वीरगंज, १४ वैशाख।
सांसद ज्वालाकुमारी साहले खेलकुदको विकास गर्नु हामी सबैको दायित्व भएको बताएकी छन्।
शुक्रवार नेपाल सेकाई क्योकुशिन कराँते सङ्घ बारा, चैनपुरले परवानीपुरस्थित डिएभीआरबी केडिया स्कूलमा आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय क्योकुशिन कराँते प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि साहले वीरगंजले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलकुदहरू गर्नुपर्ने बताइन्।
उनले खेलकुदका साधनस्रोतको अभाव नभए पनि त्यसको संरक्षण हुन नसकेकोमा दुःख व्यक्त गरिन्। खेलकुद मैदान व्यवस्थित गर्न तथा खेलाडीहरूलाई प्रोत्साहन गर्न प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताइन्।
नेपालकै दोस्रो नारायणी रङ्गशाला जीर्ण हुँदै गएकोमा दुःख व्यक्त गर्दै उनले खेलकुद मैदानहरूको संरक्षणमा सरकारले जोड दिनुपर्ने बताइन्।
क्योकुशिन कराँते सङ्घका सचिव भिखारी साहको सभापतित्वमा भएको कार्यक्रममा राजपाका नेता शिव पटेल, वीउवासङ्घका पूर्वअध्यक्ष प्रदीप केडियालगायतले मन्तव्य व्यक्त गरेका थिए।
वैशाख १४ र १५ गते हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका खेलाडीहरू सहभागी छन्। प्रतियोगिताका निर्णायकहरूमा नेपाल, भारत र भुटानका कराँते सेन्साई नरेश राउत कुर्मी, सुजित पाण्डे, दिलदार सिंह, रोहित बेयाली, करणबहादुर राई, मीन लामा, अप्सरा बोहरा, अजय हल्दर, अरुण सिंह र मो. नसरुद्दीन रहेका छन्।