प्रस, परवानीपुर, १६ जेठ/
वीरगंज महानगरपालिकाभित्र ध्वनि प्रदूषण पैmलाउने उद्योगलाई नगरपालिकाले नै संरक्षण गर्न थालेको आरोप लागेको छ ।
नगरवासीले ध्वनि प्रदूषण रोक्न तथा त्यस्ता उद्योग अन्यत्र सार्न उजुरी गर्दा समेत हालसम्म कुनै कारबाई नगरपालिकाले नबढाएको वीरगंज–११ श्रीपुरका सञ्जीत साहले गुनासो गरे । उनले बसोवास गर्ने जिल्ला कृषि विकास कार्यालय अगाडिको टोलमा ओम पूmटवेयर इन्डस्ट्रीज सञ्चालन हुँदा वातावरणमा नकारात्मक असर परेको भन्दै उद्योगको अनुगमन गरी ध्वनि प्रदूषण नियन्त्रण र उद्योग सार्न फागुन ३० गते महानगरपालिकाको सरसफाइ शाखामा उजुरी गरेका थिए ।
सो टोलका करिब एक दर्जन टोलवासीले लिखित उजुरी गर्दासमेत हालसम्म उद्योगजन्य ध्वनि प्रदूषण नियन्त्रण वा उद्योग सार्न कुनै पहल नभएको टोलवासीको गुनासो छ ।
यस विषयमा उद्योग सञ्चालक ओमप्रकाश महतोसँग कुरा गर्दा उनले २०५२ सालदेखि घरेलु तथा साना उद्योगबाट स्वीकृति लिएर उद्योग सञ्चालन गर्दै आएको र कर तिर्दै आए तापनि छिमेकीहरूmे डाहाले त्यस्तो उजुरी गरेको बताए ।
उनले नगरपालिकाले अनुगमन गरिसकेपछि जे सुझाव दिन्छ, त्यसगरी उद्योग सञ्चालन गर्ने आश्वासन दिए ।
महानगरपालिकाका सरसफाइ शाखाका अधिकृत राजकृष्ण ताम्रकारले उजुरी परेको बेला अनुगमन गरिएको र त्यो विषयमा प्रतिवेदन लेख्ने काम भइरहेको जानकारी गराएका छन् । नगरपालिकाका कार्यकारी अधिकृत सरुवा भएर आउँदा प्रतिवेदन बुझाउन ढिलाइ भयो । उजुरीको सम्बन्धमा नियमानुसार कारबाई गर्ने उनले जवाफ दिएका छन् ।
यो उद्योगले चापाकलको प्लास्टिकको लेदर र बोकिट उत्पादन गर्ने गर्छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उद्योग सञ्चालन हुँदा ठूलो आवाज आउँदा टोलका बासिन्दाको जीवनमा नकारात्मक असर परिरहेको टोलवासीको भनाइ छ ।