संस्कृत देववाणी हो अर्थात् देवताहरूले आप्mनो अभिव्यक्तिको लागि जुन भाषाको प्रयोग गर्छन्, त्यो संस्कृत नै हो । यसै कारण संस्कृतलाई देववाणीको रूपमा निरूपित गरिएको छ । संस्कृतमा पूर्वेली संस्कृतिको जरा समाहित छ । यो हाम्रो देशको अतीतको धरोहर हो । संस्कृतमा ऋषिद्वारा अन्वेषित ज्ञानविज्ञानका सम्पूर्ण खजाना छन् । संस्कृतले हामीलाई बोध गराउँछ– हाम्रो राष्ट्रिय अस्मिता एवं गौरवलाई, साथै हाम्रो समृद्ध इतिहास र संस्कृतिलाई । यसैमा हाम्रFे विरासत सुरक्षित र संरक्षित रहेको छ । संस्कृतको उपेक्ष्Fाले हामीलाई हाम्रै विरासतबाट टाढा गरिदिन्छ, हामीलाई आप्mनै सांस्कृतिक जराबाट काटिदिन्छ र आप्mनो जरा काटिएपछि कुनै कहिल्यै विकसित हुन सकेको छैन ।
संस्कृतको शाब्दिक अर्थ हो– शुद्ध, परिष्कृत, श्रेष्ठ, सुगढ आदि । संस्कृतको प्रयोगले हामीलाई पवित्रतातर्पm उन्मुख गराउँछ, श्रेष्ठताको बोध गराउँछ र हाम्रो अनगढतालाई सुगढतामा परिणत गर्छ । संस्कृत भाषा अत्यन्तै सूक्ष्म, गम्भीर, व्यापक एवं वैज्ञानिक छ । यसमा संस्कृति, धर्म, अध्यात्म एवं विज्ञानको सूक्ष्म तŒव सन्निहित छ । अज्ञानताको कारण हामी आप्mनै पुरातन एवं समृद्ध भाषाको महिमा एवं महत्ताबाट अपरिचित एवं अन्जान छौं । यसै अज्ञानताको कारण हामीले आप्mनो भाषा छाडेर अन्य भाषाको अनुकरण गर्दैछौं र त्यसको प्रयोग गरेर हामी आपैंmलाई श्रेष्ठ सम्झिन्छौं । यो अनुकरणशीलताले हामीलाई आप्mनै विरासत एवं धरोहरबाट टाढा लगिरहेको छ ।
संस्कृत वाङ्मय हजारौं हजार वर्ष पुरानो हाम्रो सभ्यताको सजीव र मूर्त रूप हो । हाम्रो संस्कृतिका प्रणेता ऋषिहरूले जुन ज्ञान प्राप्त गरेका थिए, त्यो उनीहरूले संस्कृतमा सजाएर राखेका थिए । यसै कारण वेद, संहिता, आरण्यक, उपनिषद्, दर्शन, स्मृति, रामायण, महाभारत आदि सबै संस्कृतमा नै रचिएका छन् । संस्कृतको विशाल एवं वैविध्यपूर्ण ज्ञानराशिमा वेद आदि शास्त्र मात्र समाहित छैन, बरु शङ्कर, रामानुज, गौतम, कपिल, जैमिनी जस्ता महान् ऋषि एवं दार्शनिकको पनि योगदान छ । पाणिनि, कात्यायन, भर्तृहरि जस्ता विद्वान, पतञ्जलि, घेरण्ड जस्ता योगगुरु, आर्यभट, ब्रह्मागुप्त, भास्कर, वराहमिहिर जस्ता गणितज्ञ, चरक, सुश्रुत जस्ता महान् चिकित्सकले संस्कृत भाषाको प्रयोग गरेका थिए ।
संस्कृत भाषाको महŒव, वैज्ञानिकता एवं सर्वमान्य उपयोगिता असंदिग्ध छ । यसै कारण भरत जस्तो नाट्यविद् र वाल्मीकि, कालिदास, भवभूति, भास, व्यास, वाणभट्ट, भारती, दण्डी जस्ता अनगिन्ती साहित्यशिल्पीहरूको अनेक विशिष्ट एवं उल्लेखनीय अनुदान पनि यसै भाषामा निहित छ । यसअलावा पनि ज्ञानको मूल एवं सञ्चित राशि संस्कृत भाषामा नै वर्णित छन् । विभिन्न क्ष्Fेत्रमा यी सबै विद्वान्, चिकित्सक, वैज्ञानिक, साहित्यकारले यसै यो भाषाको उपयोग गरेका त होइनन् ? यसको पछाडि पनि गूढ एवं सूक्ष्म तथ्य–तŒव छ, जसको कारण यति व्यापकरूपमा यस भाषाको प्रयोग गरिंदैछ ।
संस्कृत मानव विकासक्रमसँग जोडिएको भाषा हो । यो भाषा देश मात्र होइन, विश्वको अनेक भाषाको उद्गम स्रोत हो । कालातीत सत्य केवल हाम्रो भाषासम्म मात्र सीमित रहेन । भाषा विशेषज्ञहरूको भनाइ अनुसार एक भाषाको रूपमा संस्कृत अनेक युरोपेली भाषाका जननी हो । भाषाको रूपमा आप्mनो वैज्ञानिक दृष्टिको साथ संस्कृतले एक व्यापक विचारपद्धति र जीवनशैलीको व्याख्या पनि प्रस्तुत गर्छ ।
कुनै भाषामा यति सामथ्र्य हुनु उसको विशेषता एवं महानतालाई सिद्ध गर्छ । यो एक यस्तो विरल घटना हो, जसमा भाषाले हामीलाई न केवल ज्ञान प्रदान गर्दछ, बरु हाम्रो सोच, हाम्रFे चिन्तन, हाम्रो चेतना, भावना तथा व्यवहारका सबै क्षेत्रलाई व्यापकरूपबाट प्रभावित गर्दछ । संस्कृत–भाषाको रूपमा हाम्रो जननी हो, जसले हामीलाई ज्ञानबाट पोषित गर्छ, भावनाबाट तृप्त गर्छ र सत्कर्म गर्ने शिक्ष्Fा दिन्छ ।
पूर्वेली संस्कृति एवं संस्कारको जननी संस्कृति–आज पनि एक जीवित एवं जाग्रत भाषा हो । संस्कृतमा प्रवाह छ र यसको ग्रहणता असंदिग्धरूपबाट उच्चस्तरीय छ । यसै कारण हो, हाम्रFे देशका साक्षर व्यक्ति जो विविध भाषा र बोली बोल्छन्, उनीहरू रामायण, महाभारत, गीता र संस्कृतका अनेक नीतिग्रन्थको रहस्यलाई बुभ्mछन् एवं त्यसको मर्मलाई आत्मसात् गर्छन् । बहुसङ्ख्यक व्यक्तिको दिनचर्या पनि त्यही ग्रन्थको दृष्टान्तबाट परिचालित हुन्छ र सामाजिक लोकाचारमा सही–गलत के हो, यसको निर्णयमा यिनै ग्रन्थहरूको उदाहरण पथप्रदर्शक बनेर उभिन्छ ।
संस्कृत भाषा यति समृद्ध छ कि यसमा हाम्रFे संस्कृति एवं हाम्रFे संस्कार, दुवै नै घुलमिल छ । हाम्रो देशको समृद्ध संस्कृति, आचार–विचार, जीवन मूल्य र दर्शन हाम्रो संस्कृत ग्रन्थमा आदरसाथ समाहित छ । यसै कारण संस्कृतलाई ज्ञानको अक्षय कोश भनिन्छ । प्राचीन ऋषि–महर्षिद्वारा सुम्पिएको यस समृद्ध राष्ट्रिय विरासतलाई बुभ्mन र त्यसलाई अघिल्लो पीढीसम्म प्रवाहित गर्नको लागि संस्कृत एक प्रबल र सक्ष्Fम माध्यम हो ।
आज हाम्रो देशमा एक अनौठो स्थिति छ । देशमा तथाकथित सम्भ्रान्त व्यक्तिको एउटा ठूलो तप्का संस्कृतलाई लिएर हीनभावनाबाट ग्रस्त छ । उनीहरूलाई लाग्दछ यो भाषा बोल्दा प्रतिष्ठा कम हुन्छ र सम्मान खस्न थाल्छ । अङ्ग्रेजी बोल्नु उनीहरूको प्रतिष्ठाको प्रश्न बनेको छ । यस भाषालाई बोल्नु कुलीनताको पर्याय एवं प्रतीक मानिन्छ । यसविपरीत हामीलाई आप्mनो भाषासँग प्रेम हुनुपर्छ, किनभने आप्mनो भाषा नै हाम्रो भावाभिव्यक्ति हुन सक्छ र त्यसैमा हामीले सुख एवं सन्तोष भेट्छौं ।
संस्कृत भाषाले हामीलाई जीवन जिउने कला सिकाएको छ । जीवन के हो र यसलाई कसरी जिउने, जीवनको उद्देश्य र लक्ष्य के हो र कसरी लक्ष्यलाई प्राप्त गर्ने–संस्कृत भाषाले यस महान् ज्ञानबाट हामीलाई परिचित गराएको छ । संस्कृतरूपी देववाणी एवं समस्त भाषाको जननीलाई जीवन्त र जाग्रत राख्ने हाम्रो जिम्मेवारी हो । यो हाम्रFे उत्कृष्ट विरासत हो र जबसम्म यो जीवित छ, हाम्रो सामाजिक, नैतिक, धार्मिक एवं आध्यात्मिक जीवनलाई प्रभावित गरिरहन्छ, तबसम्म हाम्रो मेधा अक्षुण्ण रहनेछ । संस्कृतले नै हाम्रो संस्कृति र संस्कारलाई जीवित राख्न सक्छ । संस्कृतको विरासतलाई सम्हालेर नै हामी आप्mनो गरिमामा बनिरहन सक्छौं र समकालीन परिस्थितिमा आप्mनो सार्थकता सिद्ध गर्न सक्छौं ।