ई. गोपाल श्रेष्ठ
गत वैशाख २८ र २९ गतेको भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको नेपाल भ्रमणपछि नेपालमा अनेक किसिमको सकारात्मक र नकारात्मक टीका–टिप्पणी भयो । सकारात्मक टिप्पणीमध्ये नेपाल–भारत सम्बन्ध पुनः उचाइमा पुग्यो, दिल्लीबाट काठमाडौं रेलमार्गद्वारा जोडिने सम्भावना बढ्यो, मेगा अरूण जलविद्युत् योजनाको शिलान्यास भयो, जनकपुर–अयोध्या सीधा बस सेवा चल्ने भयो, प्रदेश नं. २ ले १ अर्ब आर्थिक सहयोग प्राप्त गर्ने भयो, मुस्ताड्ढो मुक्तिनाथले व्यापक प्रचार–प्रसार प्राप्त ग¥यो आदि । त्यस्तै नकारात्मक टिप्पणीमध्ये भारतले आप्mनो प्रधानमन्त्रीको सुरक्षाका लागि आप्mनै सुरक्षा फौज पठाई नेपाली सुरक्षा व्यवस्थाको अवमूल्यन ग¥यो, भारतले तीन वर्ष पहिले नेपालमाथि गरेको नाकाबन्दीबारे स्वयंले गल्ती महसुस गरे पनि लिखित वा मौखिकरूपमा कुनै पनि प्रसङ्ग उठाएन । प्रधानमन्त्री मोदी धार्मिक गतिविधिमा लिप्त भएको देखेर राजनीतिमा धर्मले प्रवेश पाउने हो कि भन्ने शङ्कास्पद स्थितिको सिर्जना भयो, आदि ।
नेपाल–भारत सम्बन्धको उतार–चढाव त छँदैछ, सीमा विवाद कहिल्यै नसकिने मुद्दा बनेको छ भने सन् १९५० को सुगौली सन्धि असमान भयो भन्ने नेपाली पक्षको गुनासो पनि सदाबहार नै छ, साथै नेपाली राजनीतिमा भारतीय हस्तक्षेप हुने गरेको तथ्य नेपाली मानसपटलबाट कहिलै पनि बाहिर जान सक्दैन । नेपालमा कहिलेकाही ‘ग्रेटर नेपाल’ को आवाज पनि गुन्जिरहेको हुन्छ भने कहिलेकाहीं नेपाली मूलका भारतीय नागरिकमाथि भारतीय शासकवर्गबाट हुने थिचोमिचो तथा दुव्र्यवहारको प्रसङ्ग पनि चलिरहेको हुन्छ । विशेष गरेर भारतीय प्रधानमन्त्री मोदीले आपूm नेपाल आउँदा भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल नै हो भन्ने र अन्य देशमा जाँदा भगवान् गौतम बुद्ध भारतमा जन्मेका हुन् भनेर प्रचार–प्रसार गर्ने गरेका छन्, त्यसले नेपाल र नेपालीलाई चिढाएको छ । नेपाल भारतसँग चिढिएको बेला चीनले मौका छोपी नेपाललाई आप्mनो नजिक बनाउन खोजेको आभास मिल्छ । हुन पनि भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्केको छैटौंं दिनमा नै एमाले र माओवादी एक अर्कामा विलीन भई एउटै राजनैतिक पार्टी नेपाल कम्युनिस्ट पार्टी भएको छ । नेपालको अहिलेको राजनैतिक अवस्था चीनको लागि जति राम्रो र सौहाद्रपूर्ण बनेको छ, भारतको लागि त्यत्तिकै टाउको दुखाइ ।
नेपाल अहिले वाममय भएको जगजाहेर छ– केन्द्रीय सरकार वामशक्तिको छ भने सातवटा प्रदेशमध्ये ६ वटा प्रदेशमा वामशक्तिको नै प्रादेशिक सरकार छ । यसै कारणले पनि होला चीन सरकारले पनि आप्mनो देशलाई नेपालसँग रेलमार्गद्वारा जोड्ने योजना तर्जुमा गरिरहेछ । भारत र चीन दुवै देशबाट नेपाल रेलमार्गद्वारा जोडियो भने नेपालको आर्थिक भविष्य अवश्य पनि उज्ज्वल हुनेछ । चीन अहिले अमेरिका पछि विश्वको दोस्रो धनी देश हो भने भारत, अमेरिका, चीन र जापानपछिको चौथो धनी देश हो । भारत नेपालभन्दा २२ गुणा ठूलो छ भने चीन ६४ गुणा ठूलो छ । जनसङ्ख्याको दृष्टिकोणले पनि भारत नेपालभन्दा ३८ गुणा विशाल छ भने चीन त झन् ५० गुणा विशाल छ । यस्ता दुई विशाल देशबीच सानो देश नेपाल रहनु नेपालको लागि अवसर र चुनौती दुवै हो । त्यसकारण पनि नेपालले दुवै विशाल राष्ट्रसँग कूटनीति तथा बुद्धिमतापूर्ण व्यवहार गर्न सक्नुपर्छ । नेपाली राजनीतिमा दुवै राष्ट्रको प्रभाव छ । चीनको प्रभाव थाहा पाउन केही न केही गहिरिएर अध्ययन गर्नुपर्छ भने भारतीय प्रभाव त त्यसै पनि छर्लङ्ग देखिन्छ ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको पनि आशा गर्न सकिन्छ । भारत जसरी विश्वशक्तिको रूपमा उदय भइरहेछ, चीन पनि त्यसरी नै सशक्त रूपमा विश्व शक्तिको रूपमा उदय भइरहेछ । अहिले दक्षिण एसियामा भारतको पकड कमजोर हुँदै गएको महसुस भइरहेछ भने चीनको पकड र प्रभाव बढ्दै गएको प्रस्ट देखिन्छ । यो तथ्य भारतको लागि चिन्ताको विषय हो । भारतले यो चिन्ता हटाउन नेपालसँग सुमधुर सम्बन्ध राख्न सक्नु नै पर्छ । यसै परिप्रेक्ष्यमा भारतीय प्रधानमन्त्री मोदीको नेपालको चौथो भ्रमण पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । यदि प्रधानमन्त्री मोदीले आगामी दिनमा नेपालको चौथो राजकीय भ्रमण गरेमा बुद्धको जन्मस्थान लुम्बिनीलाई लक्षित गरी भ्रमण गर्न सक्ने अनुमान गर्न सकिन्छ ।