प्रस, वीरगंज, १३ जेठ/
पर्साका स्थानीय तहहरूमा अहिले व्यापक भ्रष्टाचार मौलाउँदै गएको छ ।
विरोधी पक्षका निर्वाचित प्रतिनिधिहरूले हिजोसम्म गाउँसभा गर्न दिएका थिएनन्, अहिले भने सबै रकम बाँडफाँड गरी खाने गरेको पाइएको छ ।
अधिकांश स्थानीय तहमा बहुमत छैन, तर खर्च निर्विवाद भइरहेको छ । कसैले अहिलेसम्म विवाद गरेको छैन । स्थानीय तहमा विवादका कारण समयमा गाउँसभा हुन नसक्दा गाउँपालिकाको कामकाज पनि ढिलो शुरु भएको थियो ।
धोबिनी गाउँपालिका अध्यक्ष्F नेपाली काङ्ग्रेसबाट निर्वाचित भए पनि बहुमत सङ्र्घय समाजवादी फोरमको छ । गाउँसभा गर्न पटकपटक समय तोकिए पनि बहुमत नपुग्दा बस्न सकेको थिएन ।
जगरनाथपुर गापामा नेकपा माओवादी केन्द्रको गाउँ अध्यक्ष रहे पनि बहुमत फोरमको छ । सो गापामा पनि लामो समय विवाद चलेको थियो । त्यसैगरी कालिकामाई गापामा सङ्घीय समाजवादी पार्टीका अध्यक्ष्F छन् भने बहुमत अन्य पार्टीको छ । त्यहाँ पनि ठूलो विवाद भएको थियो ।
हामीलाई प्राप्त जानकारी अनुसार विकास निर्माणमा २०/३० प्रतिशत, लक्षित वर्गका लागि आएको सामाजिक विकासमा ५० देखि ६० प्रतिशत, कार्यालय सञ्चालन तथा अन्य सामान खरिदमा २० प्रतिशत कमिशन लिने गरिएको तथ्याङ्क फेला परेको छ ।
गापा अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले २० प्रतिशत तथा त्यसबाहेक बँचेको रकम वडाध्यक्ष्F तथा वडासचिव तथा अन्य कर्मचारीबीच भागबन्डा लाग्ने गरेको स्रोतले जनाएको छ । सबैको भागबन्डा मिलाउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतहरूलाई दिएको एकजना कर्मचारीले जनाएका छन् । गाउँमा हुने सबै विकास निर्माण कार्य ठेकेदारहरूले हात पारेका छन् । ५ लाखभन्दा कमको योजना देखाई सबै काम कोटेशनमा दिएको छ । जगरनाथपुर गापामा फोरमका निर्वाचित प्रतिनिधिले बहुमतको धाकमा एकजना ठेकेदारलाई ४५ लाखको कोटेशनको काम दिलाएका छन् । धोबिनीमा पनि कोटेशनमा काम वितरण गरेको पाइएको छ । प्रदेशसभा तथा स्थानीय तहमा पराजित ठेकेदाहरू नियमविपरीत कोटेशन लिने कार्यमा संलग्न पाइएका छन् ।
छिपहरमाई गापामा माटो पुरी ग्रेभल ढलान तथा जिन्सी सामान खरिदमा करोडौं खर्च गरिएको छ । सो गापा भित्र पर्ने विद्यालयहरूमा पठाएको एक्जिस्ट फैनको १० हजारको बिल पेश भएको छ । सवारी साधान खरिदसमेत भएको छ । कालिकामाई गापामा अहिले सोही अनुसार कोटेशन दिएको पाइएको छ । त्यति मात्र हैन, सोही अनुपातमा स्थानीय तहहरूमा गाभिएका विषयगत कार्यलयले पनि रकम हिनामिना गर्ने गरेको पाइएको छ ।
बीउबिजन खरिद, जनचेतना,तालिम गोष्ठीमा रकम सिध्याउने गरेको पाइएको छ । तर बोल्ने कोही छैन, जनताबाट निर्वाचित प्रतिनिधिहरू, निर्वाचनमा खर्च भएको रकम उठाउन व्यस्त छन् । गाउँ, वडाको विकास भाँडमा जाओेस्, पहिले खर्च भएको रकम उठाउनु आवश्यक भएको एकजना गापा अध्यक्ष्Fले नै बताए ।