प्रस, वीरगंज, १५ जेठ/
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले तय गरेका ४५ स्थानीय तहले केन्द्र, नाम र सिमाना हेरफेरको काम गरेका छन् ।
जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको वर्ष दिन पुग्दा ८५ ले परिवर्तन गरिसकेका छन् भने ४५ को लागि गाउँसभा र नगरसभाबाट पारित गरी प्रक्रिया अघि बढाएको छ ।
गाउँसभा र नगरसभाबाट निर्णय गरेर सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयमा गापा र नपाको सिमाना तथा केन्द्र हेरफेर गर्न सक्ने व्यवस्था अनुरूप बहुमतका आधारमा यस्तो सिफारिस गरिएको हो ।
स्थानीय सरकार गठन भएको ६ महिनाभित्र यस्तो परिवर्तन गर्न सकिने प्रावधान अनुरूप रौतहटको यमुनामाई, पर्साको ठोरी, कालिकामाई गापाले पनि केन्द्र परिवर्तनको लागि सिफारिस गरेका छन् ।
पर्साको छिपहरमाई गापा, विन्दवासिनी, रौतहटको दुर्गाभगवतीले केन्द्र परिवर्तनको लागि सङ्घीय सरकारलाई परिपत्र गरेको छ ।
यसैगरी नाम परिवर्तनमा पर्साको पटेर्वा सुगौली रहेको छ । नाम र केन्द्र दुवै परिवर्तन गर्ने पर्साको सखुवा
परसौनी गापाले पहल गरेको छ ।