$type=ticker$count=12$cols=4$cate=0

स्थानीय न्यायिक समिति ः अवसर र चुनौती

SHARE:

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
    २०४७ र २०६३ को संविधानले राज्यको तेस्रो अङ्ग न्यायपालिकालाई तीन तहमा राखे पनि वर्तमान संविधानले चार तहमा बनाएको छ । स्थानीय निकायहरूमा रहेको न्यायिक समिति, जिल्ला अदालत, उच्च अदालत तथा सर्वोच्च अदालत गरी चार तहको अदालत छ । जुन आम जनताको लागि न्यायमा पहुँचको दृष्टिले सकारात्मक हो । देवानी प्रकृतिको सानोतिनो विवादको लागि पनि पहिले दूरदराजको सदर मुकाम पुग्नेपर्ने बाध्यतालाई सहज पार्दै हरेक गाउँपालिका तथा नगरपालिकामा न्याियक समिति बनाइएको छ । जसले छिटो–छरितो र सस्तो एवं जीत–जीतको अनुभूति गराउने र फैसलामा अपनत्व स्थापित हुने अवस्था  सिर्जना गरेको छ । छिटोछरितो र सस्तो यस मामलिा कि अदालतमा जति धन, समय र श्रम खर्च हुँदैन । स्थानीय न्यायिक समितिलाई निर्णय गर्नुभन्दा मेलमिलाप गराउन प्रोत्साहित गर्नुपर्ने प्राथमिकता कानुनले दिएको छ । कानुनले न्यायिक समितिको क्षेत्राधिकारलाई दुई प्रकारले व्यवस्था गरेको छ । एउटा, निर्णय गर्न सक्ने विवाद र अर्को, मेलमिलापमा पठाउन सक्ने विवाद । आली–धुुरी, बाली नोक्सान, इज्जत आमद अनुसार खान लाउन नदिएको, जेष्ठ नागरिकको समस्या, महिला हिंसा, निकासबाटो थुनेको, अर्काको जग्गामा असर पर्नेगरी बोट–बिरुवा लगाउने पचीस लाखसम्मको घर बहाल विवादलगायत विषयमा न्यायिक समितिले निर्णय गर्न सक्छ भने अन्य देवानी प्र्कृतिका विवादमा सकभर मेलमिलाप गराउने, मेलमिलाप हुन सकेन भने सम्बन्धित अदालतमा पठाउने क्षेत्राधिकार छ । यो कुरा स्थानीय तहमा नै मेलमिलाप गराई दुवै पक्षलाई जित– जितको अनुभूति दिलाउने अवस्था हो, जुन सकारात्मक छ । प्रत्युत्तर परेपछि तीन महिनाभित्र विवादको टुङ्गो लगाउनुपर्ने समयावधि तोकिएको छ भने विवाद उत्पन्न भएको मितिले ३५ दिन भित्र उजुरी दर्ता गरिसक्नुपर्ने प्रावधान छ ।
    यो छिटोछरितो तथा सुलभ न्यायको  उद्देश्यले प्रेरित छ । न्यायिक समितिले गरेको निर्णयमा चित बुझेन भने जिल्ला अदालतमा पुनरावेदन  गर्ने अधिकार छ । जसबाट न्यायिक समितिले जे मन लाग्यो त्यो निर्णय गर्न सक्दैन । न्यायिक समिति उपमेयरको संयोजकत्वमा निर्वाचित तीनजना जनप्रतिनिधिको स्वरूप हो, जसलाई उपरोक्त अधिकार दिइएको छ । जुन अदालतको न्यायाधीशभन्दा पृथक छ । अदालतमा एकजना अनजान र विवादको वास्तविक मूल नदेखेको व्यक्तिले इन्साफ गर्दा तलमाथि हुन सक्छ । अनजान व्यक्तिले दिएको फैसला स्वीकार गर्नुभन्दा आफैंले मत दिई आप्mनै गाउँठाउँसँग पूर्ण परिचित जनप्रतिनिधिबाट भएको निर्णयमा पक्ष विपक्षले बढी अपनत्व महसुस गर्न सक्ने मकसदका साथ यो व्यवस्था लागू भएको भन्न सकिन्छ । यो मकसद पुरा गर्न न्यायिक समितिका सदस्य एवं संयोजकहरूले दलीय आस्थाभन्दा माथि उठेर स्वच्छ र निष्पक्ष न्याय दिने मनोविज्ञान बनाउनुपर्छ । उसलाई कसले मत दियो, ऊ कुन पार्टीको हो पनि ऊ न्यायकर्ता हो । ऊ सबैको हो ठानेर विवादको निपटारा गर्नुपर्छ ।
    स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले न्यायिक समितिको काम सञ्चालन गर्न स्थानीय तहले कानुन तथा नियमावली बनाएर सोही अनुसार न्याय सम्पादनको मापदण्ड बनाएको छ । अदालतले रितपूर्वक म्याद तामेल गरी प्राकृतिक न्यायको सिद्धान्त मुताबिक सुनवाइको मौका दिई दुवै पक्षको बहस जिकिर सुनी इजलास गठन गरी सकभर तीनैजनाले सर्वसमितले वा बहुमतले दिएको निर्णय नै मान्य हुने व्यवस्था छ । यसबाट संयोजक उपमेयर भए पनि एउटा थप सदस्यको सहमतिबेगर एक्लै निर्णय गर्न पाउँदैन । संयोजक नरहेको अवस्थामा सदस्यहरूले निर्णयबाहेक सम्पूर्ण कार्य गर्न सक्ने अधिकार छ । जसले उपमेयरको महŒव बढाएको छ ।  विवादमा स्वार्थ गाँसिएको न्यायसमितिको कोही सदस्य छ भने ती सदस्यलाई बाहेक गरी निर्णय गर्ने प्रावधान छ । जुन मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नं अनुसार न्यायाधीशले आप्mनो विवाद आफै हेर्न नहुने सिद्धान्त लागू भएको छ । न्यायिक समितिका तीनैजनाको स्वार्थ गाँसिएको विवाद छ भने सभाले अर्को तीन सदसीय  न्यायिक समिति गठन गर्न सक्ने प्रावधान छ । यसबाट आप्mनो मान्छे र अरूलाई काखापाखा गर्न सक्ने खतरा कम हुन्छ तर आप्mनो मान्छेको परिभाषाभित्र पार्टीको कार्यकर्ता पर्छ कि पर्दैन भन्ने कुरा कानुनले स्पष्ट नपारेकोले स्थानीय तहबाट बन्ने कानुनमा स्पष्टता जरुरी छ । ऐनले निर्णय गर्न सक्ने दिएको क्षेत्राधिकार सामान्य र थोरै छ । जसलाई विस्तार गर्नुपर्ने देखिन्छ । जस्तै सहकारीको विवाद, मानाचामल, सम्बन्ध विच्छेद, अंश जग्गा खिचौला लगायत पार्नुपर्छ । कानूनले क्षेत्राधिकार थोरै तोके पनि एउटा विकल्प दिएको छ– त्यो हो स्थानीय कानून वा प्रदेश कानूनमा नभएको कुरा थप गर्न सकिने ।
    यसर्थ न्यायिक समितिको क्रियान्वयनको आधारमा सभाले अधिकार विस्तार गर्न सक्ने देखिन्छ । यसरी स्थानीय तहको न्यायिक समितिले समाजमा अमनचयन शान्ति गर्न र न्यायमा पहुँच स्थापित गरी छिटोछरितो र सुलभ न्याय दिन निकै सकारात्मक भए पनि यसका केही चुनFैतीहरू छन् । जसलाई अविलम्ब सच्याउनु जरुरी छ । न्यायिक समितिको संयोजक अधिकांश महिला नै छन् भने दुई सदस्यमध्ये एकजना सदस्य महिला नै छन् ।अर्थात बहुमत महिलाकै छ । महिला प्रायः कानुनका जानकार छैनन् ।         महिलालाई समाजले पहिलेदेखि नै दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्दै आएकोले उनीहरूबाट हुने न्यायले न्यायिक समिति उपर भरोसा हुन्छ कि हुँदैन, चुनFैती देखिन्छ । यसलाई समाजमा प्रचार गर्नुका साथै कानुन बनाएर  जानकारहरूको सहयोग लिएर तदारुकताका साथ निष्पक्ष निर्णय गरी त्यसको प्रभावकारी कार्यान्वयन गरेर जनतामा न्यायिक समितिप्रति अपनत्व विकास गर्न जरुरी छ । समितिलाई मेलमिलाप गराउने अधिकार छ । मेलमिलापकर्ता सूचीकृत गर्ने कानूनी प्रावधान छ तर अहिलेसम्म मेलमिलापकर्तालाई स्थानीय तहमा सूचीकृत गरिएको छैन । अधिकांश ठाउँमा समितिले काम पनि थाल्न सकेको छैन । कानूनी सलाहकार राख्न सकेको छैन । कानुन नबनाई, अदालत सरहको कर्मचारी, पूर्वाधार नबनाई न्याय सम्पादन गर्नु निकै कठिन छ तर दुःखको विषय के छ भने न्यायिक समितिहरूले काम थालेका छन् तर एउटा तामेलदारको व्यवस्था छैन । मुद्दाको कार्यवाहीको लागि तारेख चलाउने, आदेश गर्ने, नापनक्सा गर्ने जनशक्तिको अभाव छ । निर्णय कार्यान्वयन गर्ने संयन्त्र छुटै चाहिन्छ जसको व्यवस्थापनतर्फ चासो गएको अवस्था छैन । कस्तो विवाद दर्ता गर्न मिल्छ, कस्तो विवाद दर्ता गर्न मिल्दैन, श्रेस्तादारको छुट्टै व्यवस्थापन छैन । जग्गा च्यापेको, निकास बाटो बन्द गरेको विवादमा प्राविधिक अमिनको स्थलगत प्रतिवेदनबेगर इन्साफ गर्न सकिंदैन । अमिनको व्यवस्था कुनै स्थानीय निकायमा छैन । समितिले गरेको निर्णय उपर पुनरावेदन गर्ने प्रावधान छ । अदालतबाट न्यायिक परीक्षण हुन सक्ने निर्णय पनि अदालती मापदण्ड अनुसार नै हुनुपर्छ । जसको लागि फैसला तयार गर्ने दक्ष जनशक्ति चाहिन्छ । समग्रमा भन्ने हो भने न्यायपालिकामा आवश्यक रहेको प्रायः पूर्वाधार स्थानीय तहमा पनि अपरिहार्य भए पनि त्यसको पूर्ति गर्ने चासो कसैले देखाएको छैन । जसले न्याय समितिलाई ओझेलमा पारेको छ । यी सबै कुराको व्यवस्थापनका लागि भौतिक पूर्वाधार एवं स्थानीय कानुन चाहिन्छ नै जसको निकै अभाव छ । यी न्याय समितिका चुनौतीहरू हुन् ।
    न्यायिक समितिले गरेको निर्णय कसैले मानेन वा न्यायिक समितिको जनास्था खस्कने काम कसैले ग¥यो भने अवहेलनामा सजाय हुने कि नहुनेजस्तो कुरा वर्तमान कानूनमा अनुत्तरित छ । आशा गरौं आगामी सभाहरूबाट यस्ता चुनFैती हटाई अवसरको सदुपयोग होला ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : स्थानीय न्यायिक समिति ः अवसर र चुनौती
स्थानीय न्यायिक समिति ः अवसर र चुनौती
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh0S_QsdlNKB_g1YPPH1sHK9saEkHmo26KyIjI1652YIecTw0wrdgyrLrsaD_q1bEtS7mBDJWmbjX9D4j4jRJs475bapiECVKQIZwuB_uSOLncx8Fs6NbeuLHHtCoiGdHIae0iipVY6kszX/s1600/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh0S_QsdlNKB_g1YPPH1sHK9saEkHmo26KyIjI1652YIecTw0wrdgyrLrsaD_q1bEtS7mBDJWmbjX9D4j4jRJs475bapiECVKQIZwuB_uSOLncx8Fs6NbeuLHHtCoiGdHIae0iipVY6kszX/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/05/blog-post_988.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/05/blog-post_988.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy