको मृत्यु

प्रस, रौतहट, १५ असार/     प्रहरीको जवाफी फायरिङमा एकजनाको मृत्यु भएको छ ।     विगत केही दिनदेखि राजदेवी नपा–४ गडहियास्थित बागमती नदीको बाँधमा अपरिचित व्यक्तिहरू हातहतियारसहित शङ्कास्पद तरिकाले ओहोरदोहोर गर्ने गरेको सूचनाको आधारमा राति चेकजाँचको लागि खटिएको प्रहरी टोलीले भारतीय नं. प्लेटको मोटरसाइकल चेकजाँच गर्नेक्रममा मोटरसाइकलमा सवार व्यक्तिले  एक्कासि  प्रहरीतर्पm अत्याधुनिक हतियारबाट  फायरिङ  गरेपछि  प्रहरीको  जवाफी कारबाहीमा गोली लागी दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।     बिहीवार राति करिब १० बजे नाम, थर, वतन  नखुलेका  अन्दाजी २५ र २६ वर्षका दुईजना पुरुष  सो कारबाहीमा घाइते भएका प्रहरीले जनाएको छ । अन्य दुईजना भने गोली फायरिङ गर्दै भारतको सीमातर्फ भागेको जिप्रका गौरले जनाएको छ ।     घटनास्थलबाट दुईजना घाइतेलाई गौर अस्पतालमा पठाइएकोमा उपचारको क्रममा ११ः५० बजे एकजना घाइतेको मृत्यु भएको थियो ।     घटनास्थलबाट अत्याधुनिक हतियार १ थान, सोको गोली ४ थान, सो हतियारबाट फायर भएको  गोलीका २ थान खोका  बरामद भएको प्रहरीले जनाएको छ । मृतकको लाश जिल्ला अस्पताल गौरमा रहेक

ठोरी नाकाबाट अवैध लागूऔषधसहित दुईजना पक्राउ

प्रस, ठोरी, १५ असार/     ठोरी गाउँपालिका–२ मा रहेको ठोरी नाकाबाट अवैध लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।     पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० का २७ वर्षीय अर्जुन थापा र माडी नगरपालिका–४ का १९ वर्षीय युगराज महतो रहेका छन् ।     भारतको भिखना ठोरी बजारबाट खरिद गरी ल्याउने क्रममा ठोरी भन्सारनजिकैको खोलाबाट सात फाइल नाइट्रोभेट टेन ट्याब्लेटसहित दुवैजनालाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको सशस्त्र अस्थायी बेस क्याम्प ठोरीका प्रहरी निरीक्षक दिलीप बस्नेतले जानकारी दिए ।     पक्राउ परेका दुवैजनाको साथबाट ६ वटा प्रयोग गरेपछि बाँकी रहेको ९९ थान नाइट्रोभेट टेन ट्याब्लेटसहित दुवैजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रवेश विष्टले जानकारी दिए।     पक्राउ परेका थापा र महतोलाई थप कारबाहीको लागि शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको प्रनि विष्टले जानकारी दिए ।     प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका दुवैजना प्रयोगकर्ता अवैध लागूऔषध ओसारपोसारमा संलग्न रहेको हुन सक्ने प्रनि विष्टले बताए ।

१ किलो सुनसहित एकजना पक्राउ

Image
प्रस, वीरगंज, १५ असार/     प्रहरी चौकी इनर्वाको टोलीले शुक्रवार बिहान एक किलो सुनसहित एकजना भरियालाई पक्राउ गरेको छ ।     पक्राउ पर्ने सर्लाही, हरिपुर नपा–९ बस्ने सन्तोषकुमार कलवार रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।     वीरगंजबाट रक्सौलतर्पm गइरहेको ना.४८ प ३७७४ नं.को मोटरसाइकल खानतलासी गर्दा सिटमुनिको एयर फिल्टरमा लुकाइ राखेको अवस्थामा ६ टुक्रा सुन फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी गराए । सो सुनको बजार मूल्य करिब ४९ लाख रहेको प्रहरीले जनाएको छ ।     पर्सा प्रहरीले चार वर्षपछि यति ठूलो परिमाणमा सुन फेला पारेको पत्रकार सम्मेलनमा प्रउ ढकालले जानकारी गराए । २०७१ सालमा तत्कालीन प्रउ दिवेश लोहनीले सुन फेला पारेको र त्यसपछि अहिलेसम्म प्रहरीले सुन फेला नपारेको उनले जानकारी गराए ।

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता हुने

रवीन्द्र साह, कलैया, १५ असार/     आदर्श कोतवाल गाउँपालिकामा आदर्श युवा क्रिकेट क्लबको आयोजनामा श्रीराम चरित्र उच्च माविको खेल मैदानमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।     क्लबले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी क्रिकेट खेल हुने जानकारी गराएको हो ।     विगत ४/५ वर्षदेखि बाराको आदर्श कोतवाल गाउँपालिकामा क्रिकेटसम्बन्धी प्रतियोगिता सञ्चालन नहुँदा यहाँका क्रिकेट खेलाडीहरू पलायन हुने स्थितिमा पुगेका छन् । आदर्श कोतवालमा अहिले क्रिकेटसम्बन्धी गतिविधि शून्य अवस्थामा रहेको छ । जिम्मेवार निकायबाट क्रिकेटसम्बन्धी कुनै प्रतियोगिता नहुँदा आदर्श कोतवालका क्रिकेट प्रतिभाहरूले राष्ट्रिय स्तरसम्म पुग्ने अवसरसमेत गुमाइरहेका छन् ।     गाउँपालिकाको क्रिकेटलाई चलायमान बनाउन गाउँपालिका स्तरीय प्रथम मेयर कप २०७५ सञ्चालन गर्न लागेको क्लबले जनाएको छ ।     क्रिकेटमा राम्रो गर्न सक्ने खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुग्ने प्लेटफर्म बनाउनका लागि पनि यो सुरुआत आवश्यक रहेको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीले बताए । कार्यक्रममा प्रथम मेयर कप २०७५  सफलतापूर्वक सम्पन्न गर्नका लागि

चुपडी र तीन पैसा

जगदीशप्रसाद शर्मा     अब फेरि मलाई यो झन्झटबाट पार लगाउने रणनीतिमा विचार हुन थाल्यो । सबैले आआप्mनो विचार प्रकट गरे । अर्को स्टेशनमा त गाडी निकै बेर रोकिन्छ । त्यहाँ टिकट किन्न गा¥हो हुने छैन । तर अब म बिनाटिकटको यात्री भएको थिएँ । डब्बाभित्र मजिस्ट्रेट चेकिड्ढो भय पनि बारम्बार प्रवाहित भइरहेको थियो । ती महाशयले भने– म यसै स्टेशनमा उत्रन्छु । म यसपछि तिमीलाई केही सहयोग गर्न सक्दिनँ ।     अनि केही बेर सोचेर भने । तिमी यसो गर, मलाई दुईवटा प्लेटफार्म टिकट किन्ने पैसा देऊ । म स्टेशनबाहिर गएर तिम्रो लागि प्लेटफार्म टिकट किनेर ल्याउँछु । त्यो देखाएर बाहिर जानू र मथुरासम्मको टिकट किन्नू, अनि बेलुका बस वा रिक्सा चढेर वृन्दावन जानू । मलाई त सबै पीडा हरण भएजस्तो भयो । वृन्दावनसम्म रिक्शा पनि जाँदो रहेछ भने मथुराबाट वृन्दावनको दूरी ज्यादै नहोला । केही लागेन भने पैदल हिंडिदिन्छु । हिंड्नमा म सानैदेखि माहिर छु । जनकपुरदेखि गोदार त सात कोस मात्रै भन्थे, जयनगरदेखि गोदारको १२ कोसको दूरी पनि कैयौंपटक हिंडेको छु । पैसा सिद्धेर केही छैन, मथुरा मात्र पुग्न पाए हुन्छ ।     योजना अनुसार काम भयो । मैले बिनाट

आँप कि साँप

Image
मुकुन्द आचार्य     भन्छन्, कुरो र कुलो जता लगायो उतै जान्छ । हो पनि, हाम्रा नेता भनाउँदाहरूले हालसम्म देशमा आवश्यक मात्रामा कुलो बनाउन नसके पनि कुरो मात्रै बनाएर भएपनि टन्न घिचिरहेकै छन्, कानून मिचिरहेकै छन्, विश्वमा नेपालको नाम हसाइरहेकै छन् ।     अचेल शहर, गाउँका सबै बजारमा आँपको बहार छ । सबै सानाठूला ग्राहक आँपकै वरिपरि झुम्मिन्छन् । रङ्गीचङ्गी आँप हेर्न र किन्ने दुवैथरीका ग्राहकको चाँप यो मौसमी प्रदर्शनी भव्यरूपमा चलिरहेको छ । साँच्चै भन्ने हो भने विश्वकप पूmटबल प्रतियोगितापछि मान्छेलाई आकर्षित पार्ने आँपकै सौन्दर्यले हो ।     फलहरूको राजा कहलिएको आँप पनि गजक्क परेर, महँगो भएर, सबैलाई लोभ्याएर, सिङ्गारिएर बसेका हुन्छन्, फेसन शोमा कम्मरमुनिको मांसल भागलाई विशेष पारामा तलमाथि पारेर हिंड्ने सुन्दरीहरूभैंm । आँपको पनि तोलमोल भइरहेकै हुन्छ ।     यस्तो वातावरणमा ससाना भुराभुरीलाई मन थाम्नै गा¥हो । उता पुत्रको र आप्mनो पाकेटको भलो चिताउने पिताश्री प्रिय पुत्रश्रीलाई सम्झाउँदै थिए, बाबु १ यी आँपहरू हैन साँपहरू हुन् । यिनले टोकेको थाहै हुँदैन ।     कलियुगी छोरा, सितिमिति मान्थ्यो र १ भन्य

भीष्मपर्व–२ श्रीमद्गद्गीता (साङ्ख्ययोग)

Image
उमाशङ्कर द्विवेदी     सञ्जयले भने– त्यस प्रकार करुणाले व्याप्त र आँसुले पूर्ण तथा व्याकुल नेत्रवाला शोकयुक्त अर्जुनप्रति भगवान् मधुसूदनले यो वचन भने ।     श्रीभगवान्ले भने– अर्जुन, तिमीलाई असमयमा यो मोह कुन हेतुले प्राप्त भयो ? किनकि न त यो श्रेष्ठ पुरुषहरूद्वारा आचरित छ, न त स्वर्ग नै दिनेवाला छ, न कीर्ति बढाउने खालको छ । त्यसैले अर्जुन, नपुंसकतालाई न प्राप्त गर, तिम्रोलागि यो उचित छैन । परंतप, ह्दयको तुच्छ दुर्बलतालाई त्यागेर उभ ।     अर्जुनले भने– मधुसूदन, म रणभूमिमा कुन प्रकार बाणहरूबाट भीष्मपितामह र द्रोणाचार्यसित लडनेछु ? किनकि अरिसूदन, ती दुवै नै पूजनीय हुन् । त्यसैले यी महानुभावहरूलाई न मारेर म यस लोकमा भिक्षाको अन्न खान कल्याणकारक मान्दछु, किनकि गुरुजनहरूलाई मारेर पनि यस लोकमा रुधिर मुछिएको अर्थ र कामरूप भोगहरूलाई नै भोग्नेछु । हामीलाई यो पनि थाहा छैन कि हाम्रोलागि युद्ध गर्नु र नगर्नु–यी दुईटैमा कुन श्रेष्ठ छ अथवा यो पनि थाहा छैन कि उनीहरूलाई हामीले जित्न सक्नेछौं वा उनीहरूले नै हामीलाई जित्नेछन् र जसलाई मारेर हामी बाँच्न पनि चाहँदैनौं, ती नै हाम्रा आत्मीय धृतराष्ट्रपुत्रहर

जीवन कसको लागि बाँच्दै हो ?

Image
सञ्जय मित्र     कसैले जीवनको परिभाषा भनेको मान्नु तपाईंको बाध्यता होइन । तपाईंले बाँचेको जीवन नै तपाईंको जीवन हो । तपाईंको भोगाइ नै तपाईंको जीवन हो । जीवन बाँच्ने कला सबैको आआप्mनै हुन्छ, अनुहार आआप्mनो भएजस्तै ।     तपाईंको अनुहार अरू कसैको अनुहारसित मिल्दैन । यसको अर्थ तपाईं संसारमा अरूभन्दा विशिष्ट हुनुहुन्छ । तपाईंको अनुहार विशिष्ट भएजस्तै तपाईंको चिन्तन र व्यवहार पनि अरूसित हुबहु मिल्दैन । तपाईंको जीवनपद्धति र तपाईंको भविष्याशा पनि अरूभन्दा भिन्न नै छन् । यही पार्थक्यको सत्यतामा तपाईंको अस्तित्व छ ।     अस्तित्व पनि क्षणिक र दीर्घकालीन दुवै हुन्छ । अधिकांशले आप्mनो अस्तित्वलाई आपैंmले पहिचान गर्न सकिरहेको हुँदैन । अस्तित्वको पहिचान गर्न नसक्नेहरू अरूको नक्कल वा अनुकरण गर्ने प्रयास गर्दछन् । राम्रोसित अनुकरण गर्नेहरूले पनि आप्mनो पृथक अस्तित्वलाई अरूको सामु प्रस्तुत गर्न सफल हुन्छन् तर अरूको नक्कल गर्ने प्रयास गर्ने तर राम्ररी गर्न नसक्ने वा आप्mनो अस्तित्वलाई पूरै बिर्सेर अर्काको हुनु कसैलाई सुहाउँदैन । यो त आपूmलाई नै बिर्सेको होइन र ? जो आपूmलाई बिर्सन्छन्, उसको अन्य केही पनि

अनुसन्धानमा दस्तावेजको उपयोग

Image
डा. बासुदेवलाल दास, पीएच.डी. सहप्राध्यापक, इतिहास विभाग ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज गताङ्कको बाँकी     बाह्य आलोचना अन्तर्गत अर्को विचारणीय कुरो के हुन्छ भने प्रस्तुत दस्तावेज आप्mनो स्थानमा कतिसम्म उचित वा जायज रहेको छ, सोबारे अध्ययन गर्नु । यसका लागि प्रस्तुत दस्तावेजका समकालीन अन्य साहित्यिक सामग्रीहरूका आधारमा जाँच गर्नुपर्ने हुन्छ । उदाहरणका लागि कुनै कालखण्डको नेपालको ऐतिहासिक दस्तावेजको प्रामाणिकता विषयक परीक्षण गर्दा समकालीन कालखण्डमा छिमेकी (भारतीय क्षेत्र तथा तिब्बती क्षेत्र) मा लेखिएका अन्य स्रोत सामग्रीहरूमा प्रस्तुत दस्तावेजबारे कति चर्चा परेको छ, अथवा उक्त दस्तावेजमा वर्णित विषयवस्तु अन्य स्रोत सामग्रीमा गरिएको चर्चासित भाषागत, साहित्यगत, शिल्पगत तथा स्वरूपगतरूपमा समेत कतिसम्म मेल खाने रहेको छ, यसतर्पm ध्यान दिनुपर्ने हुन्छ ।     यस प्रकार बाह्य आलोचनाका सिद्धान्तहरूको आधारमा दस्तावेज अथवा सामग्रीको प्रामाणिकताबारे विश्वस्त भइसकेपछि यसको अर्को पक्षतिर विचार गर्नुपर्ने हुन्छ, जसलाई आन्तरिक आलोचना भनिन्छ ।     (ख) आन्तरिक आलोचनाः– आन्तरिक आलोचनालाई अर्को शब्दमा विश्

२०७५ असार १५ गते शुक्रवारको प्रतीक दैनिक

Image

शिक्षक सङ्ख्या नबढ्दा पर्साको ग्रामीण क्षेत्रको पठनपाठन प्रभावित

Image
प्रस, पोखरिया, १४ असार/     विद्यालय भर्ना अभियानबाट पर्साको ग्रामीण क्षेत्रमा विद्यार्थीहरूको सङ्ख्या वृद्धि भए पनि सो अनुरूप शिक्ष्Fकहरू नहुँदा पठनपाठनमा ठूलो समस्या सिर्जना भएको छ ।     विद्यालय भर्ना अभियान अन्तर्गत जिल्ला उच्चाङ्गल रामदेव कलवार नमुना प्राविधिक माविमा मात्र करिब तीन सयको हाराहारीमा विद्यार्थी यस शैक्षिक सत्रमा भर्ना भएका छन् । सो विद्यालयमा यस अघि १८ सय विद्यार्थी अध्ययनरत थिए, अहिले तीन सय विद्यार्थी भर्ना अभियानबाट बढेको तर सो अनुरूप शिक्ष्Fकहरूको व्यवस्था नहुँदा पठनपाठनमा समस्या भएको प्रअ व्यास महतोले बताए ।     विद्यालयमा कक्ष्Fा ९ मा मात्र चार सेक्सन छ । एउटा सेक्सनमा ९० जनाको हाराहारीमा विद्यार्थी छन् । विद्यार्थी सङ्ख्या बढेपछि एउटै टेबुल कुर्सीमा ६ जनासम्म विद्यार्थी कोचिएर पढ्नुपर्ने बाध्यता छ । यसैगरी विद्यालयले सङ्ख्या बढेपछि अहिले दुई चरणमा अध्यापन शुरु गरेको छ । बिहान ६ बजेदेखि ११ बजेसम्म आधारभूत बाल विकास अन्तर्गत कक्षा एकदेखि आठसम्म र बिहान एघार बजेदेखि अपराह्न साढे चार बजेसम्म कक्ष्Fा नौदेखि बा¥हसम्मको अध्यापन भइरहेको छ । पोखरियामा दरबन्दीमा २३ जन

गौर राइस मिलको नाममा ६९ लाख हजम गरे तीनजना राजनीतिककर्मी

प्रस, रौतहट, १३ असार/     गौर राइस मिलका जग्गा खरिदकर्ता विजय यादवसँग ६९ लाख रुपियाँ रौतहटका तीनजनाले लिएको सार्वजनिक भएको छ । धनुषा महेन्द्रनगर निवासी यादवले आज गरुडामा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् । रु १ करोड १० लाख दिएमा राइस मिलको जग्गा रजिस्ट्रेशन पास गराइदिने सहमति भएको उनले बताए ।     पहिलो किस्ता सिया प्लेस होटलमा २० लाख, शेख जमसैदको पेट्रोल पम्पमा ४० लाख र अनिस सिहलाई ९ लाख दिएको यादवले सो सम्मेलनमा बताएका हुन् ।     जग्गामा कुनै विवाद नरहेको बताउँदै राजनीतिककर्मी अजयकुमार गुप्ता, शेख जमसैद र अनिल सिंहले जिम्मेवारी लिए पछि विश्वास पलाएको उनले बताए । तीन वर्ष बितिसक्दा पनि रजिस्ट्रेशन पास नगराएकोले तागेता गर्दै आएको उनले बताए । अर्को पक्षबाट थप रकमको प्रस्ताव आएकोले जग्गा खरिद नगर्ने बैना रकम फिर्ता गर्न भनेपछि हातखुट्टा भाँचिदिने धम्की दिएको उनले आरोप लगाएका छन् ।     राइस मिलको जग्गा खरिद गरी उद्योग–व्यवसाय गर्ने दृष्टिकोणले २०७३ सालमा जग्गा खरिद गर्न आएको उनले बताए । गौरमा नेकपा एमालेका नेता माधवकुमार नेपाल आएको बखत मधेस आन्दोलन चर्केको दिन नै राइस मिलको जग्गा बिक

व्यवसायी अरविन्द चौधरीको हत्याका आरोपीद्वारा आत्मसमर्पण

प्रस, वीरगंज, १० असार/     पटनाका व्यवसायी अरविन्द चौधरीको हत्याको आरोपमा दुईजना भारतीय पक्राउ परेका छन् ।     हत्यामा संलग्न एकजना नेपाली अपराधीलाई नेपाल प्रहरी तथा भारतीय प्रहरीले संयुक्तरूपले खोजी रहेको छ । हत्यामा संलग्न रामगढवा थाना इनर्वा गाउँ निवासी सुजीत यादव केही दिन अघि पक्राउ परेका थिए भने उनका भाइ सुनील यादवले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।     घटनामा संलग्न नेपाली अपराधीको नाम गोप्य राखिएको छ । उनलाई पक्रनको लागि हिजो रक्सौल थानाका इन्सपेक्टर अजयकुमार झा र प्रहरी उपरीक्षक रेवती ढकाल तथा पर्साका क्राइम टोलीसँग छलफल भएको थियो ।     घटनाको विषयलाई लिएर पूर्वी चम्पारण जिल्लाका एसपी क्षत्र अनिल सिंहको टोली रक्सौल आई बसेको छ । भारतीय प्रहरी र पर्साका क्राइम टोलीले संयुक्तरूपमा रातिदेखि नै वीरगंजलगायत बाराका केही ठाउँमा छापासमेत हानेको स्रोतले जानकारी दिएको छ ।     मृतक चौधरी मोबाइल र सिम सप्लायर रहेको बुझिएको छ । स्रोतका अनुसार सुजीत यादव र मृतक चौधरीबीच विगत लामो समयदेखि पैसाको लेनदेनको विवाद चल्दै आएको थियो । सोही निहुमा सुजीत र उनका दाइले चौधरीको हत्या गरेको समाचारमा

औद्योगिक शान्ति/अशान्ति

Image
ई. गोपाल श्रेष्ठ     औद्योगिक शान्ति सबै उद्योगहरूको चाहना र गर्वको कुरा हो भने अशान्ति चुनौती र दुःखद कुरा हो । विगतमा कामदारहरू सङ्गठित हुनुभन्दा पहिले झन्डै झन्डै नोकरचाकरको हैसियतमा थिए भने उद्योगपतिहरू मालिकको हैसियतमा थिए । अहिले ती मालिकहरू रोजगारदाताको हैसियतामा छन् र विगतका नोकर–चाकरहरू कामदार/मजदुरवर्गको हैसियतमा छन् । कामदार/मजदुरवर्गको उद्योगस्तरदेखि राष्ट्रिय/केन्द्रीयस्तरसम्म सङ्गठन छन् । ती सङ्गठनहरू देशको राष्ट्रिय राजनैतिक दलहरूसँग आबद्ध छन् अनि राजनैतिक दलहरूले तिनीहरूलाई संरक्षण तथा संवद्र्धन पनि गरिरहेका छन् । सबै कामदार/मजदुरवर्ग सङ्गठनको केन्द्रीय समन्वय समिति छ । जो कामदार मजदुरवर्गको हितको लागि केन्द्रमा बसेर काम गरिरहेको छ । कामदार/मजदुरवर्गको सङ्गठनजस्तै उद्योगपति–व्यापारीहरूको पनि जिल्ला स्तरीय उद्योग वाणिज्य सङ्घ छ भने केन्द्रीयस्तरमा उद्योग वाणिज्य महासङ्घ छ । हाम्रो देश गणतान्त्रिक भएपछि अहिले प्रत्येक प्रदेशमा प्रादेशिक उद्योग वाणिज्य सङ्घ खोल्ने चलन पनि शुरु भएको छ र प्रदेश नं. २ मा त खोलिसकिएको पनि छ ।     औद्योगिक शान्तिमा उद्योगपतिहरूको चाहना हुनु स

खाद्य सुरक्षा, धान दिवस र आर्थिक विकास

Image
शीतल महतो     ‘असार महिना, मानो छरेर मुरी फलाउने समय’ । यतिखेर किसानलाई धान रोपाइँको चटारो छ । धानको बीउ काढ्नेदेखि लिएर खेत जोत्ने, आली लगाउने, कुलो मिलाउने र उपयुक्त मलको जोहो गर्ने कामले किसानलाई भ्याइन भ्याई छ । एक अर्काको खेतमा काम गरी परम्परागतरूपमा गर्दै आएको निर्वाहमुखी खेती प्रणालीका सामु आजभोलि चुनौतीका पहाडहरू तेर्सिएका छन् । गुणस्तरीय बीउबिजन तथा मलको अभाव, दक्ष प्राविधिकसँग दुर्लभ भेट, उपयुक्त सिंचाइको अभाव र आवश्यक कृषि यन्त्रको कमीजस्ता पुराना समस्याहरू अहिले पनि यथावत् नै छन् । हरेक खेतमा स्वनिर्भर सिंचाइको व्यवस्था नहुनाले कुलो र नहर सामुन्ने खेत हुनेसँगको सहकार्य बिना खेतमा सिंचाइ पु¥याउन झन् चुनौती थपिएको छ । यसका साथै कृषि कामदार (ज्यामी) को चरम अभाव आजको मुख्य समस्या बनेको छ । हलो जोत्ने ज्यामीको अभावमा समयमैं धान रोप्नका लागि खेतको तयारी गर्ने कार्य कठिन बन्दै गएको छ । खेत जोत्नका लागि ट्याक्टर प्रयोग त गर्न सकिएला तर त्यसपछि पनि खेतलाई सम्याउन र आली लगाई गिरा मिलाउन सबल मजदुरको आवश्यकता पर्छ तर यसको चरम अभाव अहिले देखिएको छ । धानको बीउ काढ्ने, ओसार्ने र रोप्ने

नेपाल–चीन मैत्री र आर्थिक विकास

Image
विश्वराज अधिकारी     प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिवसीय औपचारिक भ्रमण समाप्त गरी गत आइतवार (असार १०) नेपाल फर्कका छन् । विगतमा भारतलाई रुष्ट नपार्ने सजगताका साथ नेपाली नेताहरूबाट हुने चीनको परम्परागत भ्रमणभन्दा ओलीको यो भ्रमण पृथक र विशेष महŒवको साबित भएको छ । नेपाली उच्च प्रशाननले यसपटक खुलेर चिनियाँ नेताहरू समक्ष नेपाली धारणा प्रस्तुत गरेको छ भने चीनसँग यस किसिमका सम्झौता गरेमा ‘भारतले के सोच्ने हो’ भन्ने ‘दमित मनोविज्ञान’ बाट चीन पुगेका नेपाली नेताहरू मुक्त रहेको पनि देखिएको छ । विगतमा नेपालबाट चीन पुगेका नेपालका उच्च अधिकारीहरूमा चीन पुगेर के बोल्ने र के बोलेमा भारत रुष्ट हुँदैन भन्ने एक किसिमको मनोवैज्ञानिक दबाब रहने गरेको थियो । त्यो त्रासको निरन्तरतालाई ओलीको भ्रमणले तोडिदिएको छ । नेपाली राजनीतिको लागि यो केवल ‘निर्धारित दिशा परिवर्तन’ मात्र होइन यो एउटा महŒवपूर्ण राजनैतिक उपलब्धि हो, जुन उपलब्धिले नेपाल र नेपालीको स्वाभिमानलाई अझै उच्च पार्नेछ ।     भोलिका दिनमा नेपाल–चीन सुमधुर सम्बन्धबाट के कस्ता आर्थिक फाइदहरू नेपाललाई प्राप्त होला, ती कुराहरू भोलिका दिनमा झनै विस

आवश्यकता र भविष्यको कसीमा संविधान संशोधन

Image
श्रीमन्नारायण     स्थानीय तह, प्रादेशिक तह तथा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको छ । वर्तमान संविधानको सफल कार्यान्वयनका निम्ति उपरोक्त तीनवटै तहको निर्वाचनलाई आवश्यक मानिएको थियो । संविधानप्रति आप्mनो असन्तुष्टि व्यक्त गर्दै आएका मधेसी दलहरूसमेतले तीनै निर्वाचनमा सक्रिय सहभागिता देखाएका कारण अब नेपालको संविधानप्रति अन्तर्राष्ट्रिय जगत्को धारणामा समेत सकारात्मक परिवर्तन आउने निश्चित छ । मधेसी दलहरूले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई आफ्नो समर्थन मात्रै दिंदै आएको छैन, सङ्घीय समाजवादी फोरम त यसमा सहभागी पनि भइसकेको छ भने राजपा नेपाल पनि सरकारको निम्तोको प्रतीक्षामा रहेको देखिन्छ । संविधान संशोधनको मुद्दालाई प्रधानमन्त्रीको स्वेच्छामा अथवा निगाहमा समाधान हुने विषय मानिएको छ । संविधान एउटा गतिशील दस्तावेज हो तथा आवश्यकता एवं औचित्यको आधारमा यसमा संशोधन पनि गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्तिलाई उनको पुरानै अडानको रूपमा हेर्नुपर्दछ । सङ्घीय समाजवादी फोरमसित वर्तमान सरकारले गरेको लिखित सहमतिमा पनि देश र जनताका पक्षमा आपसी सहमतिका आधारमा संविधान

राजनीति पेशा कि सेवा

    स्थानीय तह अन्तर्गतको महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिहरूले आप्mनो क्षेत्रको विकास भन्दा बढी आप्mनो सेवा र सुविधाका कुरा प्राथमिकतामा राखेर काम गरिरहेका छन् । नपुग एक वर्ष पहिले निर्वाचनमा वडा सदस्य, वडाध्यक्ष, उपमेयर, मेयरहरूले जनताको घरदैलोमा पुगेर विकास गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । विभिन्न राजनीतिक दलसँग आबद्ध उनीहरूको पार्टीले पनि छुट्टाछुट्टै घोषणापत्र जारी गर्दै विभिन्न वाचाबन्धनको घोषणा गरेको थियो । अहिले ती घोषणापत्रहरूलाई नियाल्ने हो भने उनीहरूले गरेको वाचा अनुरूपको १० प्रतिशत पनि काम भएको छैन अनि ती घोषणापत्र अनुरूपको काम गर्ने पहल पनि भएको देखिदैंन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको परिपत्र अनुसार असार १० गतेसम्म सबै स्थानीय तहले आप्mनो नगर, गाउँसभा गरिसक्नुपर्ने हो । तर त्यतिखेर पनि ७० प्रतिशतले मात्र सभा घोषणा गरेका थिए भने अन्यले अहिलेसम्म गर्न सकेका छैनन्, अनि केही अहिले पनि गर्ने तयारीमा छन् । सभा गर्न नसक्नु अथवा ढिला हुनुको प्रमुख कारण भने वडासदस्य, वडाध्यक्षहरूको सेवा सुविधाको माग नै रहेको पाइएको छ ।     स्थानीय तहमा ज

२०७५ असार १४ गते बिहीवारको प्रतीक दैनिक

Image

उद्योगको खाली जग्गामा वृक्षरोपण गरौं – मेयर सरावगी

Image
प्रस, वीरगंज, १३ असार/     वीरगंज महानगरका मेयर विजय सरावगीले वातावरण संरक्षणका लागि औद्योगिक प्रतिष्ठानको खाली जग्गामा अनिवार्य वृक्षरोपण गर्न उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्ने र त्यसका लागि महानगर सहकार्य गर्न तयार रहेको बताएका छन् ।     वातावरण विभाग काठमाडौं र वीउवासङ्घको आयोजनामा सङ्घको सभाकक्षमा आज आयोजित वातावरण प्रदूषण नियन्त्रणसम्बन्धी अन्तत्र्रिmयामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मेयर सरावगीले जग्गा खाली राख्नेलाई महानगरले दुई सय प्रतिशतसम्म जरिवाना कर लिने व्यवस्था गरेको र आप्mना औद्योगिक प्रतिष्ठानको खाली जग्गामा वृक्षरोपण गर्नेहरूलाई प्रोत्साहनको व्यवस्था गरिएको बताए ।     वातावरण विभागका निरीक्ष्Fक निर्मल चौधरीले अन्तत्र्रिmयामा वातावरण संरक्षण ऐन, नियम, कानूनबारे कार्यपत्र प्रस्तुत गरेका थिए । अर्काे कार्यपत्र विभागका रसायनविद् केशव पौडेलले प्रदूषणको स्रोत, असर, प्रभाव तथा न्यूनीकरणको विषयमा प्रस्तुत गरेका थिए ।     कार्यक्रमका अध्यक्ष ओमप्रकाश शर्माले वातावरणजस्तो संवेदनशील विषयमा सबैको सहकार्य आवश्यक भएको बताए । उनले वातावरणको मुद्दा अहिलेको परिवेशमा गम्भीर भएको