प्रस, वीरगंज, १७ जेठ
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व धूम्रपान निषेध दिवसको अवसर पारी जनचेतनामूलक चरित्र निर्माण चित्र प्रदर्शनी तथा विचारगोष्ठी मुरली बगैंचास्थित उपसेवा केन्द्रमा सम्पन्न गरेको छ ।
क्षेत्रीय निर्देशक ब्रह्माकुमारी ब्र.कु. रविना दिदीको सभाध्यक्षता तथा प्रजिअ लोकनाथ पौड्यालको प्रमुख आतिथ्य र प्रहरी उपरीक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाह, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक टीकाप्रसाद पोखरेल, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य वीरेन्द्र यादव, रेडक्रस पर्साका उपाध्यक्ष मधु राणाको विशेष उपस्थितिमा पानसमा दिप प्रज्वलन गरी उुद्घाटन गरिएको कार्यक्रममा प्रजिअ लोकनाथ पौड्यालले समाजमा शान्ति सुव्यस्था र अमनचयन स्थापना गरी नागरिकलाई विकृति विसङ्गतिबाट मुक्त गराई सुरक्षित र स्वतन्त्रतापूर्वक जीवनयापन गराउने प्रशासन र सुरक्षा निकायको अहम् जिम्मेवारी भएको बताउँदै यस कार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रहरूबाट विभिन्न अवसरमा आयोजना गरिने यस्ता जनचेतनामूलक तथा आध्यात्मिक कार्यक्रमले निकै सहयोग पुग्नेहुदा यो निकै सराहनीय र सान्दर्भिक रहेको बताए ।
सो क्रममा ब्रह्माकुमारी रविना दिदीले विश्वमा शान्ति अहिंसा र भाइचाराको स्थापनामा विगत ८२ वर्ष देखि अनवरत तत्पर ब्रह्माकुमारी संस्थाले आजको दिनमा विश्वभरि छरिएर रहेका करिब ८५०० भन्दा बढी सेवा केन्द्रहरूमार्फत जनचेतनामूलक कार्यक्रम गरी चेतना प्रवाह गरिरहेको जानकारी गराइन् । उक्त अवसरमा तम्बाकू मुक्ति जनचेतनामूलक चित्र प्रदर्शनीसमेत गरिएको थियो ।
यसैगरि नेपाल अर्बुद रोग निवारण संस्था पर्साले आज वीरगंजमा विश्व धुम्रपान रहित दिवस मनाएको छ । घण्टाघरमा आयोजित कार्यक्रममा धूमपानबाट बर्सेनि हजारौंको मृत्यु भइरहेको प्रसङ्ग उल्लेख भएको पर्चा बाँडिनुको साथै विषय विज्ञहरूले मन्तव्य व्यक्त गरेका थिए ।
समाजसेवी उषा शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पण्डित पुरुषोत्तम दुबे, अरुण विक्रम शाह, जेष्ठनागरिक सङ्घका अध्यक्ष पशुपति विक्रम शाह, शान्ति केसी, सरला हाडा, बाबा मुनिलाल दास, आयोजनक समितिका उपाध्यक्ष अर्जनुसिंह ठकुरी, सचिव गङ्गाबहादुर कार्कीलगायतको सहभागिता थियो ।
कार्यक्रममा पशुपति विक्रम शाहले बर्सेनि धूमपानजन्य विभिन्न रोगले गर्दा मृत्युदर १५ प्रतिशतको दरले हुने गरेकोले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको अवसरमा सन्देशमूलक चित्र प्रदर्शनी गरिएको थियो ।