व्यवस्था कुनै पनि समग्रमा नराम्रो हुँदैन, न कुनै व्यवस्था समग्रमा राम्रो नै हुन्छ । प्रत्येक शासन व्यवस्थामा केही न केही त्रुटि हुन्छ । जब त्रुटिहरूको भरमार लाग्न थाल्छ, शासन व्यवस्था परिवर्तनको माग उठ्न थाल्छ । यस क्रममा विद्रोह हुन्छ, आन्दोलन हुन्छ, कहिलेकाहीं क्रान्ति पनि हुन्छ । यसरी सङ्घर्ष गरेर स्थापित व्यवस्था निष्कलङ्क त नभनौं, अधिसङ्ख्य अवस्थामा निर्दोष हुन्छ । त्यसले जनताको जीवन शैलीमा सुधार ल्याउँछ, देशको विकासको गतिलाई तीव्रता दिन्छ, न्याय सम्पादन सहज र सरल हुन्छ । शासन व्यवस्थाको सरल र सोझो परिभाषा भनेको हिजोको समस्त विसङ्गति र विषमताहरूको नाश हुनु हो । हिजो भ्रष्टाचार थियो, आज हुनुहुँदैन, हिजो निर्माण विकासको काममा गुणस्तर थिएन, कार्य सम्पादन विलम्बगरी हुन्थ्यो, आज गुणस्तरयुक्त र निर्धारित समयमा हुनुपर्छ । हिजो न्याय थिएन वा ढिलो हुन्थ्यो आज त्वरित न्याय अपेक्ष्Fित हुनुपर्छ । हिजो कामै नगरे पनि हुन्थ्यो, जे मन लाग्यो त्यही गरे हुन्थ्यो, आज काम गर्नुपर्छ र जन अपेक्षा अनुसार हुनुपर्छ । हिजो ठूला तहका कर्मचारी र जनप्रतिनिधिहरू जनताभन्दा ठूला थिए, आज समतापूर्ण भावयुक्त हुनुपर्छ । हिजो विधिको शासनको खिल्ली उडाइन्थ्यो, आज विधिको शासन सर्वोपरि हुनुपर्छ ।
परिवर्तन नामका लागि होइन, कामका लागि हुनुपर्छ । हिजो पञ्चायती व्यवस्था थियो, राजा मालिक थिए । परिवर्तन भयो, प्रजातन्त्र आयो, जनप्रतिनिधिहरू मालिक भए । यसमा पनि परिवर्तन भयो गणतन्त्र आयो, फेरि पनि जनता मालिक हुन पाएन, न भ्रष्टाचार घट्यो न देशले चैन नै पायो । बरु आन्दोनले आक्रान्त, नाकाबन्दीले सास्ती खेप्यो । अहिले सङ्घीयता आएको छ । हिजो परिवर्तनका लागि आतुर, देश र जनताको भलाइ मात्र सोच्ने, तमाम विसङ्गतिहरूको खिलाफ भाषण गर्दै सडकमा कुद्नेहरूले नयाँ व्यवस्थाको सबै तह ढाकेका छन् । तर न भ्रष्टाचारमा कमी आएको देखियो, न निर्माण विकासको काममा तीव्रता र गुणस्तरीयता आएको देखियो, न जनताले स्वामित्व पाएको कुनै अनुभूति गर्न पायो । दल परिवर्तन, सरकारलाई समर्थन र विरोध, सत्ताको नाङ्गो र घृणित खेलको बीजारोपण भइरहेको भने छर्लङ्ग देखिन थालेको छ । एकै विचार, एकै उद्देश्य लिएका दलहरू मात्र आर्थिक हिनामिनाको कुरामा फुट्ने दोसाँधमा उभिएका छन् । शासन परिवर्तनको नाममा व्यक्तिमा परिवर्तन, त्यो पनि दुई तहमा मात्रै देखियोस माथिल्लो तहमा व्यक्ति पनि त्यही र प्रवृत्ति पनि त्यही । दुई तहको परिवर्तनले पनि शासन सुदृढताको छनकसमेत दिन नसकेर जति जोगी आए कानै चिरेका उखान प्रतिविम्बित भइरहेको छ ।
स्वाभाविक छ, जहाँ मानिस हुन्छ, स्वार्थ पनि त्यहीं हुन्छ । अर्काको स्वार्थ नमिचिनेगरी कसैले आप्mनो स्वार्थ पूर्ति गर्दछ भने पनि खासै आपत्ति हुँदैन, तर जनताकै, जसलाई परिवर्तित व्यवस्थाले अति उच्च स्थान दिएको छ, स्वार्थ थिचोमिचो हुनु भनेको–दिनभर चला अढाई कोस भन्ने उक्ति चरितार्थ हुनु हो । भ्रष्टाचारमा कमी आएको छैन, विकास निर्माणको कामले गति लिनु त परको कुरा हो, एक वर्षमा सिद्धिने काम चार वर्ष पूरा हुँदा पनि चौथाई सिद्धिएको छैन । यसरी नयाँ व्यवस्थामा पुरानै प्रवृत्ति हावी देखिन्छ । यो काल पल्कने अवस्था हो, बरु जति क्षति बेहोर्नुपर्छ आँट गरेर सहौं, सन्तान मरोस् मर्न दिउँ, काल भने नपल्काउँ १