प्रस, वीरगंज, १५ जेठ/
रामगढवा प्रहरीले अपराधमा कुख्याती कमाएका नेक महम्मदलाई रामगढवाबाट पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरुलाई डर, धम्की, त्रास दिएर रङ्गदारी असुली गर्नुको साथै हत्यामा समेत संलग्न रहेका नेक महम्मदलाई रामगढवाबाट प्रहरीले पक्राउ गरेको हो ।
नेक महम्मद पक्राउ परेको समाचारले रक्सौलका व्यापारीहरू खुशी भएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार आदापुरका शिक्ष्Fक चैन साहलाई गोली हानी हत्या गरेको आरोपका साथै नेक महम्मदमाथि रामगढवाको आमोदेई पैक्स अध्यक्ष मोतीउर रजा र रक्सौलका चिकित्सक राजीव रञ्जनसँग १० लाख रङ्गदारी माग गरेको उजुरी छ ।
यसको अलावा आदापुरका एक दर्जनभन्दा बढी व्यवसायीले नेक महम्मदविरुद्ध रङ्गदारी माग गरेको भनी उजुरी गरेका थिए ।
रक्सौल प्रहरीको लागि टाउको दुखाइ बनेका नेक महम्मदको खोजी बिहार र राजकीय रेल प्रहरीले पनि गरिरहेको थियो । नेक महम्मदमाथि रक्सौल रेल थाना अध्यक्ष अनिल कुमारलाई ज्यान मार्ने धम्की दिएको आरोप छ ।
यस अघि नेक महम्मद सुगौली विस्फोटकाण्डमा प्रहरीलाई अल्मल्याएर दिएर भाग्न सफल भए पनि आज रामगढवामा पक्राउ परेका हुन् ।