प्रस, वीरगंज, १७ वैशाख/
रिलिफ सोसाइटी अफ कमर्सको स्थापना तथा वार्षिक समारोहको अवसरमा स्व. बिहारी लाठ कर्मवीर पुरस्कार वितरण भएको छ ।
वार्षिक समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य ओमप्रकाश शर्माले बदलिदो समय अनुसार रिलिफ सोसाइटीले समाजमा काम गर्दै आएको बताए । उनले रिलिफ सोसाइटीले स्वास्थ्य क्ष्Fेत्रमा कान, आँखाको शिविर चलाउने र पिछडिएको वर्गका महिलाहरूलाई बर्सेनि सिलाइ मेसिन वितरण गरेर आत्मनिर्भर बनाएको बताएका थिए ।
कार्यक्रममा स्व. बिहारी लाठ कर्मवीर पुरस्कारबाट वीरगंज, बहुअरी निवासी रामदेव साह सोनारलाई सम्मानित गरिएको थियो । सो पुरस्कार २०७४ फागुनमा वितरण गरिनुपर्नेमा अस्वस्थताको कारण सोनार आउन नसकेपछि आजको कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । संस्थाका कोषाध्यक्ष सुनील खेतानले २०७४–७५ र २०७३–०७४ को आय–व्यय प्रस्तुत तथा आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष अशोककुमार लाठको सभापतित्वमा शुरु भएको कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनलका निवर्तमान गर्भनरद्वय डा रामावतार खेतान र रमेश अग्रवाल, सुक्खा बन्दरगाहका प्रमुख सूर्य सेढाईलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव योगेन्द्र यादवले गरेका थिए ।