$type=ticker$count=12$cols=4$cate=0

कार्यान्वयन पक्षलाई हेर्ने कि ?

SHARE:

सञ्जय साह मित्र
    बजेट आएको छ । वर्तमान पुस्ताका नेपाली नागरिकले देखेका सम्पूर्ण सरकारहरूमध्ये वर्तमान सरकार शक्तिशाली छ । शक्तिशाली सरकारले ल्याएको यस बजेटलाई शक्तिशाली बजेट मानेर हेर्नुपर्ने हुन्छ ।
    सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भएपछि यसको निकै सकारात्मक चर्चा भएको थियो । नीति तथा कार्यक्रमले धेरैमा आशा जगाएको थियो । देशले धेरै थोक पाउँदैछ भन्ने सबैलाई लागेको थियो । हरेक वर्गले निकै धेरै आशा र अपेक्षा नगरेको भए पनि आउँदो बजेटप्रति आशान्वित नहुने वर्ग भने थिएन ।
    आशाले मानिसलाई सकारात्मक दिशामा जीवनको गति बढाउन सहयोग गर्दछ । आशाविहीन जीवनलाई कतिपयले मृत्युसमान मानेका छन् । त्यसै पनि देशमा आशावादीहरूको प्रचण्ड बहुमतको सरकार छ । अर्थात् देशका वर्तमान मतदाताहरूले आगामी पाँच वर्षका लागि आशा त गरेकै छन् । नागरिकका आशा र भरोसाका दुई कारण थिए – एक, दुई ठूला वामपन्थी दलहरूको एकता र दुई, चुनावको समयमा दुई दलका प्रमुख नेताहरूले गरेको भाषण ।
    दुई ठूला वामपन्थी दल एक भएर चुनाव लडेका थिए । चुनावमा गठबन्धन गरेका थिए । गठबन्धनको एउटा घोषणापत्र थियो । घोषणापत्र निकै आकर्षक थियो । सबैभन्दा महŒवपूर्ण पक्ष सबै नेपालीको आय पाँच हजार डलर पु¥याउने सपना थियो । वामपन्थी नेताहरूले चुनावमा बहुमत पाउने आशा व्यक्त गरिरहेका थिए र जनताको उत्साह पनि साक्षी थियो । जनताले उत्साह पूरा पनि ग¥यो । झन्डै दुईतिहाई बहुमत आउनुमा दुई दलका नेताहरूले जनताबीच गरेका वाचाहरू पनि निकै प्रभावकारी थिए । विगत दुई दशकभन्दा लामो समयदेखि देशमा राजनीतिक अस्थिरता कायम रहेको र राजनीतिक अस्थिरताको कारणले देशमा विकासको गति निकै सुस्त रहेकोमा अन्य दलको बहुमत नआउने तर वाम गठबन्धनको बहुमत आउने सबैले बुझिसकेका थिए । यसपटक त बहुमतको र बलियो सरकार बनाएर देशलाई समृद्धिको बाटोमा ल्याउने काममा सबैको सहयोग आवश्यक ठानेर नागरिकले भोट दिए ।
    वामपन्थीहरू देशमा कुनै न कुनैरूपमा पहिलेदेखि हावी छँदै थिए । जब देशमा तीनै तहको चुनावको अन्तिम परिणाम आयो, वामपन्थीहरूले देशभर विजय जुलुस मनाउन पाए र नयाँ संविधान अनुसार सरकार गठन पनि भयो । सरकारको गठन भएको केही महिनापछि दुई वामपन्थी पार्टी एक बनेको छ । सरकारको गठन भएपछि र दुई पार्टी एकीकरण भएपछि देशमा कम्तीमा पाँच वर्ष स्थिर सरकार रहने निश्चित भएको छ । राजनैतिक दृष्टिले जनताको इच्छा पनि यही थियो ।
    संविधान अनुसार जेठ १५ मा देशको बजेट आउनुपर्छ । बजेट आउनुभन्दा पहिले आगामी वर्षको लागि नीति तथा कार्यक्रम आउनुपर्छ । नीति तथा कार्यक्रम समयमै आयो । नीति तथा कार्यक्रमप्रति सबैको आकर्षण रह्यो । देशमा गत तीन दशकको इतिहासलाई विचार गर्ने हो भने सम्भवतः पहिलोचोटि प्रमुख प्रतिपक्षीले नीति तथा कार्यक्रम पारित गर्नमा साथ दिएको देखिन्छ । यसलाई नेपाली नागरिकले जनताको मतलाई सम्मान गरेको मानेका छन् । जसरी देशका मतदाताले करिब दुईतिहाई बहुमत दिएर संसद्मा पठाएको जनप्रतिनिधिहरूको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रमुख विपक्षीले समर्थन गरेर मानौं पहिलोचोटि नयाँ इतिहासको शुरुआत गरेका छन्, सम्पूर्ण नेपाली मतदाताको सम्मान गरेका छन् । जब विपक्षीले समेत सरकारको नीति तथा कार्यक्रमप्रति समर्थन जनाए, तब केही बुद्धिजीवीहरूले यो पनि भन्न बाँकी राखेनन् कि सरकारले ल्याएको नीति तथा कार्यक्रम नै यति राम्रो थियो कि विपक्षीले पनि समर्थन जनायो । जसले जेसुकै भने पनि विपक्षीको तर्फबाट यसलाई गरिएको प्रशंसनीय काम भन्नु पर्दछ । प्रमुख विपक्षी दलले संसद्मा रडाको गर्नुपर्दछ र केही अडान लिनु पर्दछ भन्ने धारणा अन्त्य हुनुपर्दछ भन्ने सन्देश पनि गएको छ । सङ्घीय संसद्मा रहेको प्रमुख प्रतिपक्षीको भूमिका देशको करिब सातवटै प्रदेशमा यसै किसिमको रहेको छ । देशमा स्थानीय तहको सरकारमा जहाँ वामपन्थीको बहुमत छ, त्यहाँ काङ्ग्रेस प्रतिपक्षमा छ र जहाँ काङ्ग्रेसको बहुमत छ, त्यहाँ वामपन्थी प्रमुख प्रतिपक्षी छ । अहिले नीति तथा कार्यक्रम पारित गर्ने बेला सरकारमा रहेको दल र प्रतिपक्षमा रहेको दलमा देखिएको सहकार्य र समर्थनको संस्कार प्रदेश र स्थानीय तहको सरकारसम्म यस्तै रहने अपेक्षा नागरिकले लिएको छ । नागरिकले वाम सरकार र प्रमुख प्रतिपक्ष दुवैको भूमिकाको सराहना गरेको छ र सहकार्यको अपेक्षा गरेको छ । नागरिकको यस अपेक्षाको पनि सम्मान होओस् ।
    नीति र कार्यक्रम पारित भएपछि सरकारले बजेट ल्याएको छ । यसपालिको बजेट निकै गोप्यरूपमा आएको पाइएको छ । अरू वर्षहरूमा बजेट आउनुपूर्व बजेटका धेरै पक्ष सार्वजनिक भइसक्थे तर यसपालि भने बजेट घोषणा हुनुपूर्वसम्म खासै कुरो बाहिर आउन सकेको थिएन । नीति तथा कार्यक्रमको आधारमा धेरै किसिमका टिप्पणीहरू आइरहेका थिए जसमा अनुमान र सम्भावनाका कुराहरू पनि थिए । यहाँसम्म कि बजेट संसद्मा पेश गर्नुपूर्व मन्त्रिपरिषद्बाट पारित गर्ने चलन रहेको छ र मन्त्रिपरिषद्मा पेश गरिंदा पनि बजेटको वास्तविक आकारसम्म खुलाउन सकिएन । सर्वसाधारण त्यत्ति बेलासम्म पनि अन्योलमा नै थियो । बजेटको विषयमा सत्ता पक्षका सांसदहरूलाई समेत खासै केही थाहा थिएन । गोपनीयताको दृष्टिले यसलाई उत्कृष्ट मान्नु न्यायोचित होला ।
    बजेट आएपछि बजेटमाथि प्रतिक्रिया आउन शुरु भएको छ । सामान्यतया कुनै पनि बजेटलाई सत्तापक्षले निकै प्रगतिशील र प्रतिपक्षले खासै केही नयाँ नभएको परम्परागतरूपमा भन्दै आएका छन् । यस प्रकारको प्रतिक्रिया यस पालि पनि आएकै छ । अझै आउने क्रम चलिरहेको छ । यो बहस पनि परम्परागत किसिमले चलिरहेको छ, परम्परा निर्वाह गर्ने किसिमले चलिरहेको छ ।
    वास्तवमा बजेटमा धेरै कुरा समेटिएका छन् । बजेटमा धेरै नयाँ कुरा पनि छन् । नयाँ किसिमले पुनः संरचना गरिएका पक्षहरू पनि छन् । बजेटले धेरैलाई खुशी पार्ने प्रयास पनि गरेको छ । सरकारको बजेटबाट करिब चार लाख कर्मचारी निर्भर हुन्छन् । तिनीहरूमा केही निराशा देखिएको छ । पहिलेदेखि नै अर्थमन्त्रीसमेतलाई भेटेर तलब बढाउने माग गरिरहेका कर्मचारी तथा शिक्षकहरू भने खासै उत्साहित देखिएका छैनन् । ठूलो पावरका मोटरसाइकल चढ्नेहरू पनि केही निराश भएका छन् । महँगी भत्तामा एक हजार थप गरिएको छ भने पोशाक भत्तामा वर्षको साढे दुई हजार थप गरिएको छ । बिमा रकम बढाइएको छ । वर्तमान अवस्थामा कर्मचारीलाई यति कम सुविधा वृद्धि हुने आशा भने थिएन । कमसेकम दुई अङ्कको सबभन्दा सानो सङ्ख्याको प्रतिशतमा तलब बढ्ने अपेक्षा राखेका कर्मचारीहरू भने निराश भएका छन् ।
    अन्य क्षेत्रको लागि बजेट निकै सन्तुलित रहेको प्रारम्भिक प्रतिक्रिया रहेको छ । धेरैले के भनेका छन् भने यो बजेट बढी व्यावहारिक भएर आएको छ । व्यावहारिक बजेटको कार्यान्वयनले सबैलाई खुशी बनाउँछ । यसकारण यस बजेटको विषयमा धेरै बहस गर्नुभन्दा यसको कार्यान्वयन निकै सरल हुने आशा गर्न सकिन्छ । देशको अर्थतन्त्रलाई बलियो बनाउने तथा रोजगारको दृष्टिले बजेट निकै राम्रो रहेको मानिएको छ । कम्तीमा बजेटले बेरोजगारीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर पाँच प्रतिशत ब्याजमा ऋण दिने व्यवस्था गरेको छ । मधेसमा फुसको छाप्रो हुने परिवारलाई जस्ता दिने व्यवस्था गरेको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कार्यान्वयन पक्षलाई हेर्ने कि ?
कार्यान्वयन पक्षलाई हेर्ने कि ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJnkj6x72Cyncsgoo_a-aJXssH8XeoOwnR9KRezo_rZmC1r8KASwS2gaAn9X82usk2JvfhlnLFxlKH4dLQgKUdImhKnrkBlF0a6h9hBBmexYGc3bu0kql8K-FsiFjvTGTPiUPptHteFNLx/s1600/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJnkj6x72Cyncsgoo_a-aJXssH8XeoOwnR9KRezo_rZmC1r8KASwS2gaAn9X82usk2JvfhlnLFxlKH4dLQgKUdImhKnrkBlF0a6h9hBBmexYGc3bu0kql8K-FsiFjvTGTPiUPptHteFNLx/s72-c/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/05/blog-post_413.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/05/blog-post_413.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy