$type=ticker$count=12$cols=4$cate=0

वित्तीय हस्तान्तरणसहितको संघीय बजेट

SHARE:

शीतल महतो
    आर्थिक वर्ष २०७५–०७६ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्ण आकारको सङ्घीय बजेट सार्वजनिक गरेका छन् । नेपालको संविधानमा उल्लेख भएबमोजिम उनले मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा चार किसिमका वित्तीय हस्तान्तरण हुनेगरी बजेट सार्वजनिक गरेका हुन् । सङ्घीय वित्त व्यवस्था अनुसार सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. खतिवडाले समानीकरण र सशर्त अनुदान गरी कुल रू तीन खर्ब आठ अर्ब ४८ करोड ७२ लाख वित्तीय हस्तान्तरण गरेका छन् । तीमध्ये प्रदेशका लागि रू एक खर्ब १३ अर्ब ४३ करोड ४१ लाख तथा स्थानीय तहका लागि रू एक खर्ब ९५ अर्ब पाँच करोड ३१ लाख वित्तीय हस्तान्तरण भएको छ ।
    सङ्घीय सरकारले वित्तीय हस्तान्तरण र सशर्त अनुदान सबै प्रदेश र स्थानीय तहलाई अलग–अलग नै अन्तर्सरकारी वित्तीय हस्तान्तरणमार्फत् प्रदान गरेको छ भने समपूरक र विशेष अनुदान चाहिं शून्य ब्यालेन्समा बजेटिङ गरिएको छ । अर्थमन्त्री डा. खतिवडाले प्रदेश र स्थानीय तहले पहिचान गरेको क्षेत्रमा सञ्चालन गर्ने आयोजनाहरूका लागि समपूरक अनुदान उपलब्ध गराउन तथा प्रदेश वा स्थानीय तहलाई विशिष्ट प्रकृतिको कार्य गर्नका लागि विशेष अनुदान उपलब्ध गराउन रू २० अर्ब पनि विनियोजन गरेका छन् । प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानबापत एकमुस्ठ रू एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता मानव सूचकाङ्क, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहहरूमा रहेका आर्थिक, सामाजिक र अन्य विभेदसमेतका आधारमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान उपलब्ध गराएको छ । यसैगरी सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको जनसङ्ख्या, क्षेत्रफल, मानव विकास सूचकाङ्क, पूर्वाधार एवं खर्चको आवश्यकतालाई आधार बनाएर मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट सङ्कलन हुने अन्तःशुल्कको रकममध्ये प्रदेश र स्थानीय तहमा एक खर्ब १४ अर्ब २४ करोड बाँडफाँड हुने प्रक्षेपण गरिएको छ ।
    यसैगरी सशर्त अनुदानतर्फ प्रदेशलाई रू ६० अर्ब १३ करोड ५५ लाख र स्थानीय तहलाई रू एक खर्ब नौ अर्ब ८४ करोड ५६ लाख विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा वित्तीय समानीकरणतर्फ प्रदेशले रू सात अर्ब १४ करोड तथा स्थानीय तहले रू दुई खर्ब २५ अर्ब बजेट प्राप्त गरेका थिए । जुन बजेट कार्यान्वयनमा छ । यसरी प्रदेशले प्राप्त गरेको कुल रू एक खर्ब १३ अर्ब ४३ करोड ४१ लाखमध्ये वित्तीय समानीकरण अनुदानतर्फ रू ५० अर्ब २९ करोड ८६ लाख तथा सशर्त अनुदानतर्फ रू ६३ अर्ब १३ करोड ५५ लाख प्राप्त गरेका छन् । यसैगरी स्थानीय तहमा हस्तान्तरण हुने कुल रू एक खर्ब ९५ अर्ब पाँच करोड ३१ लाखमध्ये वित्तीय समानीकरणतर्फ रू ८५ अर्ब २० करोड ७५ लाख र सशर्त अनुदानतर्फ रू एक खर्ब नौ अर्ब ४८ करोड ५६ लाख प्राप्त गर्नेछन् ।
    स्थानीय तह अन्तर्गत वित्तीय समानीकरणतर्फ महानगरपालिकाले २ अर्ब ६६ करोड ३० लाख, उपमहानगरपालिकाले ३ अर्ब ५५ करोड ९८ लाख, नगरपालिकाले ३८ अर्ब १६ करोड ५४ लाख र गाउँपालिकाले ४० अर्ब ८१ करोड ९३ लाख प्राप्त गरेका छन् भने सशर्त अनुदानतर्फ महानगरपालिकाले ४ अर्ब पाँच करोड ४२ लाख, उपमहानगरपालिकाले ४ अर्ब ४७ करोड ९२ लाख, नगरपालिकाले ५१ अर्ब १३ करोड ६३ लाख र गाउँपालिकाले एक खर्ब ७२ अर्ब ९८ करोड ११ लाख प्राप्त गरेका छन् । यसैगरी अन्तर्सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेशलाई वित्तीय समानीकरणका लागि ५० अर्ब २९ करोड ८६ लाख तथा सशर्त अनुदानतर्फ ६३ अर्ब १३ करोड ५५ लाख विनियोजन गरिएको छ ।
    यसरी वित्तीय समानीकरण र सशर्त अनुदान गरी सबैभन्दा बढी प्रदेश नं. १ र सबैभन्दा कम प्रदेश नं. ४ ले बजेट प्राप्त गरेका छन् । जस अनुसार प्रदेश नं. १ ले रू १९ अर्ब ८८ करोड ८७ लाख र प्रदेश नं. ४ ले रू १३ अर्ब २७ करोड ८६ लाख प्राप्त गरेका छन् । तर वित्तीय समानीकरणतर्फ सबैभन्दा धेरै रकम कर्णाली प्रदेशले प्राप्त गरेको छ । सो प्रदेशले रू नौ अर्ब १३ करोड १४ लाख प्राप्त गरेको छ ।
    यसरी सरकारले सार्वजनिक गरेको सङ्घीय बजेटमा अधिकांश आयोजना तथा कार्यक्रमहरू स्थानीय तथा प्रदेशसँग सम्बन्धित रहेको देखिन्छ । यी आयोजना तथा कार्यक्रमहरूको कार्यान्वयन तथा सञ्चालनका लागि प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण हुन सके यसले मुलुकको विकास र समृद्धिको ढोका खोल्ने निश्चित छ । समग्रमा कुल बजेटमध्ये ६६ प्रतिशत सङ्घमा र ३४ प्रतिशत प्रदेश तथा स्थानीय तहमा विनियोजन भएको देखिन्छ । प्रदेश तथा स्थानीय तहमा प्राप्त हुने ३४ प्रतिशत बजेटमा पनि प्रदेशले १९ प्रतिशत र स्थानीय तहले १५ प्रतिशत प्राप्त गरेको अवस्था छ । त्यसैले मुलुकको विकास र समृद्धिको जनचाहना र आवश्यकतालाई मूर्तरूप दिनका लागि बजेटको कार्यान्वयन पक्ष बलियो हुनैपर्छ । यसतर्फ सरकार संवेदनशील हुनुपर्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वित्तीय हस्तान्तरणसहितको संघीय बजेट
वित्तीय हस्तान्तरणसहितको संघीय बजेट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh-G3FPmLswVTFI7TlFHmF6pvxEpWSXnUYbhy-i7Zd-K2Nc6bRcM-fx7YPI-UQGoigVHxR9p_r0MvNPyY3w1Hc2aRN31TwEUvmsS27PBrWWQZHm4DUWFu9daHgqlfTj8NP7hTMPwgVh3HEm/s1600/shital+mahto.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh-G3FPmLswVTFI7TlFHmF6pvxEpWSXnUYbhy-i7Zd-K2Nc6bRcM-fx7YPI-UQGoigVHxR9p_r0MvNPyY3w1Hc2aRN31TwEUvmsS27PBrWWQZHm4DUWFu9daHgqlfTj8NP7hTMPwgVh3HEm/s72-c/shital+mahto.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/05/blog-post_992.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/05/blog-post_992.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy