प्रस, परवानीपुर, १५ वैशाख/
पर्साका मुस्लिम समुदायले दाइजोजस्तो सामाजिक विकृतिलाई न्यूनीकरण गर्न प्रतिबद्धता जनाएको
छ। मदर्सा अर्गनाइजेसन अफ नेपालले वीरगंज–३ छपकैयास्थित एमइएस स्कूलमा आयोजना गरेको दाइजोविरुद्धको अभियान कार्यक्रममा मुस्लिम समुदायका अगुवाहरूले सामाजिक विकृतिका रूपमा रहेको दाइजो न्यूनीकरण गर्न प्रतिबद्धता जाहेर गरेका थिए।
कार्यक्रममा सङ्घीय समाजवादी फोरम नेपालका नेता नुरुल होदाले जुन मुसलमानसँग इमान छैन, ऊ मुसलमान हुन नसक्ने बताउँदै मुसलमान समुदायमा पनि दाइजोले जरो गाड्दै गइरहेकोमा चिन्ता व्यक्त गरे।
उनले मुस्लिम समुदायमा दाइजोको चलन नरहेपनि अहिले बिस्तारै यो समुदायमा पनि दाइजो लिनेदिने कार्य भइरहेको भन्दै सामाजिक विकृतिविरुद्ध सबै सचेत हुन जरुरी रहेको बताए। उनले दाइजो लिनेदिने जस्तो इमानमा प्रश्न लाग्ने घृणित कार्य नगर्न सुझाव पनि दिए। उनले दाइजो लिनेदिने कार्यले इस्लाम धर्मलाई कठघेरामा खडा गरेको तर्क दिए।
अधिवक्ता सुरेन्द्र कुर्मीले शिक्षित समुदायले ठूलोरूपमा दाइजो लिनेदिने गरेको आरोप लगाए। उनले
अशिक्षाको कारण दाइजो मौलाएको उदाहरण अबका दिनमा गौण भएको
र शिक्षितहरूले झन् बढी दाइजो
लिनेदिने गर्न थालेको अनुभव
सुनाए। उनले छोरीलाई उच्च शिक्षा दिने अभिभावकले शिक्षित ज्वाइँ
खोज्दा झनै ठूलो धनराशि दाइजोको रूपमा दिनुपरिरहेको बताए। यही कारणले घरपरिवारबाट बालिका शिक्षालाई प्राथमिकता नदिइएको उनको तर्क थियो।
उनले दाइजो निर्मूल पार्न ऐन कानूनको सहारा लिनुभन्दा सबैले आआप्mनो छातीमा हात राखेर
इमानदार बन्नुपर्ने आवश्यकता औंल्याए । समाजमा दाइजो नलिएको उद्घोष
गर्नेहरू बुहारीको मृत्युपछि कसरी दाइजो लिएको आरोपित बन्न पुग्छन्, यो कुरातर्पm विचार पु¥याउन जरुरी भएको उनले बताए।
सामाजिक कार्यकर्ता तथा दाइजोविरुद्धको राष्ट्रिय अभियान पर्सा च्याप्टरका संयोजक प्रकाश थारूले
पर्सामा केही वर्षदेखि दाइजोविरुद्धको अभियानमा सरोकारवालाहरू लागे तापनि घरघरमा पैmलिएको यो रोगको निराकरण गर्न कठिन भएको अनुभव सुनाए।
उनले दाइजोबाट घर नासिएको जति जति उदाहरणहरू समाजमा बाहिरिन्छन्, त्यत्ति नै धेरै दाइजो लेनदेन भइरहेकोप्रति आश्चर्य व्यक्त गरे। सबैले दाइजो लिनु हुन्न दिनु हुन्न भन्ने गरे पनि व्यवहारमा भने त्यसलाई लागू गर्न नसकिरहेको तर्क दिए। सम्भावित जोखिमलाई वहन गर्ने कसैले बिडो नथामेसम्म विकृतिले झनै विकराल रूप धारण गर्ने उनको तर्क थियो।