प्रस, वीरगंज, १२ जेठ/
ब्लड डोनर्स एसोसिएसन पर्साको आठौं साधारणसभापछि गठित कार्यसमितिको शनिवार पहिलो बैठक सम्पन्न भएको छ ।
राणीसती अतिथि सदन वीरगंजमा सम्पन्न बैठक एसोसिएसन पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्ष्Fतामा बसेको थियो । बैठकले विभिन्न समितिहरू गठन गरी संयोजक तोकेको छ ।
बैठकले राम शर्मा नेपालको संयोजकत्वमा क्लब २५, अरविन्द सिंहको संयोजकत्वमा आकस्मिक रक्तदान क्लब, नीरज साहको संयोजकत्वमा नेगेटिभ रक्तदाता समूह, रोशनी श्रेष्ठको अध्यक्षतामा महिला रक्तदाता समूह गठन गरेको छ ।
यसैगरी, अध्यक्ष नेपालको संयोजकत्वमा प्रचारप्रसार समिति र ११ सदस्यीय सचिवालय गठन भएको सचिव अरविन्द सिंहले जानकारी गराएका छन् । बैठकले निशान्त लामिछानेलाई एम्बुलेन्स सञ्चालनको लागि संयोजक तोकेको छ । एसोसिएसनलाई पूर्वसांसद विचारीप्रसाद यादवले १० लाख मूल्य बराबरको एम्बुलेन्स सहयोग गरेका थिए ।
यसैगरी, रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ ।
ब्लड डोनर्स एसोसिएसनको ३५ सदस्यीय कार्यसमिति गठन भएको र सोमध्ये ३३ प्रतिशतको सहभागितामा सचिवालय गठन भएको छ ।
कार्यसमितिका पदाधिकारी र आज गठित विभिन्न समितिका संयोजक, उपसंयोजक सचिवालय सदस्य रहेको सचिव सिंहले बताए ।