संविधान जारी भएपछि तीन तहको निर्वाचन भएको आठ महिना बढी हुन थाल्यो । निर्वाचन ताका चुनावमा धेरै कुराको वाचा गरिएको थियो । कतिपयले वाचा सम्झेर दायित्व निर्वाह गर्दैछन् र गर्ने क्रममा छन् भने केही अब जे हुन्छ अर्काे चुुनावमा हुन्छ भनेर आपूmखुशी गर्दैछन् । वीरगंजका मेयर विजय सरावगी र मुख्यमन्त्री लालबाबू राउतले शहीद पत्नीलाई रोजगार दिलाएर चुनावी घोषणापत्र बमोजिम काम गरेको दाबी गरेका छन् । मेयर र मुख्यमन्त्री दुवैले शहीद परिवारलाई दिएको जागिर स्थायी होइन । उनीहरूलाई करारमा नियुक्त गरिएको हो । करारको रोजगार दीर्घकालका लागि पक्कै होइन । उनीहरूलाई तत्काल अन्य तरिकाबाट रोजगार दिने उपाय नबनेपछि करारको बाटो रोजिएको हो । करार सेवा निश्चित अवधिका लागि हुन्छ, बढीमा एक वर्ष । यो सेवा अवधि मेयर र मुख्यमन्त्री रहुन्जेल थप गर्न सकिए पनि त्यसपछिको अवस्थामा पुनः समस्या आउन सक्छ । यस अर्थमा करारमा जागिर दिएको कुरालाई शहीद परिवारको नाम उल्लेख गरेर डम्पूm पिट्नुको अहिले खासै अर्थ नहोला ।
जुन दिन शहीद परिवारका सदस्यले सरकार र प्रदेश सरकारको स्थायी जागिर पाउँछन्, उनीहरूको भविष्य बन्ने सानो आशाको किरण देखापर्छ अनि यो विषय प्रचारप्रसार गर्नु सुहाउँदो हुन्छ । अहिले शहीद परिवारका सदस्यले राज्यबाट १० लाख बुझ्नेबाहेक अन्य सेवा–सुविधा पाउन सकेका छैनन् । आम निर्वाचनमा शहीद परिवारको भोटसँगै आम मतदातालाई आकर्षित पार्नका लागि शहीद परिवारलाई राहतस्वरूप प्रदेश सरकारले ५० लाख दिने जस्ता चुनावी भाषण पनि भएको थियो । ५० लाख दिने चुनावी घोषणा गर्नेहरूकै प्रदेश नम्बर २ मा मिलिजुली सरकार छ । ५० लाख न सही प्रदेश सरकारले आप्mनो प्रदेशका शहीद परिवारको गाँस, वास र कपासको पनि व्यवस्था गरिदिए पुग्छ । कति शहीद परिवारको अहिले बिजोग छ । घरको एक मात्र कमाउने व्यक्ति आन्दोलनमा शहीद भएपछि उनिहरूको गुजारा कसरी चलिरहेको छ भने अहिलेसम्म कसैले फर्केर सोध्न गएको छैन । शहीदका विधवा, वृद्ध आमाबुवा अनि कलिला छोराछोरीलाई चुनावी प्रचारको माध्यम बनाएका नेताहरूले अहिले फेरि बेवास्ता गरेका छन् । मानिसको मृत्यु भएपछि श्मशानमा मलामी जानेहरूले संसार केही होइन, आउने सबै जानै पर्छ, मोहमाया सब बेकार हो भन्ने यथार्थ बोध गर्छन् । जब श्मशानबाट बाहिरिएर घर पुग्छन् उही सांसारिक मोहमायामा लिप्त हुन्छन् । चुनावको समयमा नेताहरूले श्मशानकै विलाप गरेका थिए । अहिले फेरि उही पुरानो ढर्रामा आपूmखुशी काम गर्दैछन् । क्ष्Fणभरको श्मशान वैराग्य बिर्सिसके ।
शहीदलाई खास समयमा सम्झिए पुग्छ । तर उनीहरूका परिवारले सधैंभरि सरकारलाई सम्झना गरोस् भन्ने काम हुनुपर्छ । परिवारको एकजना कमाउने मानिसको अभावमा पूरा परिवार कसरी बाँच्छ गर्छ भन्नेसम्म सोच नराख्ने हो भने त्यस्ता सरकारको आयुले कुनै पनि हालतमा दीर्घता प्राप्त गर्न सक्दैन । सही मानेमा शहीदप्रतिको जिम्मेवारी वहन गर्ने हो भने शहीदलाई प्रचारप्रसारको माध्यम बनाउनु भएन र उनीहरूको जीविकोपार्जन हुन सक्ने व्यवस्था मिलाइदिए शहीद परिवारले आफैं प्रचारप्रसार गर्छ, अरू कसैले गर्नै पर्दैन । तसर्थ आपूmले गरेको काम ठोस, दिगो र उपलब्धिपूर्ण होस् कुरामा ध्यान पु¥याउनुपर्छ ।