अनन्तकुमार लाल दास
पाठ्यक्रम एउटा केकको अवधारणामा तयार गरिन्छ । मान्यता के भने पोस्ट ग्रेजुएट गर्ने केटाकेटीहरूमा वर्तमानमा यति ज्ञान हुनुपर्छ । केकजस्तै त्यस ज्ञानलाई कक्षागतरूपमा टुक्रा गरी पहिलो कक्षासम्म लिएर गइन्छ । शिक्षकको एक मात्र काम वर्षमा पाठ्यक्रम पूरा गरेर परीक्षा लिनु हो । यस कक्षागत भ¥याङजस्तै प्रक्रियाबाट त्यस्ता केटाकेटीहरू अलग्ग हुन्छन् जो कक्षामा नियमित उपस्थित हुँदैनन् वा उपस्थित भए तापनि नीरस शिक्षण विधिले गर्दा दिमागीरूपले कक्षामा अनुपस्थित हुन्छन् । यस कारण कक्षामा एकपटक फेल भएपछि धेरै केटाकेटी शिक्षा प्रणालीबाट सधैंका लागि बाहिरिन्छन् । हाम्रो देशमा मात्र होइन, अन्य देशहरूमा पनि यसको सबैभन्दा सजिलो उपाय के खोजियो भने कुनै पनि कक्षामा कसैलाई फेल नगर्ने । पास– फेलको मनोवैज्ञानिक दबावबाट मुक्तिको व्यावहारिक प्रयोग के भयो भने बेगर योग्यता उनीहरूलाई एक कक्षाबाट अर्को कक्षामा बढाउन र पढाउन थालियो ।
अब के देखियो भने केटाकेटीहरू तल्लो कक्षाबाट सिकेर आउँदैनन् । निजी विद्यालयहरूले यसलाई चुनौतीको रूपमा लिई विशेष कार्ययोजना अनुसार पढाउन थाले र आपूmमा जिम्मेवारी बोध भएको देखाउन परीक्षाका कापीहरू अभिभावकहरूलाई हेर्न दिन थाले तर जनताको प्रत्यक्ष करबाट र दातृ राष्ट्रहरूको सहयोगमा सञ्चालित सामुदायिक विद्यालयहरू, खासगरी तराईमा सकेसम्म परीक्षा नै नलिने, लिए कापी नजाँच्ने, कापी जाँचे पनि अभिभावकलाई नदेखाउने र लब्धाङ्कपत्र पनि नदिने चलन बढ्दै गएको छ । यसको एक मात्र समाधान केटाकेटीहरू जहाँ पढे तापनि उनीहरूलाई राम्ररी सिकाउनु हो । आज डिग्री उत्पादन गर्ने शिक्षा होइन, दक्षता र सीप सिकाउने शिक्षाको आवश्यकता छ । डिग्री हेरेर जागिर नदिई काम हेरेर जागिर दिने आवश्यकता छ । के हाम्रो देशका नेताहरूमा यस्तो गर्ने साहस छ ?
हाम्रो देशमा न शिक्षासम्बन्धी नीति बनाउने मानिसहरूको नियत ठीक छ, न शिक्षाबारे समझ । देश र समाजको आवश्यकता के छ, कस्तो नागरिक उत्पादन गर्नुपर्छ र त्यस्ता नागरिक तयार गर्नका लागि कस्तो शिक्षा व्यवस्था हुनुपर्छ ? यसमाथि कहिले पनि गम्भीरतापूर्वक विचार गरिएन । उदाहरणस्वरूप नेपाली माध्यममा पढाउने सामुदायिक विद्यालयहरूलाई अङ्ग्रेजी माध्यममा पनि पढाउने छुट दिनुपर्छ तर नेपाली माध्यममा पढाउने शिक्षकहरू नै नपुग भएको ठाउँमा अङ्ग्रेजी माध्यमबाट पढाउने शिक्षक कहाँबाट ल्याउने ? शिक्षा नियमावलीमैं नभएको कुरो, अर्थात् शुल्क लिने अधिकार कसले दियो ? बिना टिसीसिसी भर्ना लिने अधिकार कसले दियो ? के यही लोकतन्त्र हो ? दस जनालाई जम्मा गर्ने, कानून विपरीत निर्णय गर्ने र त्यसलाई नै कानून ठान्ने ? धन्य छ, हाम्रो देशको सरकार जसले विद्यार्थी–विद्यार्थीबीच विभेद उत्पन्न गर्छ र दोष अरूमाथि थोपर्छ । आधा अधूरो सत्यलाई नै के–के गरेजस्तो देखाउने र आम जनतामा भ्रमको खेती गरेको छ ।
अमेरिकाको कुरा अमेरिकालाई थाहा होला, हाम्रो देशमा अधिकांश जागिर डिग्री र दक्षताले होइन, सिफारिसले प्राप्त हुन्छ र सोको लागि पनि मोटो रकम खर्च गर्नुपर्ने हुन्छ । कक्षा शिक्षण पनि पारम्परिक र दण्ड–भय प्रणालीमा आधारित छ, जहाँ केटाकेटीहरूको कलिलो मनमस्तिष्कलाई दबाउने काम हुन्छ । विद्यालय जेलखाना बनेको छ भने घर किचकिच गर्ने थलो । विद्यालय र घर दुवैलाई आज आनन्दघर बनाउने खाँचो छ, जहाँ केटाकेटीहरूले खुलेर संवाद गर्न सकून्, मनमा उठेका भावना पोख्न सकून् । वर्तमान शिक्षा प्रणालीको एकमात्र उद्देश्य नागरिकहरूलाई के बुझाउनु हो भने व्यवस्थामा कुनै पनि प्रकारको परिवर्तनको आवश्यकता छैन बरु नागरिकले नै आपूmलाई व्यवस्था अनुरूप समायोजन गर्न सङ्घर्ष गर्नुपर्छ । वर्तमान सरकारलाई नोकर चाहिएको छ, विवेकशील नागरिक होइन, किनभने विवेकशील नागरिकलाई सम्हाल्न शासनको लागि कठिन हुन्छ । यस कारण आज विद्यालयमा शिक्षक हुँदैनन् । जसलाई हामीले शिक्षक भन्छौं उनीहरू कुनै विषयमा दक्ष त छन् तर आजका यी कलिला बालबालिकाहरू भोलिको समाज र राष्ट्रका आवश्यकता हुन् सोचेर त्यस अनुरूपका मार्गदर्शक होइनन् ।
एउटा कथा अनुसार कुनै शहरमा केही मानिस मजदुरी गर्न आउँछन् र स्वेच्छाले चौकीदारी गर्न थाल्छन् । उनीहरू इमानदारीपूर्वक आप्mनो काम गर्छन् । कसैको पसल वा घर भूलले खुला रहन गएमा उठाएर बन्द गर्न भन्छन् । बाहिर जाँदा केटाकेटी र घरको ध्यान राख्न सम्झाउँछन् । लगन र इमानदारी साथ काम गर्दा उसको पनि नगरवासी जस्तै, आप्mनो घर, पैसा, गाडी होस् भन्ने हुन्छ । महिना सकिएपछि जब ती चौकीदारहरू दुई–दुई, पाँच–पाँच रुपियाँ उठाउन घर र पसलमा जान्छन्, केहीले पैसा दिन्छन् भने कोहीले पछि दिन्छु भन्छन् । कोही त म किन दिउँ, मैले तिमीलाई चौकीदारी गर्न भनेको थिएँ, भन्छ । कसैले भन्छ तिमी राति पहरा गर्दैनौ तर दिनमा पैसा लिन आउँछौ । बडो मुश्किलले एउटा इमानदार चौकीदारको गुजारा हुन्छ । करिब ४००–५०० घर र पसलको एउटा मान्छेले चौकीदारी गर्छ । एक दिन एउटा चोर त्यस शहरमा आउँछ र सोझै चौकीदारको घर गई के भन्छ भने जुन चिन्ता तिमीले नगरवासीहरूको लागि गर्छौ त्यो मात्र मेरो लागि गर । शहरका ४–५ सय परिवारले तिम्रो पेट भर्न सक्दैनन्, मेरो साथ देऊ, तिमी छिट्टै धनी बन्छौं । चौकीदारले सोचविचार गरेर चोरको प्रस्ताव स्वीकार गर्छ ।
अब चौकीदार झन् लगनसाथ पहरा दिन्छ । बढी सतर्कता साथ घर र पसलको जाँच गर्छ तर त्यस दिनदेखि राति चोरी हुन थाल्छ । चौकीदारको सिटीको आवाज राति सुनिन्छ तर चोरी रोकिंदैन । यसको जिम्मेवार को हो ? केटाकेटीहरूको पाकेटखर्चमा सैकडौं खर्च गर्न सक्ने अभिभावकहरू मिलेर एउटा इमानदारको पेट भर्न सकेनन् । चौकीदार ? चोर ? पुलिस ? प्रशासन ? शिक्षकरूपी चौकीदार केटाकेटीहरूको अज्ञानता, भय, लालच, अनुचित तर्कजस्ता कमजोर झ्यालका पहरेदार हुन्छन् तर शिक्षकको सम्मान वा मजदुरी कस्तो छ भने शिक्षक हुनु आज जीविकोपार्जनको अन्तिम मजबुरी बनेको छ । निजी विद्यालयको पर्खाल र भवन बलियो भइरहेको छ, तर शिक्षकहरू दिन प्रतिदिन कमजोर बन्दै गइरहेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरू मोटाइरहेका छन्, त्यहाँका केटाकेटीहरू भने कमजोर बन्दै गएका छन् । आज बौद्धिक मजदुरी श्रमभन्दा सस्तो भइसकेको छ । मनोविज्ञानका जानकार इमानदार शिक्षक, जसलाई विद्यालयमा हुनुपर्ने हो उनीहरू विज्ञापन कम्पनीमा काम गरिरहेका छन् । उनीहरूलाई राम्ररी थाहा छ कि तर्क, लालच, भय, अज्ञानलाई कसरी नकदमा परिणत गर्न सकिन्छ ।
यस्ता कुशल मनोवैज्ञानिकको उपयोग आज कसले गरिरहेको छ, कसैबाट लुकेको छैन । जुन शिक्षा प्राथमिक विद्यालयमा हुनुपर्ने हो त्यसलाई मात्र एम बीए जस्ता पाठ्यक्रमको लागि सुरक्षित गरिएको छ । उपभोक्ता शिक्षाको नाउँमा विद्यालयहरूमा ढक र मापको पढाइ हुन्छ तर बाजार–युद्धको लागि तयार गरिने योद्धालाई लालच, अज्ञानता र भयलाई कसरी नगदमा परिणत गर्ने भनेर सिकाइन्छ । तर्कशीलहरूको ‘शील’ कसरी हरण गर्ने सिकाइन्छ । के यिनीहरूलाई चोरको जमात भन्नु उपयुक्त हुन्छ, जसले यस्तो घरमा मोबाइल बेच्छ, जहाँ खानको लागि रोटी छैन, जसको बहिनीको बिहे धनको अभावमा हुन सकिरहेको छैन, त्यस्ताका भाइलाई किस्तामा गाडी बेच्नु यिनीहरूको देब्रे हातको खेल हो । आप्mनै भाइहरूलाई ठगेर खानको लागि प्रशिक्षित गरिएका यस्ता मानिसहरूलाई थाहा हुँदैन जसका लागि यिनीहरूले काम गरिरहेका छन् उनीहरू कहाँ छन् ? शहर र गाउँ–गाउँमा त्यस्ता मानिसहरू अरूका लागि चौकीदारजस्तै आप्mनो आहुति दिने गरेको पाइन्छ । जीवनको अन्त्यमा छिमेकीलाई पनि यिनीहरूको नाम थाहा हुँदैन किनभने ग्राहक सँगसँगै यिनीहरूको पनि रगत पिएर कार्पोरेट मोटो हुँदै जान्छ । मार्केटिङ्ग गुरु फिलिप कोटलरले भनेका छन्– ‘भविष्यको सच्चा शिक्षक र आध्यात्मिक गुरु नै मार्केटिङ्ग पर्सन हुन्छ” तर गल्ती आखिर त्यस आम नागरिकको नै हो जसले चौकीदारले गरेको कामको इज्जत गरेन । अब सजाय पनि उनीहरूले नै भोगिरहेका छन् र सचेत भएनन् भने भविष्यमा पनि भोग्नेछन् ।