शासन कडा हुनुपर्छ भन्नुको तात्पर्य एकाधिकारवादी शासनसत्ताको वकालत होइन । सत्ता त जनताको इच्छानुसार, जनताका लागि र जनताद्वारा नै सञ्चालित सर्वोत्तम हो, तर हाम्रोजस्तो मुलुक, जहाँ शिक्षाको कमी छ, मानिसमा वैचारिक परिपक्वता आइसकेको छैन, विरोधलाई नै श्रेष्ठताको कसी मानिन्छ, त्यस ठाउँमा शासन कडा हुनैपर्छ । अधिकार र कानूनप्रदत्त सुविधाको फाइदा उठाउँदै कुनै पेशागत समूहले आप्mनो स्वार्थ पूरा हुने खालको सङ्गठन खडा गर्दछ, त्यहाँसम्म ठीक छ, तर त्यसै सङ्गठनको आड लिएर सामान्य जनताको अधिकारको हनन र आप्mनो मनपर्दो गर्न खोज्दछ भने त्यहाँ शासन कडा बन्नैपर्दछ । अन्यथा समूहको अगाडि व्यक्ति जहिले पनि कमजोर बन्छ र प्रजातन्त्रको अर्थ शक्तिशालीको रजाइँ भन्ने लाग्न थाल्छ । नेपालमा आज त्यस्तै भइरहेको छ । शिक्षकहरूको सङ्गठन छ, उनीहरू बलिया छन्, पढाऊन् नपढाऊन् उनीहरूविरुद्ध कारबाई गर्न सकिन्न किनकि कारबाई ग¥यो कि देशभरिको शिक्षा प्रणाली ठप्प हुन्छ । ठेकेदारहरूको सङ्गठन छ, उसले काम गरोस् नगरोस् कारबाई गर्न पाइन्न, तुरुन्त सङ्गठन खडा हुन्छ । यातायात व्यवसायीहरूको सङ्गठन छ, आपूmखुशी गर्छन्, यात्रु मारमा पर्छन् । कारबाई हुन सक्दैन ।
अहिले सरकारले अलि कडाइ ग¥यो, यातायातको सिन्डिकेट (साङ्गठनिक क्षमता) कमजोर भयो, यसको नियमन गर्न सकियो भने यात्रुले सस्तो, आरामदायी र भरपर्दो यात्राको लाभ उठाउन पाउँछ । आप्mनो हितको लागि गठन भएको सङ्गठनले हुलको नाममा जब नाजायज फाइदा लिन थाल्छ, अन्यायको जन्म हुन्छ । थोरै मानिसको हितका लागि धेरैले पीडा सहनुपर्छ, जुन प्रजातन्त्रको मर्मको खिलाफ हो । यस अवस्थामा सरकार अगाडि आएर दूधको दूध र पानीको पानी गरिदिनुपर्छ । प्रजातन्त्र त्यो हो, जहाँ बलियो (सङ्गठित) वा कमजोर (जसको सङ्गठन छैन) सबैले निर्वाध आप्mनो अधिकार पाउन सकोस् र सबै आप्mनो कर्तव्यप्रति पनि सजग रहून् । विधिको पालना गराउन शासन अलिकति पनि चुक्यो भने आम मानिसको धारणामा शासन व्यवस्थाप्रति वितृष्णा उत्पन्न हुन्छ । विधिको शासन लागू गर्न पहिलो पाइला नै कठोरतापूर्वक चालियो भने नागरिकमा अनुशासनको भावना पलाउन थाल्छ । यस अनुशासनले प्रणालीको विकास गर्छ । प्रणाली भनेको जहाँ कसैले कसैको अधिकारको अतिक्रमण गर्दैन/गर्न पाउँदैन । विधिपूर्वक देश हिंड्नुको अर्थ हुन्छ–भ्रष्टाचारमा कमी, दायित्वप्रति सजगता । अनि ठेकेदारले राम्रो काम समयमा गर्छ, शिक्षकले राम्ररी विद्यार्थीलाई पढाउँछ । कर्मचारीले समयमा नागरिकको काम गर्छ ।
शासन कडा हुनुको अर्थ हो, पेशाकर्मीले समूहको आडमा अर्घेल्याइँ नगर्नु । एउटा ठाउँमा विधिपूर्वक काम हुन थाल्यो भने अर्कोमा पनि विधिको पालना गर्ने मनोविज्ञान पलाउँछ । यसर्थ शासनले पहिले विधिको पालनामा ध्यान दिनुपर्छ । निर्वाचनमा कहाँबाट जनशक्ति जुट्छ, कहाँबाट धनशक्ति उपार्जन गर्न सकिन्छ भन्ने मनोविज्ञानले काम गर्ने हो भने देशमा जस्तोसुकै राम्रो शासन व्यवस्था होस्, न देशको भलाइ हुन्छ, न जनताको । राजनीतिज्ञको मनोविज्ञानले जुन पनि व्यवस्था होस्, लड्ने र जित्ने हामी नै हौं भनेर प्रश्रय पाइरहने हो भने कुनै पनि परिवर्तनले देशमा खुशहाली आउन सक्दैन । देशमा, त्यसैले शासनकर्ताले आप्mनो मात्र हित सोच्छ, आप्mनै जनशक्ति र धनशक्तिबारे सोच्छ । अनि देश लथालिङ्ग बनेको छ । कुनै शासन व्यवस्था कामयाब हुन सकेको छैन ।